लुम्बिनी विकास बैंक बट्टारमा

  • त्रिशूली प्रवाह
  • ५ जेष्ठ २०७९, बिहीबार १२:३८

विदुर, लुम्बिनी विकास बैंकले नुवाकोट जिल्लाको विदुर नगरपालिकाको व्यस्त बजार वडा नम्बर-२ बट्टारमा थप शाखा खोलेको छ । यो बैंकको २१औँ शाखा हो । जिल्लाको देवीघाट र ढिकुरेमा दुई शाखा कार्यालय यसअघि नै विस्तार गरी सञ्चालनमा आइरहेका छन् ।

बैंकले बट्टारमा नयाँ शाखा वैशाख २१ गते बुधबारदेखि सञ्चालनमा ल्याएको हो । बैंकको बट्टार शाखाको उद्घाटन बैंकका सञ्चालक चिन्तामणि भट्टराई र नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष ताराबहादुर कार्कीले संयुक्त रूपमा गरेका हुन् । नुवाकोटको सम्भावित व्यावसायिक क्षेत्रमा लगानी वृद्धि गर्न र गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्न सङ्घका अध्यक्ष कार्कीले सुझाव दिए । बट्टारमा नयाँ शाखा विस्तार भएसँगै बैंकले देशको सातवटै प्रदेशमा ८१ वटा शाखामार्फत कारोबार गर्दै आएको बैंकका सञ्चालक भट्टराईले बताए । निकट भविष्यमा कपिलवस्तुको चन्द्रौटा, बर्दियाको ताराताल, कैलालीको लम्की र मसुरिया एवम् कञ्चनपुरको वाणीसमेत गरी थप पाँच शाखा खोल्ेन तयारी गरेकोसमेत उनले बताए । अरू बैंकभन्दा फरक र छिटो, छरितो सेवा प्रदान गर्ने लुम्बिनी विकास बैंकको ध्येय रहेकोे बट्टार शाखाका प्रमुख विश्वम्भरमानसिंह डङ्गोलले जानकारी दिए