तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • १८ जेष्ठ २०८०, बिहीबार १२:१०

कम्फर्टेबल’ सरकार बनेपछि भारत भ्रमणमा प्रधानमन्त्री दाहाल हिजो लुसुक्क ! आगामी वर्षको बजेटले केन्द्रीय सरकारले स्थानीय तहलाई दिने अनुदान अन्यत्रको घटे पनि नुवाकोटकै अर्थमन्त्री भएकाले बढ्यो । दरबारका सिंहको अधिकार उपभोग गरिरहेका महामहिमहरूको हर्ष र खुसी एकैचोटि । अनुगमनको नाममा घुमफिर र निर्देशनमै सीमित स्थानीय सरकारका प्रमुख-उपप्रमुखको रवाफ र जवाफबाट आर्जित जनता पुर्पुरो समाउँदै ! स्थानीय सरकारका प्रमुख, उपप्रमुख र हाकिम सा’वको अस्वस्थ प्रतिस्पर्धाले सेवाग्राही रमिते ! स्रोतको सुनिश्चिताबिनै विगतमा योजना बाँडेको आरोप लगाउने विदुरका जनप्रतिनिधि गत आवको भुक्तानी २५ प्रतिशत र यस आवको भुक्तानी ५० प्रतिशत रोक्दा सुशासन र पारदर्शिताको नमुनाले समृद्धि र विकासको अनुभूतिमा नगरवासी !