चर सय ६४ पदका लागि दुई हजार ८९ को मनोनयन दर्ता एमाले र गठबन्धनबीच कडा प्रतिस्पर्धा

  • त्रिशूली प्रवाह
  • १५ बैशाख २०७९, बिहीबार १२:२८
  • शम्भुराम दाहाल

विदुर, वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ताको दोस्रो दिन सोमबार नुवाकोटका साना-ठूला दल र स्वतन्त्र उम्मेदवारले ¥याली र बाजागाजासहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । सत्तारूढ गठबन्धनका नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीसहित प्रमुख प्रतिपक्ष दल नेकपा एमाले, राप्रपा, जनता समाजवादी, सामाजिक एकता पार्टी, मंगोल नेसनल अर्गनाइजेसन पार्टीलगायतका दल र स्वतन्त्र उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयनपत्र दर्ता गराएका छन् । चार सय ६४ पदका लागि दुई हजार ८९ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ ।

नुवाकोटमा एमालेले गत ०७४ को निर्वाचनमा जितेको विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका र तारकेश्वर गाउँपालिकामा काङ्ग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले गठबन्धन गरेका छन् भने अन्य नौवटा पालिकामा गठबन्धन दलबीच मित्रवत् प्रतिस्पर्धा हुने बताइएको छ । नेकपा एमालेले भने १२ वटा पालिकामध्ये किस्पाङ गाउँपालिकामा माओवादी केन्द्रसँग तालमेल गरेको छ । किस्पाङमा अध्यक्षसहित एमालेले तीनवटा वडा र पाँचवटा वडासदस्य, माओवादी केन्द्रले उपप्रमुखसहित दुईवटा वडा र पाँच वडासदस्य लिएर तालमेल गरेका छन् । निर्वाचन कार्यालय नुवाकोटले दिएको जानकारीअनुसार ककनी गाउँपालिकाको अध्यक्षमा नौजना, उपाध्यक्षमा सातजना, आठ वडाध्यक्ष पदका लागि ५० जना र ३२ सदस्य पद (महिला सदस्य र दलित सदस्य) मा एक सय ४८ जनाको उम्मेदवारी परेको छ । किस्पाङ गाउँपालिकाको अध्यक्षमा सातजना, उपाध्यक्षमा पाँचजना, पाँच वडाध्यक्ष पदको लागि २७ जना र २० सदस्य पद (महिला सदस्य र दलित सदस्य) मा ७२ जनाको उम्मेदवारी परेको छ । तादी गाउँपालिकाको अध्यक्षमा नौजना, उपाध्यक्षमा पाँचजना, ६ वडाध्यक्ष पदका लागि ३४ जना र २४ सदस्य पद (महिला सदस्य र दलित सदस्य) मा एक सय १२ जनाको उम्मेदवारी परेको छ । तारकेश्वर गाउँपालिकाको अध्यक्षमा ६ जना, उपाध्यक्षमा पाँचजना, ६ वडाध्यक्ष पदका लागि ३१ जना र २४ सदस्य पद (महिला सदस्य र दलित सदस्य) मा ८३ जनाको उम्मेदवारी परेको छ ।

दुप्चेश्वर गाउँपालिकाको अध्यक्षमा सातजना, उपाध्यक्षमा पाँचजना, सात वडाध्यक्ष पदका लागि ३४ जना र २८ सदस्य पद (महिला सदस्य र दलित सदस्य) मा ९७ जनाको उम्मेदवारी परेको छ । पञ्चकन्या गाउँपालिकाको अध्यक्षमा सातजना, उपाध्यक्षमा ६ जना, पाँच वडाध्यक्ष पदका लागि ३१ जना र २० सदस्य पद (महिला सदस्य र दलित सदस्य) मा ८७ जनाको उम्मेदवारी परेको छ । बेलकोटगढी नगरपालिकाको मेयर पदमा नौजना, उपमेयरमा पाँचजना, १३ वडाध्यक्ष पदका लागि ७५ जना र ५२ सदस्य पद (महिला सदस्य र दलित सदस्य) मा दुई सय ३२ जनाको उम्मेदवारी परेको छ । म्यागङ गाउँपालिकाको अध्यक्ष पदमा सातजना, उपाध्यक्षमा सातजना, ६ वडाध्यक्ष पदको लागि ३३ जना र २४ सदस्य पद (महिला सदस्य र दलित सदस्य) मा एक सय ६ जनाको उम्मेदवारी परेको छ । लिखु गाउँपालिकाको अध्यक्ष पदमा सातजना, उपाध्यक्षमा ६ जना, ६ वडाध्यक्ष पदका लागि ३३ जना र २४ सदस्य पद (महिला सदस्य र दलित सदस्य) मा एक सय १६ जनाको उम्मेदवारी परेको छ । विदुर नगरपालिकाको मेयर पदमा ११ जना, उपमेयरमा १० जना, १३ वडाध्यक्ष पदका लागि ६२ जना र ५२ सदस्य पद (महिला सदस्य र दलित सदस्य) मा एक सय ९३ जनाको उम्मेदवारी परेको छ । शिवपुरी गाउँपालिकाको अध्यक्ष पदमा ६ जना, उपाध्यक्षमा चारजना, आठ वडाध्यक्ष पदका लागि ३६ जना र ३२ सदस्य पद (महिला सदस्य र दलित सदस्य) मा एक सय २६ जनाको उम्मेदवारी परेको छ । सूर्यगढी गाउँपालिकाको अध्यक्ष पदमा ६ जना, उपाध्यक्षमा पाँचजना, पाँच वडाध्यक्ष पदका लागि २७ जना र २४ सदस्य पद (महिला सदस्य र दलित सदस्य) मा ८३ जनाको उम्मेदवारी परेको छ ।

किस्पाङ गाउँपालिकाको प्रमुखमा नेपाली काङ्ग्रेसका छत्रबहादुर लामा, उपप्रमुखमा दिलकुमारी मोक्तान, एमालेका वीरबल तामाङ र उपप्रमुखमा माओवादी केन्द्रका अर्जुनप्रसाद न्यौपानेले उम्मेदवारी दर्ता गरेका छन् । यो पालिकामा एमाले र माओवादीको गठबन्धन रहेको छ । म्यागङ गाउँपालिकाको प्रमुखमा नेपाली काङ्ग्रेसका आशा तामाङ, उपप्रमुखमा सीता तामाङ, एमालेका प्रमुखमा मेघनाथ तामाङ, उपप्रमुखमा गंगामाया तामाङ, माओवादी केन्द्रका प्रमुखमा सुकबहादुर तामाङ र उपप्रमुखमा सम्झना गुरुङले उम्मेदवारी दर्ता गरेका छन् । विदुर नगरपालिकाका मेयरमा एमालेका सञ्जु पण्डित र उपमेयरमा अम्बिका पौडेल नेपाल, काङ्ग्रेसको मेयरमा राजन श्रेष्ठ र उपमेयरमा माओवादी केन्द्रकी प्रभा बोगटी, राप्रपाको मेयरमा सुशीला खड्का र उपमेयरमा कुलबहादुर खड्गीले उम्मेदवारी दर्ता गरेका छन् । त्यसैगरी, शिवपुरी गाउँपालिकाको प्रमुखमा काङ्ग्रेसका गोविन्दप्रसाद थपलिया र उपप्रमुखमा इन्दिरा खड्का, एमालेका जितेन्द्र विष्ट प्रमुखमा र मंगलमाया प्रजापति उपप्रमुखमा, एकीकृत समाजवादीको प्रमुखमा पदमबहादुर उप्रेती र उपप्रमुखमा माओवादी केन्द्रको वीरबहादुर तामाङले उम्मेदवारी दर्ता गरेका छन् । सूर्यगढी गाउँपालिकाको प्रमुखमा एमालेका राजेन्द्र रिजाल र उपप्रमुखमा गंगा आचार्य, काङ्ग्रेसको प्रमुखमा सन्तबहादुर तामाङ र उपप्रमुखमा मञ्जु बुढाथोकी, एकीकृत समाजवादीको प्रमुखमा धु्रुव अधिकारी र उपप्रमुखमा माओवादी केन्द्रका इमानसिंह तामाङले उम्मेदवारी दर्ता गरेका छन् ।

लिखु गाउँपालिकाको प्रमुखमा एमालेको मेघनारायण श्रेष्ठ र उपप्रमुखमा शान्ति राई, काङ्ग्रेसको प्रमुखमा धु्रव श्रेष्ठ र उपप्रमुखमा शुभद्रा अधिकारी, माओवादी केन्द्रको प्रमुखमा कृष्णबहादुर राई र उपप्रमुखमा रेखा भण्डारीले उम्मेदवारी दर्ता गरेका छन् । दुप्चेश्वर गाउँपालिकाको प्रमुखमा एमालेको योविन्द्रसिंह तामाङ र उपप्रमुखमा सरस्वती थापा, काङ्ग्रेसको प्रमुखमा पूर्णबहादुर तामाङ र उपप्रमुखमा अञ्जु आचार्य, माओवादी केन्द्रको प्रमुखमा शंकरबहादुर थापा र उपप्रमुखमा माकुरी तामाङले उम्मेदवारी दर्ता गरेका छन् । तादी गाउँपालिकाको प्रमुखमा माओवादी केन्द्रका किरणकुमार रिजाल र उपप्रमुखमा सञ्जु तामाङ, एकीकृत समाजवादीको प्रमुखमा कृष्णप्रसाद लामिछाने र उपप्रमुखमा सरू मिश्र उप्रेती, एमालेको प्रमुखमा विजयकुमार खनाल र उपप्रमुखमा अस्मिता तामाङ, काङ्ग्रेसको प्रमुखमा सन्तमान तामाङ र उपप्रमुखमा ईश्वरी उप्रेतीले उम्मेदवारी दर्ता गरेका छन् । पञ्चकन्या गाउँपालिकाको प्रमुखमा एमालेका यमबहादुर थापा र उपप्रमुखमा उर्मिला भण्डारी, काङ्ग्रेसको प्रमुखमा माधवप्रसाद खनाल र उपप्रमुखमा सलिना केसी, माओवादी केन्द्रको प्रमुखमा तेजबहादुर तामाङ (रमेश) र उपप्रमुखमा विमला केसीले उम्मेदवारी दर्ता गरेका छन् ।

त्यस्तै, ककनी गाउँपालिकाको प्रमुखमा एमालेका काशीराज अधिकारी र उपप्रमुखमा लजिता लामा, काङ्ग्रेसको प्रमुखमा नवराज अधिकारी र उपप्रमुखमा प्रमिशा तामाङ, माओवादी केन्द्रका प्रमुखमा सुमन तामाङ र उपप्रमुखमा मिठुमाया तामाङ, एकीकृत समाजवादीका जितबहादुर बलामीले उपप्रमुखमा उम्मेदवारी दर्ता गरेका छन् । तारकेश्वर गाउँपालिकाको प्रमुखमा एमालेका रमेशबहादुर बस्ती र उपप्रमुखमा कोपिला भट्ट, काङ्ग्रेसका प्रमुखमा शिव अधिकारी र उपप्रमुखमा माओवादी केन्द्रका हरिप्रसाद रिमालले उम्मेदवारी दर्ता गरेका छन् । बेलकोटगढी नगरपालिकाको मेयरमा एमालेका राजेन्द्ररमण खनाल र उपमेयरमा रूपा सापकोटा, माओवादी केन्द्रका मेयरमा जगतबहादुर तामाङ र उपमेयरमा काङ्ग्रेसका शिवप्रसाद दाहाल, एकीकृत समाजवादीका सानुकुमारी लामा मेयरमा र उपमेयरमा प्रकाश नेपाल, राप्रपाको मेयरमा युवराज पाण्डे र उपमेयरमा यशोदा दाहालले उम्मेदवारी दर्ता गरेका छन् ।