राष्ट्रिय गौरवको भारतीय परनिर्भरता कम गर्ने गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी आयोजनाको निर्माण कार्य अवरोध भएको बेत्रावतीको यो दृश्य । आयोजनाको कार्यस्थलमा अवरोध हटाउने जिम्मा कसको ? आयोजना कार्यालय, सम्बन्धित जिल्लाका प्रशासक, राजनीतिक दल र नागरिक समाज कसको हो अवरोध हटाउने दायित्व ? नुवाकोट-रसुवाको आर्थिक कायापलट गर्ने अन्तर्राष्ट्रिय त्रिदेशीय यो मार्ग निर्माणमा झन्डै आधा दर्जन आयोजना प्रमुख फेरिइसक्दा पनि निर्माण कार्य सुचारु भइरहेको छैन ।