हाम्रा कुरा

  • सहिदको सपना र समर्पण

    १९ माघ २०७९, बिहीबार १३:४८

    ‘हुँदैन बिहान मिर्मिरमा तारा झारेर नगएबन्दैन मुलुक दुई-चार सपुत मरेर नगए ।’ जबजब सहिदहरू सम्झनामा आउँछन् भूपि शेरचनको यो कालजयी सिर्जनाले उनीहरूको उत्सर्गको अर्थ र औचित्य बोध गराउँछ । अनि राष्ट्र निर्माणको बलिवेदीमा चढेका ती इतिहास निर्माताको बलिदानप्रति गर्व महसुस हुन्छ, सम्मानले शिर निहुरिन्छ । सोमबार माघ १६ गते यस वर्ष पनि सहिद दिवस सरकार […]

  • विकास खर्च बढाऊ

    १२ माघ २०७९, बिहीबार ११:५५

    निर्वाचनपछि गठन भएको सरकारले काम थालेको महिना दिन पुगेको छ । मन्त्रिमण्डलले पूर्णता पाएको आधा महिना हुँदै छ । आर्थिक वर्षको ६ महिना सकिएको छ । आधा वर्षमा देशको विकास खर्च १४ प्रतिशतमै सीमित छ भने राजस्व सङ्कलनको ग्राफ लक्ष्यको धेरै तल अलमलिएको छ । सरकारले राजस्व उठाउन नसक्ने, खर्च गर्न पनि नसक्ने अवस्था भनेको […]

  • सरकारको साझा कार्यक्रम कार्यान्वयनमा शङ्का !

    २८ पुष २०७९, बिहीबार १३:४६

    नयाँ सरकार बनेसँगै न्यूनतम साझा कार्यक्रम ल्याउने परम्पराले यसपटक पनि निरन्तरता पाएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले सोमबार आफ्नो न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । साझा कार्यक्रम महत्वाकाङ्क्षी देखिएको छ भने स्रोतको पहिचानबिनै विभिन्न योजना ल्याइएका छन् । सत्तासाझेदार दलद्वारा गठित कार्यदलले सरकारले अख्तियार गर्ने आगामी कार्यक्रम र रणनीति […]

  • प्रधानमन्त्री दाहालको चुनौती र अवसर !

    २१ पुष २०७९, बिहीबार १४:२०

    नयाँ सरकार भर्खर बनेको छ । अझै सरकारको विस्तार र जिम्मेवारी बाँडफाँड भइसकेको छैन । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायत सात राजनीतिक दलको नयाँ सत्ता-समीकरणबाट प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई चुनौती र अवसर एकैपटक प्राप्त भएको छ । प्रधानमन्त्रीको हैसियतमा दाहालले विद्यमान चुनौतीलाई क्रमशः समाधान गर्दै अघि बढ्न सके […]

  • सरकारको स्थायित्व होस्

    १४ पुष २०७९, बिहीबार १२:२४

    दोस्रो प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भएर प्रतिनिधिसभाबाट देशले नयाँ सरकार पाएको छ भने प्रदेश सभा सरकार बनाउने गृहकार्यमा तल्लीन रहेको छ । सम्पन्न निर्वाचनबाट निर्वाचित सांसदले अब राष्ट्रिय सभाका अध्यक्ष र प्रधानमन्त्री पदबाहेक सङ्घीय तहका पाँच र सातवटा प्रदेश सभाका २८ गरी ३३ पदको नेतृत्व चयन गर्नेछ । नेपाली काङ्ग्रेस नेतृत्वको गठबन्धन टुटेसँगै […]

  • स्थानीय व्यापार-व्यवसाय प्रवद्र्धनमा मेला-महोत्सवको महत्व

    ७ पुष २०७९, बिहीबार १४:०६

    यस वर्षको वर्षात् र चाडपर्व सकिएको छ । हिउँद लागेको छ । हिउँद लागेसँगै देशभरि मेला-महोत्सवको कार्यक्रमको तयारी र सुरु हुने क्रम रहेको छ । विगतका वर्षमा पनि यस्ता मेला-महोत्सवको छुट्टै महत्व र स्थान रहने गरेको थियो । महोत्सवले स्थानीयस्तरमा मनोरञ्जन दिने स्थानीय कला, संस्कृतिको प्रवद्र्धन र प्रचार-प्रसार गर्छ । मेला-महोत्सवले स्थानीयस्तरमा मनोरञ्जनका साथै त्यसभन्दा […]

  • मानव अधिकारको प्रत्याभूति गर !

    २९ मंसिर २०७९, बिहीबार १२:५३

    डिसेम्बर १० मा मानव अधिकार दिवस मनाइयो । नेपाली क्यालेन्डरअनुसार मङ्सिर २४ गते शनिबार यो दिवस विविध कार्यक्रमसहित मनाइएको छ । दिवस मनाउन राज्यले तत्परता देखाए पनि मानव अधिकार उल्लङ्घन गर्नेले उन्मुक्ति पाइरहेकाले नागरिक राज्यप्रति विश्वस्त हुन सकिरहेका छैनन् । प्रत्येक वर्ष यो दिवस मनाइन्छ, तर मानव अधिकारको अवस्था सधैँ उस्तै छ । मानव अधिकारसम्बन्धी […]

  • अर्थतन्त्र जोगाउन निजी क्षेत्रको सक्रियता !

    २५ मंसिर २०७९, आईतवार ११:१८

    देशमा भर्खर निर्वाचन सम्पन्न भएको छ । यो वर्ष देशले दुई÷दुई वटा निर्वाचन थेगेको छ । निर्वाचन सकिएपनि देशमा खुशी आउन सकेको छैन । खुलेर रूने अवस्था पनि छैन । बजार मूल्य, विप्रेषण, पेट्रोलियम पदार्थको अचकाली मूल्य बृद्धि, खाने तेलको अभाव, भान्सामा ग्यासको असहज, बजारमा काम धन्दाको अभाव, घर, खेत बेचेर कर तिर्नैपर्ने अवस्था रहेको […]

  • दलको उर्दी मतदाताले टेरेनन्

    १५ मंसिर २०७९, बिहीबार १२:४५

    लोकतन्त्रका लागि निर्वाचन राम्रो सङ्केत हो । भर्खर ठूलो धनराशि खर्च गरेर प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भएको छ । प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा विगतमा खसेजस्तै यसपालि पनि मतदाताले मत खसाले । यसपटक विगतको भन्दा फरक ढङ्गले मतदाताले प्रतिनिधि छनोट गरेको पाइयो । दलहरूका क्रियाकलाप र तिनको विगतको कामको मूल्याङ्कन गरेर विवेकसम्मत् ढङ्गमा […]

  • दललाई सच्चिने अन्तिम मौका

    ८ मंसिर २०७९, बिहीबार ११:५७

    बहुप्रतिक्षित प्रतिनिधी तथा प्रदेशसभाको निर्वाचन आईतबार सम्पन्न भएको छ । केही छिटफुट घटना बाहेक तुलनात्मकरूपमा निर्वाचन शान्तिपूर्ण सम्पन्न भयो । निर्वाचनमा जुन मात्रामा मत खस्ने अपेक्षा गरिएको थियो त्यो खस्न सकेन । मत नखस्नु भनेको जनतामा निर्वाचन प्रणाली र दलप्रतिको वितृष्णा भएको मान्न सकिन्छ । पछिल्ला वर्ष राजनीतिमा धेरै विकृति पैदा हुँदै आएको छ । […]