एन्टिबायोटिक कार्यशाला

  • त्रिशूली प्रवाह
  • ६ आश्विन २०७९, बिहीबार १५:२०

विदुर, नेपाल औषधि व्यवसायी सङ्घ जिल्ला शाखा नुवाकोटको आयोजनामा एन्टिबायोटिक (प्रतिजैविक) औषधिसम्बन्धी कार्यशाला सम्पन्न भएको छ ।

मानवीय कारणले प्रतिजैविक औषधिको क्षमतामा ह्रास आइरहेकाले औषधिको सिफारिसकर्ता, प्रयोगकर्ता, स्वास्थ्यकर्मी र उपभोक्तासमेत सचेत हुनुपर्ने वेला आएकाले नेपाल औषधि व्यवसायी सङ्घ जिल्ला शाखा नुवाकोटले एन्टिबायोटिक सचेतना कार्यक्रम गरेको हो । सो कार्यक्रमका प्रमुख अतिथि प्रजिअ नारायणप्रसाद रिसालले एन्टिबायोटिकको अव्यवस्थित प्रयोगमा हामीले सचेत नहुँदा ब्याक्टेरियाले रूप परिवर्तन गरिरहेको औषधिले काम नगर्ने अवस्था देखिन थालेकाले सरोकारवालाले ध्यान दिनुपर्ने बताए । उक्त कार्यक्रममा नुवाकोटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रमेश पण्डित, नेपाल औषधि व्यवसायी सङ्घ बागमती अध्यक्ष ध्रुवनारायण श्रेष्ठ, सदस्य राजु अधिकारी, औषधि व्यवस्था विभाग फार्मेसी अधिकृत किरण बज्राचार्य, त्रिशूली अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु), प्रेमप्रकाश पौडेल, नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष ताराबहादुर कार्की, चेम्बर अफ कमर्सका अध्यक्ष कवीन्द्रमान प्रधान, औषधि व्यवसायी सङ्घ नुवाकोट शाखाका निवर्तमान अध्यक्ष मोहनबहादुर खड्कालगायतले औषधि प्रयोगमा लापरबाही गर्न नहुने बताए ।