आधारभूत विद्यालयमा डिजिटल माध्यमबाट पढाइ

  • त्रिशूली प्रवाह
  • ६ आश्विन २०७९, बिहीबार १५:२८

धुन्चे, रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका-६ ठाँडेमा रहेको सरस्वती आधारभूत विद्यालयमा डिजिटल माध्यमबाट पढाइ सुरु भएको छ ।

विद्यालयका प्रधानाध्यापक लानाम घलेका अनुसार विशुद्ध रमाइलो वातावरणमा अतिरिक्त क्रियाकलापसहित डिजिटल माध्यमबाट कक्षामा पढाइ सुरु गरी नियमित शिक्षक तथा विद्यार्थीको आगमन हुने तरिकाले व्यवस्थापन मिलाई पढ्दै–कमाउँदै कार्यक्रमसमेत सञ्चालन गर्न लागिएको बताइएको छ । ०४५ सालमा स्थापना भएको यस स्कुलमा ३८ जना छात्रा र २९ जना छात्र रहेका छन् । कार्यालयसहित नौवटा कोठा रहेको यस स्कुलमा कक्षा आठसम्म पढाइ हुन्छ । पहिलेको तुलनामा हाल डिजिटल माध्यमबाट कक्षा सञ्चालन भएपछि पढाइको गुणस्तरमा सुधार भएको बताइएको छ । बाल विकास शिक्षक एकजना, राहत शिक्षक तीनजना, करार शिक्षक दुईजना, स्थायी शिक्षक दुईजना, विद्यालय सहयोगी एकजना र दुईजना शिक्षक नपुग रहेका छन् । सरकारी स्कुलमा पनि बोर्डिङ स्कुलसरह नै अनुशासन उत्कृष्ट पढाइ स्कुलको ड्रेस अनिवार्य रूपमा नै लागू गरिएको छ ।