हाम्रा कुरा

  • गणतन्त्रमा जनविरोधीलाई कारबाही भएन

    १८ जेष्ठ २०८०, बिहीबार १३:१४

    यो हप्ता (जेठ १५ गते) नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको १६औँ वर्षमा प्रवेश गरेको छ । ०७२ असोज ३ गते ९० प्रतिशतभन्दा बढी सभासद्को समर्थनबाट ७ प्रदेशसहितको सङ्घीय लोकतान्त्रिक संविधान जारी भएको थियो । दशकौँ लामो सङ्घर्ष क्रमबद्धतासँगै ०६२÷६३ को शान्तिपूर्ण संयुक्त जनआन्दोलनले दुई शताब्दीभन्दा लामो वंशीय/पारिवारिक सत्ता ढाल्यो । सोही आन्दोलन सफलताको जगमा ०६५ […]

  • भ्रष्टाचारीविरोधी अभियानलाई सघाऊ ।

    ४ जेष्ठ २०८०, बिहीबार १२:४८

    नक्कली भुटानी शरणार्थी प्रकरणले अहिले नेपालको छवि अन्तर्राष्ट्रिय जगत्मा धमिलिएको छ । शरणार्थीका नाममा अमेरिका पठाइदिने भन्दै भएको ठगी धन्दाले विगतमा पुर्खाले जोगाइदिएको नेपालको स्वाभिमान र पहिचानमा दाग लागेको छ । अपराध कर्ममा संलग्न सबैलाई कारबाही गर्न सरकारलाई चौतर्फी दबाब रहेको छ । अहिले सडक र सदनबाट नक्कली भुटानी शरणार्थी प्रकरणको सत्यतथ्य निष्पक्ष ढङ्गबाट छानबिन […]

  • सङ्घीयताको प्रयोग असफल !

    २१ बैशाख २०८०, बिहीबार १३:३७

    ०६२/६३ सालको जनआन्दोलनसँगै आमरूपमा अघि बढेको राज्यको सङ्घीय संरचनाको अवधारणाले संविधान निर्माणसँगै मूर्तरूप प्राप्त ग¥यो । नेपालमा अहिले धर्मनिरपेक्षतासहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको अभ्यास भइरहेको छ, जसअन्तर्गत हाल एक सङ्घीय, सात प्रादेशिक र सात सय ५३ वटा स्थानीय सरकारले नेपाली नागरिकमाथि शासन गर्दै आएका छन् । तीनै तहका सरकारले दोस्रो कार्यकाललाई निरन्तरता दिइरहेका छन् । देश […]

  • जग्गा कारोबारले अर्थतन्त्र चलायमान !

    १४ बैशाख २०८०, बिहीबार १६:१६

    सरकारले कसरी हचुवाका भरमा नीति, नियम लागू गर्छ भन्ने पछिल्लो उदाहरण घरजग्गाको कित्ताकाट नियम बनेको छ । जग्गालाई वैज्ञानिक हिसाबले वर्गीकरण गरी उपयोग गर्न सरकारले भूउपयोग नियमावली ल्याएको थियो । अघिल्लो जेठमा ल्याएको यो नियमावलीमा मुख्य गरी जग्गालाई कृषि र गैरकृषि क्षेत्रमा वर्गीकरण नगरी कित्ताकाट गर्न नपाइने व्यवस्था गरिएको थियो । देशभरमा रहेका जग्गालाई कृषि, […]

  • डढेलो नियन्त्रणमा सतर्कता अपनाऔं !

    ७ बैशाख २०८०, बिहीबार ११:३२

    देशभरको जङ्गलमा अहिले डढेलो फैलिंदो अवस्थामा छ । डढेलोबाट निस्केको धुँवाको कारण वायु प्रदुषण हुँदा जनजीवन असहज भईरहेको छ । डढेलोले देशभरी क्षति पु¥याईरहेको छ । डढेलोकै कारण भौतिक सम्पत्तिका साथै पशुपंक्षी जलेर नष्ट भईरहेका छन् । डढेलोले वन मात्रै होइन, मन पनि जलाएको छ । अहिले देशभरी २ सय ५० भन्दा बढी स्थानको सामुदायिक […]

  • अबको यात्रा स्थिरता र सम्बृद्धि !

    ७ बैशाख २०८०, बिहीबार ११:२८

    त्रिशूली प्रवाह साप्ताहिक तपाईहरूको हातमा आज आईपुग्दा २४ वर्षमा प्रवेश गरेको छ । सकरात्मक दृष्टिकोण र आफ्नै क्षेत्रमा केही गर्नुपर्छ भन्ने सोचका साथ नुवाकोट, रसुवा, धादिङ जिल्लासहित काठमाडौं उपत्यकाको पश्चिमी क्षेत्रलाई कार्यक्षेत्र बनाएर २०५७ बैंशाख १ गते बिहीबारदेखि प्रकाशन आरम्भ गरेको थियो । यो अवधिमा हामी ब्यवसायिक पत्रकारिताको स्पष्ट मान्यतामा अडिग रह्यो । यो २३ […]

  • भर्ना अभियानमा नसमेटिएका अभिभावक र विद्यार्थी !

    ३० चैत्र २०७९, बिहीबार १४:३७

    हरेक वर्ष नयाँ शैक्षिक सत्र शुरू भएसँगै देशभरका सामुदायिक विद्यालयले राष्ट्रिय कार्यक्रमको रूपमा भर्ना अभियान सञ्चालन गर्दै आएका छन् । यो अभियान वर्षेनी भईरहेपनि विद्यालय बाहिर रहेका बालबालिकाको सङ्ख्या घट्न सकेको छैन । हरेक वर्ष यो अभियानमा देशभरका ७ सय ५३ वटै पालिकाले तामझामका साथ स्रोत र साधान खर्चिन्छन् । यस वर्ष पनि नयाँ वर्ष […]

  • एसइई शिक्षा नीतिको प्रभावकारिता जाँच्ने कसी !

    २३ चैत्र २०७९, बिहीबार १२:२६

    यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) चलिरहेको छ । चैत १७ गते शुक्रबारदेखि सुरु भएको एसइई परीक्षा २९ गते सकिनेछ ।कुनै बेला ‘फलामे ढोका’ मानिने एसएलसी हाल आएर एसइईमा परिणत भएको छ । देशभरि कक्षा १० सञ्चालित कुल १२ हजार चार सय ८३ विद्यालयमध्ये प्राविधिक धारतर्फका पाँच सय पाँच रहेका छन् । यो वर्ष देशभित्र […]

  • जनगणनाको सकारात्मक र नकारात्मक पक्ष

    १६ चैत्र २०७९, बिहीबार १२:१५

    राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजा शुक्रबार सार्वजनिक भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले जनगणनाको अन्तिम नतिजा डेढ वर्षपछि सार्वजनिक गरेको हो । जनगणनाको अन्तिम नतिजाअनुसार नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ पुगेको छ । पछिल्लो जनगणना ०६८ मा भन्दा यसपटकको जनगणनाको नतिजाअनुसार नेपालको जनसङ्ख्या वृद्धिदर घटेको छ । यसले […]

  • औपचारिकतामै उपभोक्ता दिवस !

    ९ चैत्र २०७९, बिहीबार १३:०२

    यस वर्ष पनि विश्व उपभोक्ता अधिकार दिवस चैत १ गते बुधबार अर्थात् मार्च १५ तारिखका दिन नेपालमा विविध कार्यक्रम गरेर मनाइयो । दिवसबारे नागरिकले चासो नराखे पनि सरकारी निकायले केन्द्रदेखि जिल्लासम्म यो दिवसलाई मनाए । दिवस जुन वर्ग र समुदायका लागि हुनुपर्ने हो त्यहाँसम्म नपुगे पनि सम्पन्न भइसकेको छ । देशमा पछिल्लो समय उत्सव, दिवस, […]