रातमाटेमा एमसिसीको काम सुरु

  • त्रिशूली प्रवाह
  • ९ असार २०७९, बिहीबार १३:२८

रातमाटे, सरकारले मिलेनियम च्यालेन्ज एकाउन्ट एमसिए नेपाललाई रातमाटे सबस्टेसन निर्माणका लागि नुवाकोटको बेलकोटगढी नगरपालिकामा जग्गा उपलब्ध गराउने निर्णय गरेको छ ।

जेठ ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । त्यस्तै, सरकारले सार्वजनिक खरिद पुनरावलोकन समितिका अध्यक्ष भीमकुमार ओझाको राजीनामा स्वीकृत गरी मोहनकृष्ण सापकोटालाई नियुक्त गर्नेलगायतका निर्णय गरेको छ । मिलिनियम च्यालेन्ज एकाउन्ट नेपाललाई रातमाटे सबस्टेसन निर्माणका लागि नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकामा जग्गा उपलब्ध गराउने निर्णय गरेको छ ।