उत्तरगया क्षेत्र विकास समिति पुनर्गठन

  • त्रिशूली प्रवाह
  • १७ भाद्र २०७९, शुक्रबार ११:०४

बेत्रावती, उत्तरगया क्षेत्र विकास समिति विनपा-१० बेत्रावती नुवाकोटको गत हप्ता भएको भेलाले समिति पुनर्गठन भएको छ । उक्त भेलाले समितिको अध्यक्षमा अष्टमान डङ्गोललाई सर्वसम्मत चयन गरेको छ ।

विदुर नगरपालिका-१० का वडाध्यक्ष गणेशकुमार नेपालको उपस्थितिमा १७ सदस्यीय नयाँ समिति गठन भएको हो । समितिका अध्यक्ष शिवशंकर डङ्गोल देशबाहिर भएपछि ०७३ देखि समिति निष्क्रिय रहँदै परिचालन हुन सकेको थिएन । समितिको भेलामा पुरानो कार्यसमितिका कोषाध्यक्ष ईश्वरलाल श्रेष्ठले संस्थाको सम्पूर्ण आर्थिक कारोबारको जिम्मेवारी लिँदै नयाँ कार्यसमितिलाई सोसम्बन्धी विवरण चाँडै नै हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पुनर्गठित समितिको सहअध्यक्षमा सोमलाल लवट, उपाध्यक्षमा गीता श्रेष्ठ लवट, कोषाध्यक्षमा हरिकृष्ण डङ्गोल, महासचिवमा सुरज डङ्गोल, सहसचिवमा बद्रीनाथ प्याकुरेल र सदस्यमा लेखनाथ रिजाल, उपेन्द्र प्याकुरेल, राजकुमार प्याकुरेल, पवन डङ्गोल, महेश डङ्गोल, गीता डङ्गोल, सुस्मा डङ्गोल, विद्यालक्ष्मी श्रेष्ठ, अर्जुन वस्ती र ज्ञानकुमार डङ्गोल रहेका छन् । नवनिर्वाचित पदाधिकारीले बेत्रावती क्षेत्रको विकास निर्माण र प्रचार–प्रसारमा सक्रिय हुने प्रतिबद्धता जनाएका छन् ।