कालिका र उत्तरगयाको गाउँसभा सम्पन्न

  • त्रिशूली प्रवाह
  • २८ पुष २०७९, बिहीबार १५:३९
  • सरस्वती न्यौपाने

धुन्चे, रसुवा जिल्लाको कालिका र उत्तरगया गाउँपालिकाको गाउँसभा सम्पन्न भएको छ । कालिका गाउँपालिकाको पुस २२ गते र उत्तरगयाको पुस १८ गते गाउँसभा सम्पन्न भएको हो ।

‘सुशासन र समृद्धिको अभियान : दिगो विकास र जनमुखी प्रशासन’ भन्ने मूल नाराका साथ कालिका गाउँपालिकाको १२औँ गाउँसभा नेपाल सरकारको संविधान, स्थानीय सरकार सञ्चालन ऐनअनुसार गाउँ पालिकाको गाउँसभा सम्पन्न भएको छ । उत्तरगया गाउँपालिकाको कार्यालय रहेको खाल्टेमा १३औँ गाउँसभा सम्पन्न गर्दै सुशासन कायम गर्दै भ्रष्टाचारमुक्त बनाई सेवाग्राहीमैत्री बनाउने प्रतिबद्धता जनाएको छ । सभामा गाउँपालिकाको सबै वडाका वडाध्यक्षले आफ्नो राय-सुझाव र गुनासो राखेका थिए । उक्त सभामा कार्यपालिका सदस्यले समेत अध्यक्षको ध्यानाकर्षण गराएका थिए । कालिका गाउँपालिकाको पनि सबै वडाका वडाध्यक्ष कार्यपालिका सदस्यले पनि आ-आफ्नै राय–सुझाव राखेका थिए । दुवै गाउँपालिकाले गाउँसभाबाट गाउँपालिकामा नमुनायोग्य काम गर्ने निर्णय पारित गरेका छन् ।