+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा लोकप्रिय बन्दै छठ पर्व

नुवाकोटमा लोकप्रिय बन्दै छठ पर्व
त्रिशूली प्रवाह
१ महिना अगाडी

विदुर । तराई क्षेत्रको मिथिलाञ्चल र मधेशी समुदायमा विशेष आस्थाकासाथ मनाइने छठ पर्व नुवाकोटमा पनि लोकप्रिय बन्दै गएको छ । एक दशक अघिसम्म पनि छठ पर्व मधेशी समुदायले मात्र विशेष आस्थाका साथ ब्रत उपासना गरी मनाउने गर्थे । तर, पछिल्लो समय अन्य समुदायमा पनि धुमधामकासाथ छठ मनाउने चलन बढ्दै गएको छ ।

पर्सा विरगञ्जका लालबाबुप्रसाद कलवार ३५ वर्षदेखि नुवाकोटमा बस्दै आएका छन् । खाद्य किराना ज्यजसाय गर्ने उहाँ छठको समयमा गाउँ फर्किनु पथ्र्यों । यतै घरजग्गा खरीद गरेर व्यवसाय गर्नुभएका गुप्ताले ६ वर्षदेखि विदुर-१ त्रिशूली, राम मन्दिर घाटमा छठ पर्व मनाउन सुरू गर्नुभयो । उहाँ भन्दा अगाडि तराई मूलका हजाम पेशामा संलग्न ठाकुरहरूले १० वर्ष अघिदेखि सानो समूहमा राम मन्दिर घाटमा छठ मनाउन सुरू गरेका थिए । यसपटक खाद्य किराना व्यवसायी अम्रेशकुमार कलवार, राजेश हार्डवेयरका नुवाकोट इञ्चार्ज मनिष शर्मालगायत तराई मूलका बट्टार, विदुर, देविघाट, त्रिशूलीमा व्यवसाय गरिरहेका १२ परिवारले छठ पर्व त्रिशूलीमा मनाएको विदुर-१ का वडाध्यक्ष लेनिन रञ्जितले बताउनुभयो ।

पवित्र मनले सूर्यको उपासना गर्नाले सन्तान सुख प्राप्त हुने, रोग व्याध निदान हुने, दुःख र दरिद्रताबाट मुक्त हुने, पारिवारिक सुख प्राप्ती हुनुकासाथै मनोकांक्षा समेत पूरा हुने धार्मिक विश्वास रहेका कारण पनि छठको लोकप्रियता बढेको हो । सूर्यको उपासना गरी मनाउने यो पर्व हिन्दू धर्ममा मात्र पनि सीमित छैन । इस्लाम धर्मावलम्वीको आस्था पनि यो पर्वप्रति बढ्दो छ । धर्म, जातजाति, वर्ग र क्षेत्रको विवधतायुक्त देशमा रोजगारी, शिक्षा, स्वास्थ्य तथा राम्रो सेवा सुविधाको खोजीमा हुने बसाइँसराईले भएको साँस्कृतिक आदानप्रदानले पनि पर्वको दायरा फराकिलो बन्दै गएको हो । जे होस् बहुभाषिक, बहुसाँस्कृतिक, बहुधार्मिकजस्ता विविधतायुक्त देश नेपालका हरेक चाड पर्वले एकआपसमा आत्मीयता र एकतालाई झल्काएको छ । अझ यसले सद्भाव कायम गरी भाइचारा स्थापित गर्न र धार्मिक सहिष्णुता प्रवद्र्धन गर्न ठूलो टेवा पु¥याएको छ । नुवाकोटमा पनि तराई मूलका व्यवसायीको सङ्ख्या वृद्धि सँगै तराईको चाडपर्व नुवाकोटमा भित्रिएको नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह