हाम्रा कुरा

  • चुनावी माहोल तातिँदै

    १७ कार्तिक २०७९, बिहीबार १४:३४

    भनिरहनुपर्दैन, अबको १७ दिन नेपालको राजनीतिको व्यस्त समय छ भनेर । सामाजिक र सांस्कृतिक चाडपर्व वर्ष-वर्षमा आउँछन्, जान्छन् । तर, आवधिक निर्वाचन भनेको पाँच वर्षमा एकपटक आउने हो । यही पाँच वर्षको पालो पर्खिएर बसेका राजनीतिज्ञले एकपटक मात्र पालो नपाउनासाथ अर्को पाँच वर्ष कुर्नुपर्ने हुन्छ । कृषकलाई असारे भल पानी छोपेर खेतबारीमा रोपाइँ गर्नु भनेजस्तै […]

  • उज्यालो पर्वमा उज्यालो भविष्य खोजौँ

    ३ कार्तिक २०७९, बिहीबार १२:१८

    नेपाली मात्रको उज्यालो पर्व तिहारको आगमन हुँदै छ । आउँदो हप्तादेखि तिहार पर्व सुरु हुन्छ । तिहारसँग हाम्रो धार्मिक विश्वास जे-जे जोडिए पनि तिहार उज्यालोको पर्व हो । किंवदन्तीको माला जति लामो भए पनि तिहारको उज्यालोलाई राम्रै मान्छन् र सबै उज्यालोकै पछि लाग्छन् । अहिले हाम्रो देशलाई उज्यालोतर्फ लैजाने सङ्घ र प्रदेशको निर्वाचन हुँदै छ […]

  • सामाजिक सञ्जालबाट मतदाता शिक्षा प्रभावकारी हुँदैन

    २७ आश्विन २०७९, बिहीबार ११:४३

    मङ्सिर ४ गते हुने दोस्रो प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता आइतबार नुवाकोट, रसुवा र धादिङसहित ७७ वटै जिल्लाको एक सय ६५ वटा प्रतिनिधिसभा सदस्य र तीन सय ३० वटा प्रदेश सभा सदस्यको निर्वाचन क्षेत्रमा शान्तिपूर्ण र उल्लासमय ढङ्गबाट सम्पन्न भइसकेको छ । पाँच वर्षपछि जनताबाट अनुमोदित हुने अवसर राजनीतिक दलका नेता […]

  • चाडपर्वमा स्वास्थ्य मापदण्ड अपरिहार्य

    १३ आश्विन २०७९, बिहीबार ११:५९

    नेपालीको महान् चाड दसैँ सुरु भइसकेको छ । दसैंको शुभारम्भ घटस्थापनाबाट सुरु हुन्छ । सोमबारदेखि दसैँको नवरात्र अर्थात् घटस्थापना सुरु भइसकेको छ । दसैँका लागि आवश्यक तयारीमा नेपाली समुदायमा समस्यालाई पन्छाउँदै उमङ्गका साथ जुटिरहेका छन् । परदेशमा रहेका नेपाली घर फर्कन थालेका छन् । घरपरिवारका सदस्य र आफन्त भेला भएर मनाउने यो चाडमा अतिरिक्त चाँजोपाँजो […]

  • Logo of trishuli prawaha

    महङ्गीले चाडपर्व महत्वहीन

    ६ आश्विन २०७९, बिहीबार १५:१८

    नेपालीको घरआँगनमा वर्षा ऋतु सकिँदै शरद ऋतुको सुरुवात भएको छ । शरद ऋतुमा नेपालीको महान् चाडपर्वमध्ये दसैँ, तिहार सुरु हुन्छ । यो हप्ता सोह्र श्राद्ध सकिँदै छ । अर्को हप्ताको सोमबार दसैँको जमरा राख्ने घटस्थापना परेको छ । हिन्दू धर्मावलम्बी नेपालीको सबैभन्दा ठूलो चाड दसैँ अर्को हप्तादेखि सुरु हुन्छ । दसैँ आइसके पनि बजारमा चहल-पहल […]

  • रसुवागढी-तातोपानी नाकाको समस्या कहिलेसम्म ?

    १७ भाद्र २०७९, शुक्रबार ११:५०

    नेपाल दुई ठूला देशको बीचमा छ । यी दुवै देशसँग समान रूपको आर्थिक सम्बन्ध राख्नुपर्छ भन्ने नीति विगतदेखि नै पूर्वजले अंगाल्दै आए । त्यो के-कति सम्भव छ भन्नेचाहिँ आफ्नो ठाउँमा होला । तर, उत्तर र दक्षिणमा रहेका यी दुई मुलुकका बीचमा रहेको नेपालको व्यापार भने आजभोलि ज्यादै असमानतामा चलिरहेको छ । यसले नेपाली व्यापारीले व्यहोर्नुपरेको कष्टको दुःखद पक्ष […]

  • Logo of trishuli prawaha

    प्रचण्डको संरक्षण शैलुङलाई कहिलेसम्म ?

    ९ भाद्र २०७९, बिहीबार ११:२१

    देशमा सङ्घीयता कार्यान्वयन भइरहेको छ । कानुनी राज्यको उपहास गर्न दलका नेताहरू प्रतिस्पर्धा गरिरहेका छन् । जनतालाई सुशासन दिने वाचा-कसम खाएर पटक-पटक धोका दिने दल र नेताले सत्ताको वागडोर सम्हालिरहेका छन् । देशमा भ्रष्टाचार मौलाएको छ । भ्रष्टाचारलाई कारबाही गर्ने निकाय भ्रटाचारी व्यक्तिसँगै घुलमिल भएर रातारात धनाढ्य बनेका छन् । अख्तियार, अदालत, संसद् भनेको भ्रष्टाचारीलाई […]

  • कोभिडको फेरि त्रास !

    २ भाद्र २०७९, बिहीबार १५:५८

    विश्वमा कोभिडको चौथो लहर फैलिइसकेको छ । हाम्रो छिमेकी मुलुक भारत र चीनमा एकै दिन कोभिड सङ्क्रमितको सङ्ख्या निकै बढेको छ । मृत्युदर पनि उच्च भएको समाचार आइरहेको छ । यो हाम्रोजस्तो खुला सिमाना भएको मुलुकका लागि खतराको सङ्केत पनि हो । यसर्थ भारतसँग सीमा जोडिएका जिल्लामा आवत-जावतमा सतर्कता अपानाउनु अति जरुरी भइसकेको छ । […]

  • विद्यालय शिक्षाको सुधार जरुरी

    २६ श्रावण २०७९, बिहीबार १३:२०

    माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा गत हप्ता सार्वजनिक भएको छ । एसइई नतिजा सन्तोषजनक नआएको सर्वत्र चर्चा चलेको छ । अभिभावक र सरकारको लगानी सदुपयोग नभएबारे चिन्ता गर्न थालिएको छ । संविधानले विद्यालय तहको शिक्षा स्थानीय तहलाई दिएको छ । विद्यालय शिक्षामा घट्दै गएको गुणस्तरता सुधारका लागि तीनै तहका सरकार गम्भीर हुनुपर्ने बहस सुरु भएको […]

  • Logo of trishuli prawaha

    बेरुजुको मार र भार बढ्दै !

    १९ श्रावण २०७९, बिहीबार १३:४४

    राजनीतिक व्यवस्था परिवर्तन भयो, नेतृत्व परिवर्तन भयो, तर सरकारी धन खर्चने प्रवृत्तिमा सुधार आउन सकेको छैन । सरकारी तथा सार्वजनिक कार्यालयमा प्रचलित आर्थिक नियम, कानुनको परिधिबाहिर गएर खर्च गर्ने प्रवृत्तिमा बढोत्तरी भइरहेको छ । सम्बन्धित निकायको दरिलो नियन्त्रण हुन नसकेको फलस्वरूप बर्सेनि बेरुजुमा बढोत्तरी हुँदै गएको हो । अनियमित तवरले खर्च गर्ने अनि खर्चको हिसाब-किताब […]