मेरो माइक्रो फाइनान्सको साधारणसभा सम्पन्न

  • त्रिशूली प्रवाह
  • १२ माघ २०७९, बिहीबार ११:५२

बट्टार, नुवाकोट जिल्लामा केन्द्रीय कार्यालय रहेको मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १०औँ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।

सो सभाले आर्थिक वर्ष ०७८/७९ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको संस्थाको वित्तीय विवरणउपर छलफल गरी स्वीकृत गरेको छ । आर्थिक वर्ष ०७९/८० का लागि लेखापरीक्षकको नियुक्तिसमेत गरेको संस्थाले बताएको छ । आर्थिक वर्ष ०७८/७९ मा तीन अर्ब ४२ करोड रुपैयाँ निक्षेप र १६ अर्ब ४० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो समयमा संस्था ३३ करोड १२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रही देशका ६४ जिल्लामा एक सय ४९ शाखा कार्यालयमार्फत लघुवित्त सेवा प्रदान गरिरहेको छ ।