निःशुल्क स्वास्थ्य शिविरबाट १२० जनाले सेवा पाए

  • त्रिशूली प्रवाह
  • २८ बैशाख २०८०, बिहीबार १३:५४

धुन्चे, रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका-६ बोकेझुन्डास्थित गाउँफर्क प्राविमा वैशाख २४ गते निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भई एक सय २० जनाले सेवा लिएका छन् ।

गोसाइँकुण्ड गाउँपालिका, जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला अस्पताल रसुवाको सहयोगमा नेपाली सेना विष्णु दल गणको आयोजनामा बृहत् स्वास्थ्य शिविरबाट भइरहँदा सोले, भिमली बोकेझुन्डा र ठाँडे गाउँका एक सय २१ जनाले आफ्नै घर-आँगनमा सेवा लिएका थिए । शिविरमा धेरैथरीका रोगको चेकजाँच गरी रोग हेरेर औषधिसमेत वितरण गरिएको थियो ।