कोम्राङ गाउँमा बिजुली पुग्यो

  • त्रिशूली प्रवाह
  • ११ जेष्ठ २०८०, बिहीबार १३:३१

विदुर, नुवाकोट जिल्लाको सदरमुकामबासीले ६० वर्ष अगाडी नै बिजुली बत्ति बाल्ने अवसर पाएपनि अझै जिल्लाका केही वस्ती टुकीबत्ति बाल्न बाध्य छन् । जिल्लामा ५० मेगावार्ट भन्दा बढी बिजुली उत्पादन भएपनि सुर्यगढी गाउँपालिका वडा नं.-१ को कोम्राङ पाखाका ४० घरधुरीले बिजुली बत्ति बाल्न जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय नुवाकोटको सहयोग पर्खनुप¥यो । गाउँलेको बिजुली बत्ति बाल्ने धोको पूरा भएको छ । कार्यालयले वार्षिक कार्यक्रमअनुसार ‘उज्यालो वागमती अभियान’ अन्तर्गत विद्युत् सेवा पुगेको छ । कोम्राङबासीले टुकी बत्तिलाई बिस्थापित गर्दै गत महिनाबाट विद्युत् उपभोग गर्न पाएका छन् ।

जिल्लाको दुर्गम क्षेत्र र माथिल्लो भू-भाग भएकाले भौगोलिक कठिनाईको कारण विद्युत् प्रसारण प्रणाली पुग्न नसकेको उक्त गाउँमा जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय नुवाकोटको वार्षिक कार्यक्रमअनुसार विद्युत् सेवा पु¥याउने काम भएको छ । कार्यालयले ग्रामीण विद्युतीकरण कार्यक्रममार्फत केन्द्रिय प्रसारण प्रणालीको विद्युत् पु¥याउनको लागि २० लाख बजेट खर्च गरेको डिभिजन कार्यालय प्रमुख गुरागाईले जानकारी दिनुभयो । उनका अनुसार ‘उज्यालो वागमती अभियान’ अन्तर्गत २० लाख लगानीमा ६० थान फलामको खम्बा र प्रसारण लाईन बिस्तार गरेर विद्युत् पु¥याईएको हो । “विद्युत् सेवाको अभाव र तत्कालको लागि प्राधिकरणबाट बिस्तारको तयारी नभएको भन्दै स्थानीयबासी र जनप्रतिनिधीको आग्रहअनुसार गरिएको स्थलगत सर्वेक्षणअनुसार बत्ति बिस्तारको तयारी गरिएको थियो । डिभिजन प्रमुख गुरागाईकानुसार किसानको दैनिक जीवनमा आर्थिक रुपान्तरणसँग जोड्न बनाएको लक्ष्य विद्युत् सेवाको पहुँच पु¥याउन सफल भएको हो । विद्युत् सेवाको बिस्तार भएसँगै यस भेगका नागरिकले टुकी बत्तिको सट्टा बिजुली बाल्न पाउने भएपछि गाउँमा खुशीको उमङ्ग छाएको सुर्यगढी गाउँपालिका वडा नं.-१ वडाध्यक्ष राजकुमार तामाङ (रञ्जित) ले बताउनुभयो । उहाँको अनुसार बत्ति बाल्न र सञ्चारमाध्यमको उपभोग गर्नसहित जङ्गली जनावरले कृषि उब्जनीमा पु¥याउँदै आएको क्षति नोक्सानी कम गराउन सक्ने आशा स्थानीयबासीको छ ।

लाङटाङ राष्ट्रिय निकुञ्जको पहुँच क्षेत्र भएकाले बँदेल, दुम्सी भगाउन बत्ति बाल्न र सङ्गित बजाएर भगाउन सकिन्छ भन्ने योजना स्थानीयले बनाएका छन् । गाउँमा कुटानीपिसानी गर्ने मिल चलाउन, बालबालिकालाई अध्ययन र चुलोचौकाको काम बिहान बेलुकाको समयमा गर्न समेत सहज भएको वडा अध्यक्ष राजकुमार तामाङले बताउनु भयो । कोम्राङ पाखाको ८४ वर्षीय जितमानसिंह तामाङको घरमा बत्ति बालेर शुरु भएको विद्युत् सेवा तार ब्यवस्थापनको काम भईरहेकाले लक्ष्यअनुसार १ सय ५० घरधुरीमा पु¥याउन एक साता लाग्ने देखिएको छ । साठी वटा खम्बा र त्यसमा प्रसारण लाईन जडान भईसकेको छ भने घरघरमा विद्युतीकरणको लाईन मिलाउन बाँकी भएकाले सबैको घरमा बत्ति बल्न केही दिन लाग्ने योजना कार्यान्वयन गर्ने ग्रामीण विद्युतीकरण तथा अन्य निर्माण उपभोक्ता समितिका अध्यक्ष काजीमान तामाङले बताउनुभयो । समुद्री सतहदेखि २ हजार २ सय मिटर उचाईमा अवस्थित यस (कोम्राङ पाखा) बस्ती गोसाइँकुण्ड पदमार्ग, निकुञ्ज र हिमश्रृंखलाको मनोरम दृश्यावलोकनको लागि पर्यटकीय क्षेत्रको रुपमा प्रसिद्ध यस ठाँउमा विद्युत्को उपभोगले स्थानीयबासीको आर्थिक जनजीवनमा उल्लेख्य सुधार हुने अपेक्षा उहाँले गर्नुभएको छ ।