तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • १३ आश्विन २०७९, बिहीबार ११:३२
Buddha Eyes

चुनावको माहोल बन्दै छ, दलका नेताको छेडछाडसहित तँछाड-मछाडले दसैँको भन्दा बढी रौनक ! दलहरू उम्मेदवार तयको प्रक्रियामा रहे पनि नुवाकोटका वृद्ध नेताहरू अग्रसर हुँदा काङ्ग्रेसका पेसेवर उम्मेदवार खिन्न ! काङ्ग्रेसमा राज्यले वृद्धभत्ता दिने उमेर काटेकादेखि काँचा घामपानीले नभेटेका युवाको ताँतीले काङ्ग्रेसकै लागि जुत्ता-चप्पल फटाएका नेता भौँतारिँदै स्वतन्त्रको लहरमा पुग्ने हुन् कि भन्ने चिन्तामा सभापति महत ! गत स्थानीय निर्वाचनमा नगद बटुल्दै टिकट बाँडेको ढाकछोप गर्न नसक्ने हुतिहारा भन्दै प्रवक्ता महतकी श्रीमतीले समेत जिल्ला कार्यसमितिलाई झपारेपछि केही नेताको महाराजगन्जतिर आउजाउमा निषेध ! तारकेश्वर र विदुरका प्रमुखले गठबन्धनको मर्मलाई कुल्चेपछि अनुशासनको डण्डाले ठण्डा पार्ने तयारीमा संस्थापन इतरपक्ष !