साञ्जेन जलविद्युत् कम्पनीको सेयर बाँडफाँड

  • त्रिशूली प्रवाह
  • १ मंसिर २०७९, बिहीबार १२:३७

धुन्चे, रसुवा जिल्लाको निर्माणाधीन साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडले आयोजना प्रभावित बासिन्दाका लागि खुला गरेको सेयर मंगलबार बाँडफाँड भएको छ ।

कम्पनीको प्रतिसेयर एक सय रुपैयाँ अङ्कित दरको ३६ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावितका लागि गत भदौ ५ देखि असोज ३० गतेसम्म निष्कासन तथा बिक्री खुला गरिएको थियो । जसमध्ये २८ हजार ६ सय आठजना आवेदकले ५६ करोड ७९ लाख आठ सय ७० कित्ताका लागि आवेदन दिएका थिए । अति प्रभावित आमाछोदिङ्मो गाउँपालिका-५ (साबिक चिलिमे गाविस) वर्गमा कुल दुई हजार एक सय ६५ जना रितपूर्वक आवेदन दिने आवेदकमध्ये १० कित्तादेखि पाँच सय १० कित्ता माग गर्ने एक हजार तीन सय ४२ जना आवेदकलाई मागबमोजिम र पाँच सय २० कित्तादेखि सात सय कित्ता माग गर्ने आठ सय २३ जना आवेदकलाई पाँच सय १० कित्ताका दरले जम्मा नौ लाख ४९ हजार दुई सय ८० कित्ता सेयर बाँडफाँड भएको छ । प्रभावित आमाछोदिङ्मो गाउँपालिका-४ गोल्जुङ (साबिक गोल्जुङ गाविस) वर्गमा कुल एक हजार दुई सय ६६ जना रितपूर्वक आवेदन दिने आवेदकमध्ये १० कित्तादेखि तीन सय कित्ता माग गर्ने पाँच सय १८ जना आवेदकलाई मागबमोजिम र तीन सय १० कित्तादेखि चार सय ५० कित्तासम्म माग गर्ने दुई सय ३३ जनामध्ये तीन सय २० कित्तासम्म माग गर्ने एकजना आवेदकलाई मागबमोजिम र सोभन्दा बढी चार सय ५० कित्तासम्म माग गर्ने दुई सय ३२ जना आवेदकलाई तीन सय ४८ कित्ताका दरले र चार सय ६० कित्तादेखि सात सय कित्तासम्म माग गर्ने पाँच सय १५ जना आवेदकलाई तीन सय ६० कित्ताका दरले जम्मा तीन लाख ७४ हजार नौ सय २६ कित्ता सेयर बाँडफाँड गरिएको छ ।

सामान्य प्रभावित आमाछोदिङ्मो गाउँपालिकाका अन्य वडा १, २, ३ (साबिक गत्लाङ गाविस र हाकु गाविस) वर्गमा कुल तीन हजार पाँच सय ८८ जना रितपूर्वक आवेदन दिने आवेदकमध्ये १० कित्तादेखि एक सय ५० कित्ता माग गर्ने दुई हजार चार सय ८३ जना आवेदकलाई मागबमोजिम र एक सय ६० कित्तादेखि दुई सय कित्तासम्म माग गर्ने चार सय १३ जना आवेदकलाई एक सय ५० कित्ता, एक सय ६० कित्तादेखि तीन सय कित्तासम्म माग गर्ने चार सय १९ जना आवेदकलाई एक सय ६५ कित्ता, तीन सय १० कित्तादेखि चार सय ५० कित्तासम्म आवेदन गर्ने एक सयजना आवेदकलाई एक सय ७४ कित्ता र सोभन्दा बढी सात सय कित्तासम्म आवेदन गर्ने एक सय ७३ जना आवेदकलाई एक सय ८० कित्ताका दरले जम्मा चार लाख ६ हजार नौ सय ५५ कित्ता सेयर बाँडफाँड गरिएको छ । न्यून प्रभावित बाँकी सम्पूर्ण जिल्लावासी वर्गमा कुल २१ हजार तीन सय ३१ जना रितपूर्वक आवेदन दिने आवेदकमध्ये १० कित्तादेखि एक सय कित्ता माग गर्ने ११ हजार चार सय ८९ जना आवेदकलाई मागबमोजिम र एक सय १० कित्तादेखि दुई सय कित्तासम्म माग गर्ने पाँच हजार ६ सय ६६ जना आवेदकलाई एक सय कित्ता र दुई सय १० कित्तादेखि तीन सय कित्तासम्म माग गर्ने दुई हजार दुई सय सातजना आवेदकलाई एक सय १६ कित्ता र सोभन्दा बढी सात सय कित्तासम्म आवेदन माग गर्ने एक हजार दुई सय ३६ जना आवेदकलाई एक सय २० कित्ताका दरले जम्मा १९ लाख १८ हजार सात सय आठ कित्ता सेयर बाँडफाँड गरिएको छ ।

कम्पनीको अति प्रभावित, प्रभावित, सामान्य प्रभावित र न्यून प्रभावितलाई वितरण गरी बाँकी रहेको एक सय ३१ कित्ता सेयरका लागि अति प्रभावित वर्गमा सात सय कित्ता आवेदन गरी बाँडफाँडमा परेका पाँच सय १३ जना आवेदकलाई गोलाप्रथाबाट थप एक-एकका दरले एक सय ३१ कित्ता सेयर बाँडफाँड गरिएको थियो । आयोजना प्रभावित स्थानीय बासिन्दालाई क्रमशः ४.२५ : ३ : १.५ : १ को अनुपातमा सेयर बाँडफाँड गरिएको हो ।