वडासदस्यको खोलाले बगाएर मृत्यु

  • त्रिशूली प्रवाह
  • १९ श्रावण २०७९, बिहीबार १३:४५
Logo of trishuli prawaha

बेलकोटगढी, नुवाकोटको बेलकोटगढी नगरपालिका-१२ का निर्वाचित महिला वडा सदस्य सुकुमई तामाङको खोलाले बगाएर साउन १० गते मंगलबार साँझ मृत्यु भएको छ ।

बेलकोटगढीको वडा नम्बर १० र १२ हुँदै बगेको बेलकोट खोलाले बगाउँदा ५४ वर्षीया तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिए । खेतमा काम गरेर फर्कने क्रममा वडा नम्बर १० स्थित द्वारिका टहरोमा खोला तर्ने क्रममा उनलाई बगाएको हो । तामाङको शव करिब एक किलोमिटर तल वडा नम्बर १२ को रैकरे चौँतीसमा भेटिएको प्रहरी नायब उपरीक्षक खड्काले बताए । उनी गत वैशाख ३० गते सम्पन्न दोस्रो स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)बाट महिला सदस्यमा निर्वाचित भएकी थिइन् ।