तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • २५ फाल्गुन २०७९, बिहीबार १२:४५
Buddha Eyes

अरूलाई खनेको खाल्डोमा अहिले एमाले झ्वाम्मै ! गायिका एलिनाको ‘धोकेबाज’ बोलको गीतले एमालेलाई अहिले पछ्याइरहेको छ । टुक्का र मुक्काले राजनीति सोझ्याउन खोज्ने ओली बाले एमालेलाई सुधार्न दुईमहिने ‘मिसन ग्रासरुट’ अभियानले नेता–कार्जेकर्ता व्यस्त ! नुवाकोटका कार्जेक्रममा सहभागीभन्दा अतिथिको हरिबिजोग ! गत हप्ता जिल्ला अध्यक्ष कमरेडको गृहक्षेत्र पञ्चकन्याको बैठकमा पालिका इन्चार्ज र अध्यक्षले कमिटी सदस्यकै नाम फरर…..भन्न नसक्दा फेल । गुट सिध्याउने भन्दै विधि र विधान कुल्चेर थपिएका पालिका, प्रदेश, क्षेत्र र जिल्ला कमिटी सदस्यको विवरण जिल्ला पदाधिकारीले थपघट गरिरहँदा नेता परिचालन नाम मात्रै हुँदा सङ्गठनको अवस्था बहुदलीय खुराफातीमा परिणत !