लोकदोहोरी प्रतियोगितामा डाँडागाउँ प्रथम

  • त्रिशूली प्रवाह
  • २ चैत्र २०७९, बिहीबार १२:३४

धुन्चे, अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा रसुवाको कालिका गाउँपालिकाको कालिकास्थानमा फागुन २४ गते भएको लोकदोहोरी प्रतियोगितामा उत्तरगया गाउँपालिका-३ डाँडागाउँको लोकदोहोरी समूह प्रथम भएको छ ।

कालिका गाउँपालिका र उत्तरगया गाउँपालिका रसुवाको आयोजना र रेडियो लाङटाङको संयोजन तथा विभिन्न सङ्घ-संस्थाको सहकार्यमा भएको उक्त प्रतियोगिता आजको आवश्यकता छोरी, बुहारीलाई अनिवार्य उच्च शिक्षा भन्ने विषयको रहेको थियो । प्रतियोगितामा डाँडागाउँको लोकदोहरी प्रतिष्ठान रसुवाको समूह प्रथम भई १५ हजारसहित प्रमाणपत्र पाएको थियो भने कालिका गाउँपालिका वडा नम्बर-१ राम्चेको सेतिभूमे माध्यमिक विद्यालय दोस्रो भई १० हजारसहित प्रमाणपत्र हात पारेको छ । त्यसैगरी, पाँच हजार र प्रमाणपत्रसहित तृतीय हुनेमा लालीगुराँस महिला बचत तथा ऋण सहकारी संस्था रहेको छ । सान्त्वना हुनेमा सुशीला तामाङ, मनिता न्यौपाने, सीता घिमिरेको समूहले सान्त्वना पुरस्कार पाएको छ ।