विदुर, नुवाकोट उद्योग वाणिज्य सङ्घको आयोजनामा आगामी माघ २६ देखि फागुन ७ गतेसम्म नुवाकोट महोत्सव हुने भएको छ । सङ्घले सोमबार पत्रकार सम्मेलन गरेर महोत्सवको तयारीबारे जानकारी दिएको छ ।
सङ्घले ०६३ देखि निरन्तर महोत्सव गर्दै आएको छ । सङ्घले माघ २६ गतेदेखि सुरु गर्ने महोत्सव आठौँ संस्करण हो । जिल्लाको समग्र विकासका सम्भावनालाई उजागर गर्दै परम्परागत कला र संस्कृतिको जगेर्ना, व्यावसायिक कृषि, जलविद्युत्, पर्यटन उद्योग, हस्तकला एवम् व्यापार–व्यवसायलाई प्रवद्र्धन गर्ने लक्ष्य सङ्घले लिएको छ । महोत्सव भव्य र सभ्य रूपमा सम्पन्न गर्न सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजत्वमा मूल कार्य सञ्चालन समिति गठन गरिएको छ । महोत्सवलाई व्यवस्थित गर्न २८ वटा समिति गठन गरेर जिम्मेवारी बाँडफाँट गरिएको सङ्घका महासचिव उपेन्द्र बुढाथोकीले जानकारी दिए । सङ्घले जिल्लामा आर्थिक तथा लगानीमैत्री वातावरणको सिर्जना तथा बाह्य लगानीलाई आकर्षण गर्ने उद्देश्य बनाएको छ । काठमाडौंको नजिकको जिल्ला र असङ्ख्य पर्यटकीय पूर्वाधार समेटिएको जिल्लाका ऐतिहासिक, सांस्कृतिक रीतिरिवाज, कला, कौशल र सीप महत्वपूर्ण कृषिजन्य तथा अन्य उत्पादनको प्रचार–प्रसारमा महोत्सवले टेवा पुग्ने अपेक्षा सङ्घले लिएको छ । महोत्सव विदुर नगरपालिका–४ विदुरको पुरानो नगरपालिकासँगै रहेको स्थानीयको जग्गा सम्झौता गरेर स्थान छनोट गरिएको जानकारी सङ्घले दिएको छ । महोत्सवमा दुई सय ५० वटा स्टल रहनेछन् । जिल्लाका व्यवसायीलाई स्टल भाडा २० प्रतिशत छुट र स्थानीय लघु, घरेलु तथा कृषि उत्पादनका स्टल राख्ने जिल्लाका व्यवसायीलाई निःशुल्क दिनेसमेत सङ्घले जानकारी दिएको छ । महोत्सवमा ज्येष्ठ नागरिक, अपाङ्ग, असहाय, अशक्तलाई निःशुल्क प्रवेश टिकटको सुविधा रहेको छ । महोत्सवमा बाल उद्यान, बाउन्ड्री तथा स्टल निर्माणका लागि बंगलामुखी नेपाल म्यानेजमेन्ट प्रा.लि.सँग सम्झौता भएको जानकारी सङ्घका वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेतीले जानकारी दिए ।
सङ्घको बैठकले महोत्सव सफल बनाउन केन्द्रीय समन्वय समितिको संयोजकमा सङ्घका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य ताराबहादुर कार्की, सल्लाहकार समितिको संयोजकमा सङ्घका पूर्वअध्यक्ष धननारायण चित्रकार, अनुगमन तथा समन्वय समितिको संयोजकमा सङ्घका पूर्वअध्यक्ष शरण उत्सुक सापकोटा, जिल्लाबाहिरका कलाकार समन्वय समितिको संयोजकमा सङ्घका वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेती, कृषि प्रदर्शनी व्यवस्थापन समितिको संयोजकमा सङ्घका प्रथम उपाध्यक्ष दिनेशकुमार श्रेष्ठ, स्टल व्यवस्थापन समितिको संयोजकमा सङ्घका द्वितीय उपाध्यक्ष सविन राजभण्डारी, सचिवालय व्यवस्थापन तथा प्रचार–प्रसार समितिको संयोजकमा सङ्घका महासचिव उपेन्द्र बुढाथोकी, बाल उद्यान व्यवस्थापन समितिको संयोजक सङ्घका सचिव मधुसुदन थपलिया, प्रायोजन÷प्रवद्र्धक व्यवस्थापन समितिको संयोजकमा सङ्घका कोषाध्यक्ष मेघनाथ घिमिरे रहेका छन् । त्यसैगरी, सङ्घले कार्यसमितिका सदस्यलाई समेत विभिन्न समितिको जिम्मेवारी दिएको छ । सङ्घले महोत्सवको स्टल सुरक्षा व्यवस्थापन समितिको संयोजकमा सुमन भण्डारी, मञ्च सजावट व्यवस्थापन समितिको संयोजकमा ज्ञानुमाया गिरी, ब्याच वितरण व्यवस्थापन समितिको संयोजकमा नानु गुरुङ, महिला उद्यमी व्यवस्थापन समितिको संयोजकमा सुजना खतिवडा, टिकट व्यवस्थापन समितिको संयोजकमा पुरुषोत्तम कार्की, स्मारिका प्रकाशन व्यवस्थापन समितिको संयोजकमा राजकुमार आचार्य, स्थानीय उत्पादन तथा सङ्घ–संस्था समन्वय समितिको संयोजकमा दीपक तिमल्सिना, पास व्यवस्थापन समितिको संयोजकमा हरिकृष्ण तिमिल्सना, स्थानीय निकाय समन्वय समितिको संयोजकमा सञ्जीव थपलिया, सूचना तथा सञ्चार व्यवस्थापन समितिको संयोजकमा पवन नेपाल रहेका छन् ।
त्यस्तै, मञ्च व्यवस्थापन समितिको संयोजकमा नवराज पाण्डे, आदिवासी तथा जनजाति कला संस्कृति वेशभूषा प्रवद्र्धन तथा व्यवस्थापन समितिको संयोजकमा प्रेमलाल श्रेष्ठ, स्थानीय लोकदोहोरी प्रतियोगिता तथा जिल्लाभित्रका कलाकार समन्वय समितिको संयोजकमा सुजित श्रेष्ठ, झाँकी व्यवस्थापक समितिको संयोजकमा सविन श्रेष्ठ, नृत्य प्रतियोगिता तथा विज्ञान प्रविधि व्यवस्थापन समितिको संयोजकमा पुरुषोत्तम अधिकारी, अतिथि सत्कार व्यवस्थापन समितिको संयोजकमा मनीषा सापकोटा, स्वास्थ्य खानेपानी तथा सरसफाइ व्यवस्थापन समितिको संयोजकमा शिवराज लामिछाने, पार्किङ तथा स्वयम्सेवक परिचालन व्यवस्थापन समितिको संयोजकमा गगन लामा, वाद्यवादन व्यवस्थापन समितिको संयोजकमा प्रमोद श्रेष्ठ र उपहार व्यवस्थापन समितिको संयोजकमा सज्जन उत्सुक सापकोटा रहेका छन् ।