तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • २२ बैशाख २०७९, बिहीबार ११:५४
Buddha Eyes

सतीले सरापेको हाम्रो देश, जनप्रतिनिधि हुन पार्टीको टिकटदेखि मतदाता रिझाउन परेपछि निर्वाचन महँगो भयो भन्नेको सङ्ख्या ठूलै छ । स्थानीय, प्रदेश र सङ्घीय निर्वाचन महँगिँदै गएको बहस भए पनि रसुवा र नुवाकोटमा आर्थिक चलखेल गर्न नसक्नेहरू उम्मेदवारको सूचीमा समेत पर्न सक्दैनन् भन्दा कोही-कोहीलाई खल्लो लाग्ला ! गत ०७४ को चुनाउमा रसुवाको सांसदले बेत्रावती-धुन्चे सडक पिच गर्ने पैसा खर्च गरेको चर्चा सेलाउन नपाउँदै नुवाकोटको विदुर नगरपालिकामा काङ्ग्रेसको टिकट लिन करोडौँको खेलोफड्कोको चर्चाले व्यवसायीहरू जिब्रो काड्दै ! गठबन्धन भएर होला यसपटक काङ्ग्रेसको टिकट लिनेलाई महँगो परेको विदुरको लोकतान्त्रिक चौतारीमा भलाकुसारी ! राजनीतिमा प्रवेशसँगै कोही-कोहीेले त अवसरै-अवसर पाउँदा हिजो जुत्ता, चप्पल खियाउँदै पार्टी टिकाउनेहरू हिस्स ! इमानदार कार्जेकर्तालाई जय नेपाल कमरेड !