स्वास्थ्य सामग्री वितरण कार्यक्रम

  • त्रिशूली प्रवाह
  • १९ श्रावण २०७९, बिहीबार १४:४७

तुप्चे, होप एन्ड फेथ संस्था नेपाल (HOPE AND FAITH SANSTHA NEPAL) ले विदुर नगरपालिका-७ को सामुदायिक स्वास्थ्य इकाइ अक्करे र तुप्चे स्वास्थ्यचौकी साहुगाउँलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

होप एन्ड फेथ संस्था नेपालका अध्यक्ष सिंहराज तामाङको पहलमा होप एन्ड फेथ इन्टरनेसनल जापान (HOPE AND FAITH INTERNATIONAL JAPAN) र आइएमएआई क्रिकिन फाउन्डेसन जापान (IMAI KIKIN JAPAN) को आर्थिक सहयोगमा उक्त सामग्री स्वास्थ्य संस्थालाई हस्तान्तरण गरेको हो । सामुदायिक स्वास्थ्य इकाइलाई गत साउन ९ गते सोमबारका दिन वडाध्यक्ष रवीन्द्र नेपालको प्रमुख आतिथ्यतामा सामुदायिक स्वास्थ्य इकाइ अक्करेलाई एक लाख २६ हजार दुई सय २५ रुपैयाँबराबरको सामग्री हस्तान्त्रण गरिएको थियो । त्यसैगरी, साउन १२ गते तुप्चे स्वास्थ्यचौकी साहुगाउँलाई पाँच लाख २८ हजार तीन सय ३५ रुपैयाँबराबरको स्वास्थ्य सामग्री वडाध्यक्ष नेपालको उपस्थितिमा हस्तान्तरण गरिएको थियो । संस्थाले आगामी दिनमा पनि विदेशी दातृ निकायसँग सहयोग र समन्वय गरेर स्वास्थ्यसँग सम्बन्धित सामग्री अन्य सङ्घ–संस्थालाई पनि सहयोग गर्ने अध्यक्ष तामाङले बताए । संस्था जिल्ला प्रशासन कार्यालय नुवाकोट र समाज परिषद्मा दर्ता भएको छ । संस्थामा सात सदस्यीय कार्यसमिति रहेको छ ।