हाम्रा कुरा

  • सरकारको एक वर्ष : सफल कि असफल ?

    १९ पुष २०८०, बिहीबार ११:५७

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रोपटक देशको कार्यकारी प्रमुख भएको पुस १० गते एक वर्ष पूरा भएको छ । नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सहितको समर्थनमा ०७९ पुस १० गते दाहाल प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । तेस्रोपटक कार्यकारी प्रमुखको जिम्मेवारीमा पुगे पनि दाहाल नेतृत्वको सरकारले एक वर्ष पूरा गरेको […]

  • चर्चामा मध्यपहाडी लोकमार्ग

    १२ पुष २०८०, बिहीबार १२:४५

    मध्यपहाडी क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटनलगायत बुझ्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मेची–महाकाली सङ्कल्प यात्रा समापन गरेर आइतबार पत्रकार सम्मेलन गरेर निर्माणको अवस्था सार्वजनिक गरेको छ । एमालेको उक्त यात्रापछि मध्यपहाडी लोकमार्गको चर्चा चुलिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मेची–महाकाली सङ्कल्प यात्रा मङ्सिर १४ गते बैतडीको झुलाघाटबाट सुरु भएर […]

  • योजनाले मात्र कृषि उत्पादन बढ्दैन !

    ५ पुष २०८०, बिहीबार १४:३४

    नेपाल भौगोलिक आधारमा सानो र अहिलेसम्म अल्पविकसित मुलुक हो । माटोको उर्वराशक्ति एवम् हावापानी निकै राम्रो भएकाले कृषिकर्मबाटै नेपाल धनी बन्न सक्ने सम्भावना हुँदाहुँदै पनि गरिब हुनुपरेको छ । जलस्रोतको हिसाबले उच्च हिमाली भेगबाट बहने कैयौँ नदी, झरना, पहाडी एवम् खोल्सा–खोल्सी, खोलानाला, पहाड, गाउँ, बेँसी, तराई हुँदै समुद्रमा मिसिने नदी, खोला छन् । थोरै मिहिनेतमा […]

  • Logo of trishuli prawaha

    नुवाकोटको प्राथमिकता रेलमार्ग कि सुरुङमार्ग ?

    २८ मंसिर २०८०, बिहीबार १३:००

    देश विकासको मूल नीति राजनीति हो । राजनीतिले सही बाटो पक्रन सकेन भने देश दुर्घटनामा जान्छ । नेपालको राजनीति अहिले गलत बाटोमा जाँदै छ । यसका जानकारहरू देश असफल हुने खतरा बढेको बताउन थालेका छन् । सत्तामा बस्नेहरूले समेत देशको अर्थतन्त्र अधोगतिमा गएको स्विकारेका छन् । नेताहरू भाषण गर्न र एक–अर्काप्रति कटाक्ष गर्न मात्र सिपालु […]

  • ऋण बढ्नुमा लोकतान्त्रिक व्यवस्थाको के दोष ?

    २१ मंसिर २०८०, बिहीबार ११:५८

    नेपाल सरकारको ऋण २३ अर्ब रुपैयाँ नाघेको तथ्याङ्क सार्वजनिक भएको छ । अर्थतन्त्रको आकारका हिसाबले यो २३ अर्ब ऋण खासै कहालीलाग्दो होइन, तर हरेक वर्ष ऋणको वृद्धि भएको अनुपात भने निकै कहालीलाग्दो छ । पछिल्ला केही वर्षदेखि वार्षिक चार खर्ब रुपैयाँका दरले ऋण बढिरहेको तथ्याङ्क आएको छ । विकासोन्मुख मात्रै होइन, विकसित देशका सरकारले पनि […]

  • अर्थतन्त्र सुधार्न अर्थतन्त्रका अवयव सुधार जरुरी

    १४ मंसिर २०८०, बिहीबार १२:५०

    देशको अर्थतन्त्र सुधार गर्न भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री प्रकाशशरण महत दैनिकजसो छलफलमा व्यस्त देखिन्छन् । अर्थतन्त्र सुधार नै आफ्नो मुख्य लक्ष्य भनेर प्रधानमन्त्री बनेका दाहाल अर्थतन्त्र सुधारमा सुरुदेखि नै असफल बन्दै आएका छन् । उनकै पालामा निर्माण व्यवसायीले सम्पन्न गरेको कामको भुक्तानीसमेत पाएनन् भने मूल्यवृद्धि जनताले थेग्न नसक्ने गरी बढेकोबढ्यै छ । देशको […]

  • सामाजिक सञ्जाल नियमन जरुरी

    ७ मंसिर २०८०, बिहीबार १२:०२

    नेपालमा सबै विकृतिको कारक टिकटकलाई मानेर सरकारले तिहारको मुखमा बन्द गरिदिएपछि पक्ष–विपक्षमा चौतर्फी आवाज उठिरहेको छ । टिकटक बन्दका पक्ष–विपक्षका बहससँगै सर्वोच्च अदालतमा समेत रिट परेको छ । सरकारले सामाजिक सद्भाव र नागरिक सुरक्षाका लागि टिकटकमा रोक लगाइएको बताएको छ । पछिल्लो वर्ष सामाजिक सञ्जालको एउटा गतिलो माध्यमको रूपमा टिकटकको उदय भएको थियो । आफैँले […]

  • उज्यालो भविष्यको पर्व तिहार

    २३ कार्तिक २०८०, बिहीबार १२:५६

    नेपाली मात्रको उज्यालो पर्व तिहारको आगमन हुँदै छ । शनिबारदेखि तिहार पर्व सुरु हुन्छ । तिहारसँग हाम्रो धार्मिक विश्वास जे–जे जोडिए पनि तिहार उज्यालोको पर्व हो । किंवदन्तीको माला जति लामो भए पनि तिहारको उज्यालोलाई राम्रै मान्छन् र सबै उज्यालोकै पछि लाग्छन् । जनताले आफ्नो प्रतिनिधि छान्न पाउने र छानेको जनप्रतिनिधिले जनतासँग गरेको वाचा पूरा […]

  • सुनसान गाउँ : खुम्चिएको दसैँ

    १६ कार्तिक २०८०, बिहीबार ११:४३

    नेपाली मात्रको महान् चाड दसैँ यस वर्ष बिदा भइसकेको छ । विगत केही वर्षदेखि गाउँघरमा युवाको सङ्ख्या घट्दै जाँदा दसैँको मौलिकपन हराउँदै गएको छ । दसैँ नेपालीको संस्कृति र संस्कारको पर्व हो । यसलाई भुल्दै जानु भनेको हाम्रो पहिचान मेटिँदै जानु हो । दसैँ सुरु भएसँगै विगतदेखि नै सहरबजार रित्तिने र गाउँघर भरिने गर्दथ्यो । […]

  • चाडपर्वले अर्थतन्त्र चलाउने आस

    २ कार्तिक २०८०, बिहीबार १२:५२

    नेपालीको घर–आँगनमा वर्षा ऋतु सकिँदै शरद ऋतुको सुरुवात भएको छ । शरद ऋतुमा नेपालीको महान् चाडपर्वमध्ये दसैँ, तिहार सुरु हुन्छ । शनिबार सोह्रश्राद्ध सकिएसँगै आइतबारबाट दसैँको जमरा राख्ने घटस्थापना प्रारम्भ भएको छ । हिन्दू धर्मावलम्बी नेपालीको सबैभन्दा ठूलो चाड दसैँ यही हप्तादेखि सुरु हुन्छ । दसैँ आइसके पनि बजारमा चहल–पहल भने बढ्न सकेको छैन । […]