विदुर नगरपालिका ऐतिहासिक, पुरातात्त्विक र राजनीतिक दृष्टिकोणले निकै महत्त्वपूर्ण नगरपालिका हो । विसं २०२८ सम्म वडा कार्यालयभित्र मात्र पर्ने नुवाकोट दरबार परिसर नुवाकोट जिल्लाको शिर थियो । यसअघि यो २०१८ सम्म नुवाकोट, रसुवा र धादिङ तिनै जिल्लाको केन्द्र थियो । तत्कालीन नेपाल अधिराज्य १४ अञ्चल ७५ जिल्लामा विभाजनअघि नुवाकोट दरबार क्षेत्र पश्चिम १ नम्बरको सदरमुकाममा सारिएको थियो ।
नेपालमा पाँच महत्त्वपूर्ण दरबार परिसर छन् । काठमाडौंँ उपत्यकाभित्र काठमाडौंँ दरबार कम्प्लेक्स, पाटन दरबार कम्प्लेक्स र भक्तपुर दरबार कम्प्लेक्स तथा काठमाडौंँ उपत्यका बाहिर गोरखा दरबार कम्प्लेक्स र नुवाकोट दरबार कम्प्लेक्स । काठमाडौँ बाहिरका शाहवंशकालमा र काठमाडौँ उपत्यकाका मुगल कालमा बनेका दरबार हुन् । काठमाडौंँ, पाटन र भक्तपुर दरबार क्षेत्र विश्वसम्पदा सूचीमा परेका ऐतिहासिक तथा पुरातात्त्विक सम्पदा हुन् भने गोरखा र नुवाकोट दरबार विश्वसम्पदा सूचीमा सूचीकृत हुने प्रक्रियामा छन् । विश्वसम्पदा सूचीलाई व्यवस्थित गर्न गुरूयोजनालगायत गोरखा दरबार कम्प्लेक्स निर्माणको काम भइरहेको छ । नुवाकोट दरबार कम्प्लेक्सलाई विश्वसम्पदा सूचीमा राख्न प्रस्तावित सूचीमा राखिएको छ । गुरूयोजनालगायत काम भने योजनानुसार अघि बढ्न सकेको छैन । विसं २०७२ को गोरखा भूकम्पले भग्नावशेषका अवस्थामा रहेको नुवाकोट दरबार जीर्णोद्वार हुँदै छ । चीनको सहकार्यमा ढिलै गरी अहिले सुरू भएको पुनःनिर्माणको कामले नुवाकोट दरबार क्षेत्रको पुरानो अवस्थामा केही सुधार हुने आशा जगाएको छ ।
नुवाकोट दरबार परिसरको पुरानो आकर्षण आजको नयाँ पुस्ताले थाहा पाएको छैन । विसं २०२० मा जन्मिएको पुस्ताले आज ६० वर्ष पूरा गरेको छ । यस पुस्तालाई नुवाकोट दरबार परिसरको पुरानो चहलपहलको मिठासले सम्झना गराउँछ । विसं २०३० पछि जन्मिएको पुस्तालाई नुवाकोट दरबार कम्प्लेक्स २०२८ सालसम्म पुरानो सदरमुकामका रूपमा चिनिन्थ्यो भन्ने मात्र थाहा छ । आजको सुनसान अवस्था आउनुमा नुवाकोट दरबार कम्प्लेक्सले २०२८ सालमा लिएको सदरमुकाम विदुरमा सार्ने निर्णय नै मुख्य जिम्मेवार छ । नुवाकोट दरबार कम्प्लेक्समा रहेको जिल्ला सदरमुकाम विदुरको निर्णयसँगै सबै सरकारी कार्यालय नुवाकोट दरबार कम्प्लेक्सबाट विदुरमा सारिएको थियो । नुवाकोट दरबार कम्प्लेक्सलाई जिल्ला सदरमुकाम विदुरमा हस्तान्तरण गर्ने निर्णयविरुद्ध ढुङ्गामुढा भयो तर असफल भयो । विदुरमा सरकारी कार्यालय सारिएपछि गतिविधि बढ्न थाले भने नुवाकोट दरबार कम्प्लेक्समा गतिविधि कम हुन थाल्यो । बसाइसराइ गर्ने स्थितिमा पुगेका ठुलो सङ्ख्याले गर्दा आज दरबार परिसर सुनसान टोलमा परिणत भएको छ ।
विसं २०४६ मा जनान्दोलनबाट प्रजातन्त्र पुनःस्थापनापछि पञ्चायती व्यवस्थामा खोसिएको अधिकार पुनःस्थापना गर्ने काम भएको थियो । पञ्चायती व्यवस्थाले खोसेको राजनीतिक नेतृत्वको सम्पत्ति पुनः बाँडफाँट गर्ने काम भयो । लोकतन्त्र स्थापनापछि नुवाकोट दरबार परिसरमा रहेको नुवाकोटलाई सदरमुकामको हैसियत फिर्ता गराउने काममा कसैको ध्यान गएको छैन । विदुर नगरपालिका घोषणा भएको चार दशक बितिसकेको छ । नुवाकोट दरबार कम्प्लेक्समा विदुर नगरपालिकाको सदरमुकाम स्थापना गरेर राजनीतिक राजधानी रहेको नुवाकोट दरबार कम्प्लेक्सको पुरानो वैभव फिर्ता ल्याउन सकिने थियो । तर नगरको नेतृत्व गर्नेले त्यसलाई महत्त्व दिएन जसका कारण आज उक्त क्षेत्र खण्डहर बनिरहेको छ । नुवाकोट दरबारको ऐतिहासिक महत्त्वलाई हालसम्म राजनीतिक नेतृत्वले बुझ्न सकेनन् । नगरले जिल्लाको शिर रहेको ऐतिहासिक नुवाकोटलाई प्रदेश पुनःसंरचना आयोगसमक्ष प्रदेशको राजधानी बनाउनुपर्ने आवाज उठाउने प्रयास गरेको थियो जबकि नुवाकोटको राजनीतिक नेतृत्वले आफ्नै अदूरदर्शिताका कारण नुवाकोटलाई बागमती क्षेत्रको राजधानी बनाउनुपर्ने आवाज उठाउन कुनै पहल गरेन ।
नुवाकोट दरबार परिसरको ऐतिहासिक, पुरातात्त्विक र राजनीतिक पृष्ठभूमिबारे राजनीतिक नेतृत्वले गहिरिएर सोच्नुपर्छ । अब निर्माण गर्ने विदुर नगरपालिकाका २ नं वडा कार्यालय नुवाकोटमा स्थापना गर्न नगरपालिकाको नेतृत्व अग्रसर हुनुपर्छ । वडा कार्यालयसहित नुवाकोट दरबार कम्प्लेक्स स्थापना गर्ने कामको अर्थ नुवाकोट दरबार कम्प्लेक्सको ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक र राजनीतिक पृष्ठभूमि बुझ्नुपर्छ । वर्तमान नगर प्रमुख राजन श्रेष्ठको कार्यकालको दोस्रो वर्ष सकिएको छ । उहाँ र अघिल्ला नगर प्रमुख सञ्जु पण्डितले दरबार कम्प्लेक्सको महत्त्वलाई ध्यान नदिएको पुरातत्वविद्ले बताएका छन् । आलोचना र आलोचनाबाट बच्न नगर प्रमुखसँगै दरबार कम्प्लेक्सका जनताको समूहले चिनियाँ दूतावासको ध्यानाकर्षण गराउन पहल गरेको थियो । स्थानीयवासीको विरोध र नेपाल सरकारको ध्यानाकर्षणका कारण चीन सरकारका सहयोगमा दरबार परिसर बाहिरका सम्पदाको पुनःनिर्माण सुरू भएको हो ।
नुवाकोट दरबार कम्प्लेक्स ऐतिहासिक, पुरातात्त्विक, सांस्कृतिक नुवाकोट जिल्लाको पुरानो पश्चिम १ नं (रसुवा, नुवाकोट र धादिङ) को राजधानी भएकाले यसको पृष्ठभूमिलाई मध्यनजर गर्दै दरबार परिसरभित्र विदुर–२ कार्यालय स्थापना गर्नु जायज छ र राजनीतिक रूपमा पनि उचित छ । यसै वडाका बासिन्दासमेत रहेका नगर प्रमुख श्रेष्ठ र वडाध्यक्ष दीपक कायस्थले यसका लागि विशेष पहल गर्नु आवश्यक देखिन्छ । डाँडामा रहेको दरबार क्षेत्र र बेंसीमा रहेको विदुर क्षेत्रलाई नै एक वडाबाट दुई वडामा विभाजन गर्नु हितकर हुने छ ।