+
Search

ताजा अपडेट +

पपुलर +

घ्याल्चोकबासी पुल बगाएपछि डुङ्गाका सहारामा त्रिशूली वारपार

घ्याल्चोकबासी पुल बगाएपछि डुङ्गाका सहारामा त्रिशूली वारपार
त्रिशूली प्रवाह
१ साल अगाडी

धादिङ । त्रिशूली नदी वारपार गर्न बनाइएको झोलुङ्गे पुल गत असोज १२ गते त्रिशूली नदीमा आएको बाढीले क्षति पुर्याएपछि अहिले डुङ्गाको सहारा लिएर घ्याल्चोकबासी त्रिशूली नदी वारपार गरिरहेका छन् ।

Satkar Machinery Center
Utsuk Books & Stationery

बागमती प्रदेश धादिङ जिल्लाको बेनीघाट–रोराङ र गण्डकी प्रदेशको गोरखा जिल्लामा पर्नेे गण्डकी गाउँपालिकाबासी आवतजावत गर्ने झोलुङ्गे पुल बाढीले क्षति पु¥याएपछि स्थानीयवासीले डुङ्गा सञ्चालन गरेका छन् । दुई पालिकाको साझेदारीमा डुङ्गा सञ्चालन गरेपछि गण्डकी–७ घ्याल्चोक र आसपासका बासिन्दालाई नदी वारपारमा सहजता भएकोे गण्डकी–७ का अध्यक्ष तुलसी रेग्मीले बताउनुभयो । गण्डकी गाउँपालिका र बेनीघाट–रोराङ तथा गोरखाकोे संयुक्त पहलमा झोलुङ्गे पुलमा क्षति पुगेका स्थानमा डुङ्गा सञ्चालन गर्न मासिक रु एक लाख ४० हजार तिर्ने गरी सम्झौता गरेर यही कात्तिक १४ गतेदेखि सञ्चालनमा ल्याएपछि स्थानीयलाई नदी आवत/जावत गर्न सहज भएको छ । स्थानीयको सुविधाका लागि नदी वारपारका गर्न डुङ्गा सञ्चालनमा ल्याइदिए घन्टौँ पैदल हिंँडेर पृथ्वी राजमार्गसम्म आउनुपर्ने बाध्यता अन्त्य भएको वडा नं ७ का वडाध्यक्ष रेग्मीले बताउनुभयो ।

डुङ्गा सञ्चालन हुनुअघि घ्याल्चोक र आसपासका मानिस दैनिक उपभोग्य सामान खरिद बिक्री, रोजगारी, अध्ययनअध्यापन गर्न, गराउन धादिङ, चरौँदी बजारस्थित पृथ्वी राजमार्गसम्म पुग्नुपथ्र्यो । अब भने डुङ्गाबाट ढुक्कसँंग त्रिशूली नदी वारपार गरिरहेका छन् । त्रिशूली उत्तरतर्फ उत्पादन भएको कृषि र पशुजन्य उत्पादन बिक्रीका लागि चरौँदी बजारसम्म ल्याउन डुङ्गा सञ्चालनमा ल्याएपछि थप सहज भएको बेनीघाट–रोराङ गाउँपालिकाका अध्यक्ष विवेक थपलियाले बताउनुभयो । गोरखाको गण्डकी गाउँपालिकाको घ्याल्चोक र धावाडीका मानिसको मुख्य बजार नै धादिङको चरौँदी बजार हो । सो क्षेत्रमा करिब तिन हजार चार सय घरपरिवार मानिस बसोबास गर्दै आएका छन् । नदीमा पानीको सतह बिस्तारै कम भएसँगै विपदमा परेका स्थानीयवासीको सुविधाका लागि त्रिशूलीमा डुङ्गा सञ्चालनमा ल्याइएको बेनीघाट–रोराङ गाउँपालिकाकाले जनाएको छ । डुङ्गा सञ्चालनमा आएपछि तरकारीजन्य उत्पादन बिक्रीका लागि चरौँदी बजारसम्म ल्याउन सहज मात्रै भएको छैन, मानिस बिरामी पर्दासमेत उपचारका लागि ल्याउनका लागि सहज भएको छ ।

गोरखा जिल्लाको त्रिशूली पारिका बासिन्दालाई धादिङको पृथ्वी राजमार्गसँग सडक सम्पर्कका लागि त्रिशूलीमाथि निर्माण गरिएका गण्डकी–७ घ्याल्चोक र बेनीघाट–रोराङ–७ चरौँदी जोड्ने झोलुङ्गे पुल, गण्डकी–६ हिक्लुघाट र बेनीघाट–रोराङ–१० अर्थात् पृथ्वी राजमार्ग जोड्ने झोलुङ्गे पुल, सहिद लखन–३ सिलिङ्टार र इच्छाकामना गाउँपालिका अर्थात् मुख्य राजमार्गसँग जोड्ने मनकामना जाने केबलकारसँगै बनेको झोलुङ्गे पुल र सहिद लखन–४ ठेउवाटार र इच्छाकामना–४ धारापानी जोड्ने झोलुङ्गे पुल बाढीले क्षति पुयाएको थियो । चरौँदी र घ्याल्चोक जोड्ने झोलुङ्गे पुलको पनि मर्मतका लागि पहल गरिएको गाउँपालिका अध्यक्ष रेग्मीले बताउनुभयो । झोलुङ्गे पुल मर्मत गरी सञ्चालनमा ल्याउन दुई महिना लाग्ने अनुमानसमेत गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह