नेपालमा १ सय ३२ भाषा

  • त्रिशूली प्रवाह
  • ३० असार २०७९, बिहीबार १३:५४

विदुर, भाषा आयोगले विभिन्न थप नौवटा नयाँ भाषा पहिचान गरेसँगै नेपालमा अब बोलिने भाषाको सङ्ख्या एक सय ३२ पुगेको छ ।

राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा एक सय २३ वटा भाषा रहेकामा आयोगले थप नौवटा भाषा पहिचान भएको जनाएको छ । आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले थप पहिचान भएका भाषा संरक्षणका लागि आयोगले विभिन्न योजनासमेत बनाउन लागेको बताए । आयोगले सात सय ५३ वटै स्थानीय तहबाट विभिन्न जातजाति तथा भाषाका वक्ताको विवरण सङ्कलनसमेत सुरु गरेको छ । आफ्नो मातृ भाषालाई प्रवद्र्धन र सम्वद्र्धन गर्नुपर्नेमा आयोगले जोड दिएको छ ।