पूर्वअध्यक्ष खड्काको निधन

  • त्रिशूली प्रवाह
  • ९ असार २०७९, बिहीबार १३:०१


कल्याणपुर, राष्ट्रिय प्रजातन्त्र पार्टी नुवाकोटका पूर्वअध्यक्ष समाजसेवी एवम् तत्कालीन कल्याणपुर गाविसका अध्यक्ष धनराज खड्काको निधन भएको छ ।

काठमाडौंस्थित आफ्नै घरमा शुक्रबार ८३ वर्षको उमेरमा खड्काको निधन भएको हो । केही समयदेखि बिरामी रहेका खड्का घरमै उपचाररत रहेका थिए । खड्काको असार ४ गते शनिबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । राप्रपा नेता डा. प्रकाशचन्द्र लोहनी र राप्रपाका सहायक महामन्त्री दीपककुमार राईले पार्टीको झण्डा ओढाएर खड्कालाई अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए । तत्कालीन कल्याणपुर गाउँ पञ्चायतका प्रधानपञ्च, साबिक कल्याणपुर गाउँ विकास समितिका अध्यक्षसमेत रहेका खड्का अजिङ्गरे माध्यमिक विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष, पञ्चकन्या इंग्लिस स्कुलको सञ्चालक समितिका संस्थापक अध्यक्षसमेत रहेका थिए । खड्का साबिक कल्याणपुर गाविसको राजनीतिक तथा सामाजिक अभिभावकको रूपमा परिचित रहेका थिए ।