प्याब्सनद्वारा लोकनृत्य प्रतियोगितामा

  • त्रिशूली प्रवाह
  • १ मंसिर २०७९, बिहीबार १३:१६

विदुर, प्याब्सन नुवाकोटद्वारा आयोजित खुला लोकनृत्य प्रतियोगितामा जालपादेवी (जेडी) बोर्डिङ्ग स्कुल प्रथम भएको छ ।

आईतबार बट्टारमा भएको प्रतियोगितामा जेडी बोर्डिङ्गले उत्कृष्ट कला प्रस्तुत गर्दै प्रथम भएको निर्णायकमण्डलका संयोजक कमलबहादुर जोशीले जानकारी दिए । प्रतियोगितामा त्रिशुली सामुदायिक बोर्डिङ्ग स्कुल द्वितिय र सोभिनियर बोर्डिङ्ग स्कुल तृतीय भए । यस्तै, हिमालयन एकेडेमीले सान्त्वना प्राप्त गरे । शैक्षिक विकासको साथै संस्कृतिको संरक्षणको जगेर्नाको लागि लोकनृत्य प्रतियोगिता आयोजन गरिएको प्याब्सनका अध्यक्ष ताराबहादुर कार्कीले बताउनु भयो । विभिन्न जातजाति, भाषाभाषीहरुले विभिन्न समय र अवसरमा नाच्ने गरेको नृत्यलाई विद्यार्थीले कला प्रस्तुत गरेका थिए । प्रतियोगितामा नुवाकोट प्याब्सनमा आबद्ध १९ निजी विद्यालयहरुको सहभागिता थियो ।