बहुमूल्य रुबी र चाँदीको खानी क्षेत्रका अन्वेषण अनुसन्धान थन्कियो

  • त्रिशूली प्रवाह
  • ११ जेष्ठ २०८०, बिहीबार १२:४७
  • शरण उत्सुक सापकोट

धुन्चे, नेपालको प्राकृतिक स्रोत र साधान उपभोग गर्न नसंक्दा विश्वको गरिवी देशको सूचिमा नाम लेखाउन बाध्य छ । नेपाललाई धनी बनाउने प्राकृतिक स्रोत र साधन अनगिन्ती रहेपनि देशको नेतृत्व गर्ने वर्गको दृष्टि नपुग्दा नेपाली जनता गरिवीको खाडलबाट निस्कन सकेका छैनन् ।

नेपाललाई धनी बनाउने अनगिन्ती धातु र पत्थर नेपालमा रहेको प्रमाणित भईरहेको छ । त्यसको अन्वेषण उत्खनन् उपभोगमा स्पष्ट नीति, नियम नहुँदा रसुवा र धादिङ जिल्लाको सिमाना गणेश हिमालको फेदीमा रूबी र चाँदीको पहाड नै फेला परेको छ । नामै राम्रो- रुबीभ्याली । पत्थर उजाड छ तर महँगो छ रुबी/चाँदी । यसको मूल्य बुझेकाले दोहन गरे । कम्पनी खडा गरे, पहाड खोतले, प्राकृतिक स्रोत ओसारे । अहिले गणेश हिमाल मेटल कम्पनीका टहरा पहरेदारको भरमा छाडिएको छ । सेयर (कम्पनीका लागि पैसा लगानी) लगानी गरेका गाउँले हेरेको हे¥यै भए ।झण्डै चार दशक भयो गणेश हिमालको फेद सोमदाङ (रसुवा) मा ‘विकास’ (बाटो र बिजुली) पुगेको । सरकारले यहाँको पत्थर खानीबाट लाभ लिन नुवाकोटको सदरमुकाम विदुरको ढुंगेदेखि रसुवाको कालिकास्थान, धुन्चे, स्याफ्रुवेंशीबाट सोमदाङसम्म मोटरबाटो पुग्यो । धादिङ जिल्लाको उत्तरी भेग रुबीभ्याली गाउँपालिका छेउमा, रसुवाको सीमासम्म चार दशकअघि नै पुगेको यो विकास बिस्तार भने भएन । तर अलि पर, पाङसाङ पास (भञ्ज्याङ) का स्थानीयले त्यसको लाभ पाउन सकेनन् ।

वि.सं.२०३३ मा स्थापित गणेश हिमाल मेटल कम्पनी, भारतीय कम्पनी, संयुक्त राष्ट्रसंघीय नियोग – युएनडिपीको अनुसन्धान हुँदै अहिले चिनियाँ कम्पनीको लगानी मातहतमा पुगेको छ यो कम्पनी । ‘२२ सय मिटर सुरुङ पनि छ, सबै पूर्वाधार छ उच्च मूल्यको जिंक र लिडको प्रचुर सम्भावना छ । तर आठ नौ जना मात्र कर्मचारी छौं’, सो कम्पनीका हाकिम हरिप्रसाद घिमिरे भन्नुहुन्छ । खानी विभाग मातहतमा हुनुपर्ने यो संस्था कम्पनीमा परिणत ग¥यो सरकारले । रुबीभ्यालीको खानी, त्यहाँको प्राकृतिक सौन्दर्य, संस्कृति बेवास्तामा प¥यो । यहाँ रुबी (रातो पत्थर) बहुमूल्य छ । बेलाबखत यहाँ रुबी पाईएको हल्ला चल्छ । क्वार्ज (सेतो/दर्शन ढुङ्गा) त यत्रतत्र छरिएर रहेको अवस्थामा अहिले पनि भेटिन्छ । यही स्रोतका लागि २०३३ मा कम्पनी शुरु भयो, २०४२/०४३ मा आईपीओ जारी भयो । २०४५÷०४६ देखि त बन्दै भयो । पूर्वमन्त्री एवं प्रतिनिधीसभा सदस्य बुद्धिमान तामाङ भन्नुहुन्छ, ‘तिप्लीङमा गहुँको दाना जस्तै (रुबी) पाईएको सुन्छु । युएनडिपी, भारत र चीनको अनुसन्धान खानी विभागमा थन्किएको छ । सम्भावना राम्रो छ ।’’