+
Search

ताजा अपडेट +

पपुलर +

फाइन आर्टका विद्यार्थीलाई रसुवा खुला विश्वविद्यालय

फाइन आर्टका विद्यार्थीलाई रसुवा खुला विश्वविद्यालय
त्रिशूली प्रवाह
२ साल अगाडी

धुन्चे, हिमाली शृङ्खलाले भरिपूर्ण र तामाङ समुदायको बाहुल्य रहेको रसुवा जिल्ला फाइन आर्टका विद्यार्थीको लागि खुला विश्वविद्यालय रहेको छ । जनजातिको भाषा, वेशभूषा, प्राकृतिक सौन्दर्यले भरिपूर्ण मनमोहक जिल्लाको रूपमा चिनिएको रसुवा काष्ठकला, ढुङ्गाको मूर्ति, बौद्ध धर्मसम्बन्धी माने, गुम्बा र परम्परागत कला–संस्कृतिको खानीको रूपमा रहेको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

आमाछोदिङ्मो गाउँपालिकाले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा गत ०८० चैत ९ देखि १३ गतेसम्म गत्लाङ र गोल्जुङ आसपासका पर्यटकीय क्षेत्रमा केन्द्रित रहेर पाँचदिने कला कार्यशाला कार्यक्रम सम्पन्न गरेको थियो । उक्त कार्यशालामा २५ जना कलाकारले त्यस ठाउँको दैनिक जनजीवन, संस्कृति, गतिविधि तथा प्राकृतिक सौन्दर्यको चित्र कोरे । त्यही चित्र काठमाडौंको नक्सालमा रहेको ललितकला प्रज्ञा प्रतिष्ठानमा गत ०८१ वैशाख २५ देखि ३१ गतेसम्म प्रदर्शनसमेत गरिएको थियो । आन्तरिक तथा बाह्य पर्यटक र स्थानीयको रोजगारी र आर्थिक पाटोमा टेवा पुगोस् भनेर गाउँपालिकाले कला पर्यटनलाई आमाछोदिङ्मो फाइन आर्ट क्याम्पमार्फत अगाडि सारेको हो । स्थानीय कलाकार शशि डङ्गोल भन्छन्, ‘कम्युटरको जमानाको विकाससँगै नेपालमा पनि पेन्टिङको दायरा बढ्दै गयो । नयाँ कलाकार जन्मँदै गए भने पुरानाले प्रविधिको विकाससँगै आफूलाई परिमार्जित गर्दै जान थाले ।’ कलाकार डङ्गोल पनि पुरानो चित्रकारिताको क्षेत्रको एक हस्ती हुन् । उनी यो क्षेत्र फराकिलो हुँदै गएको बताउँछन् । अबका दिनमा चित्रकारिताको क्षेत्र फराकिलो हुँदै गइरहेको छ । नेपालमा ०७२ को भूकम्पपश्चात् आफूखुसीका नयाँ सुरक्षित घर बन्न थाले । पहिलाको झैँ भित्तामा पोस्टर, पम्प्लेट र कार्ड अनावश्यक रूपमा मानिसले टाँस्न छोडे । सौखिन नेपालीले पेन्टिङ किन्न थाले । छोराछोरी विदेशमा र आफू पनि घुम्न जाँदा विदेशमा कलाको महत्व देखेर आफ्नो घरको बैठककोठामा एउटा भने पनि चित्र झुन्ड्याऊँ न त भन्ने मनसाय राख्न थाले । अफिसमा समेत पेन्टिङ झुन्ड्याउन थाले ।

Suzuki New Bike & Scooter

रसुवाको अलौकिक सुन्दरता पनि कला, कलाकार र कलापारखीका लागि उपयुक्त र आकर्षक गन्तव्य भएको छ । फाइन आर्टमा इच्छुक विद्यार्थीका लागि रसुवा खुला विश्वविद्यालय साबित भएको छ । आमाछोदिङ्मो गाउँपालिकाले आफ्नो लाखौँ सम्पत्ति जोडेको छ । यी बहुमूल्य कलाकृतिलाई एउटा सङ्ग्रहालयको रूपमा जीवन्त राख्न लागिपरेको छ । यसरी कला गतिविधि कार्यशाला तथा प्रदर्शनी बाहिरी जिल्लामा हुनु स्वयम् कलाकारका लागि मात्रै सुखद होइन, समग्र देशमा आन्तरिक तथा बाह्य पर्यटन ओइरो नै लाग्ने माध्यम पनि भएकोे कलाकार शशि डङ्गोल बताउँछन् । रसुवा प्राकृतिक सौन्दर्यले भरिपूर्ण, अति मनमोहक जिल्लासमेत हो । यहाँको ताल, कुण्ड, खोला, झरना, हिमाल, डाँडा, थली खेतका गह्राका फाँटमा १२ महिना नै अलौकिक सुन्दरताले भरिपूर्ण भइरहन्छ । काठमाडौं र पोखरा उपत्यकाभित्र मात्रै गतिविधि भइरहेको कला कार्यशाला यसपटक आमाछोदिङ्मो गाउँपालिकाले कला पर्यटनलाई आमाछोदिङ्मो आर्ट क्याम्पमार्फत अगाडि सारेर पर्या–पर्यटनलाई बढावा दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह