भैरूम मा.वि.मा नयाँ विद्यार्थीलाई टिका लगाएर स्वागत

  • त्रिशूली प्रवाह
  • ११ जेष्ठ २०८०, बिहीबार १२:५१

हात्तीगौंडा, यस वर्षको शैक्षिक सत्रमा भैरूम मा.वि. विनपा-८ हात्तीगौंडामा १ सय २५ जना नयाँ विद्यार्थी थपिएका छन् । नगरपालिकाभरीका सामुदायिक विद्यालयमध्येको उत्कृष्ट भैरूम मा.वि.ले नयाँ भर्ना भएका विद्यार्थीलाई टिका लगाएर स्वागत गरेको छ ।

विद्यालयले नयाँ भर्ना भएका विद्यार्थीलाई गत हप्ता स्वागत कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रममा बि.ब्य.स.का अध्यक्ष राजु पण्डित, विनपा वडा नं.-८ का वडाध्यक्ष कमल श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक शिवराम श्रेष्ठलगायतले नयाँ विद्यार्थीलाई टिका लगाएर स्वागत गर्नुभएको थियो । स्वागत कार्यक्रममा अध्ययनरत विद्यार्थीले आ-आफ्नो प्रतिभा र नृत्य प्रस्तुत गरेको प्रधानाध्यापक श्रेष्ठले जानकार दिनुभयो । शैक्षिक वर्ष २०८० मा भर्ना भएका विद्यार्थीलाई विद्यालयमा बालमैत्री वातावरणमा दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाबाट अङ्ग्रेजी र नेपाली माध्यमका पाठ्यपुस्तकबाट गुणस्तरीय पठन–पाठन हुने बि.ब्य.स.का अध्यक्ष पण्डितले बताउनु भयो । विद्यार्थीको समग्र ब्यक्तिगत विकासका लागि आफ्नै नीति र योजनाअनुसार पठन–पाठन भईरहेको, अतिरिक्त क्रियाकलाप र नियमित मुल्याङ्कन पद्धतिमार्फत विद्यार्थीको शैक्षिक सुधार गर्नुका साथै कमजोर विद्यार्थीलाई अतिरिक्त कक्षाबाट सक्षम र योग्य बनाईने बाल मनोविज्ञानलाई मध्यनजर राख्दै पठन–पाठन गरिने समेत उनले बताए ।