+
Search

ताजा अपडेट +

पपुलर +

‘त्रिशूली-कोलोनी-काठमाडौं मैत्री समाज’ गठन

‘त्रिशूली-कोलोनी-काठमाडौं मैत्री समाज’ गठन
त्रिशूली प्रवाह
२ साल अगाडी

काठमाडौं, पृथ्वीनारायण शाहले राज्य एकीकरणका सिलसिलामा सैन्य तालिमलगायत गृहकार्य गरेको नुवाकोट, विदुर नगरपालिकास्थित ऐतिहासिक बाघबगैँचा आसपासका काठमाडौंमा स्थायी/अस्थायी रूपमा बस्दै आएका युवा तथा बुद्धिजीवी एवम् व्यवसायीको बृहत् भेलाले ‘त्रिशूली–कोलोनी–काठमाडौं मैत्री समाज’ गठन गरेको छ । गत हप्ता भएको भेलाले युवा समाजसेवी अच्युतराज गौतमको अध्यक्षतामा गठित समाजका लागि विदुर–८ र ९ का बासिन्दा भई हाल काठमाडौं उपत्यकामा कामकाज गरिरहेका समाजसेवीसमेत समेटेर १३ सदस्यीय तदर्थ कार्यसमिति चयन गरेको छ ।

Utsuk Books & Stationery

समाजका वरिष्ठ उपाध्यक्षमा नारायणमान श्रेष्ठ र पुष्कर पौडेल, सचिवमा देवु दाहाल, कोषाध्यक्षमा विमला वैद्य तथा सदस्यमा बद्री फुँयाल, रामराजा भण्डारी, प्रह्लाद खतिवडा, उमङ्गमान शाक्य, वासु महर्जन, विनोद श्रेष्ठ, रवीन्द्र कर्माचार्य र रमिला डङ्गोल रहेका छन् । समाजमा सञ्जु पण्डित, मोहन श्रेष्ठ, हरिप्रसाद रिमाल, श्याम केसी, गोपाल घतानी, नवीन बुढाथोकी, श्याम रिमाल, प्रदीप केसी, अमृत महर्जन र सङ्गीना वैद्य सल्लाहकारमा रहेका छन् । संस्थाले छिट्टै विधान तयार गरी पृथ्वीनारायण शाहले नुवाकोट एकीकरणका लागि तयारी गरेको त्रिशूली, बाघबगैँचा (कोलोनी)मा बृहत् पुनर्मिलन कार्यक्रम आयोजना गर्ने जानकारी संस्थाले दिएको छ । संस्थाले यस क्षेत्रका जनताका पिरमर्का वा गुनासो सुनी सम्बोधन गर्ने तथा राजधानी तथा अन्यत्र जहाँ रहे पनि आपत्–विपत्मा परेकालाई सक्दो आर्थिक, भौतिक र नैतिक समर्थन गर्ने एवम् ऐतिहासिक, सांस्कृतिक, धार्मिक पहिचान कायम राखी प्रचार–प्रसार एवम् प्रवद्र्धन गर्ने र यसलाई विशेष पहिचान दिलाउन प्रयत्नशील रहने, पर्यटकीय गतिविधि अभिवृद्धि, स्वास्थ्य सुरक्षा, सरसफाइ, आय–आर्जनलगायत विभिन्न कार्यक्रम पनि गर्ने बताइएको छ ।

विक्रमको सत्रौँ शताब्दीमा नै राम शाहले गोरखाबाट पूर्व त्रिशूली नदीवारिसम्म नै राज्य विस्तार गरेका थिए भने पृथ्वीनारायणले वि.सं. १८०१ मा बाघबगैंचा, बगुवा आदि क्षेत्रमा खेतीपाती गर्ने निहुँमा सैन्य तालिम दिलाई कान्तिपुरअन्तर्गत पर्ने नुवाकोट इलाका लिन सफल भएका थिए । सोही क्षेत्रमा नै तत्कालीन मुख्तियार भीमसेन थापाले विक्रमको सत्रौँ शताब्दीमा आँपका सात सय बोट लगाएका थिए । जसमध्ये केही अहिले पनि कायमै छन् । भेलामा नुवाकोट र काठमाडौं उपत्यकामा रहेका बाघबगैँचा, बागटार, डिहीबजार, कोलोनी, हात्तीगौँडा, बगुवाबजार र राइसिङका विद्यार्थी, कर्मचारी, उद्योगी, व्यापारी, बुद्धिजीवी, समाजसेवीलगायतको सहभागिता थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह