हाम्रा कुरा

  • हाम्रा कुरा : दुई दिन बिदा कर्मचारीलाई सुविधा

    २२ बैशाख २०७९, बिहीबार ११:५२

    नेपाली काङ्ग्रेसको नेतृत्वको गठबन्धन सरकारले यसअघि काङ्ग्रेसका नेता कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा असफल भएको सातामा दुई दिन बिदा दिने निर्णय जेठ १ गतेदेखि पुनः कार्यान्वयनमा ल्याउँदै छ । मन्त्रिपरिषद्को बैठकले सातामा शनिबार र आइतबार सार्वजनिक बिदाको निर्णय वैशाख १३ गते गरेको थियो । काङ्ग्रेस नेतृत्वमा रहेको सरकारले जनतामारा निर्णय गरेर सातामा एक दिन मात्रै दिँदै […]

  • हाम्रा कुरा : सय वर्षमा हस्तलिखित प्रणाली प्रतिस्थापन

    १५ बैशाख २०७९, बिहीबार १२:१९

    २१औँ शताब्दी कम्प्युटरको जमाना हो । कम्प्युटर क्लिक गरेपछि संसार हेर्न सकिन्छ । संसारलाई बुझ्न सकिन्छ । कम्प्युटर प्रविधि प्रयोगसँगै तपाईं-हाम्रो दैनिकी छिटो, छरितो भइरहेको छ । कम्प्युटरको प्रयोगबिना तपाईं-हाम्रो जीवन नचल्ने अवस्था आएको छ । कम्प्युटरको प्रयोग नेपालका सबै क्षेत्रले गरिरहेका छन् । नेपालमा जग्गासम्बन्धी लिखत सुरु भएको सय वर्षपछि हस्तलिखित प्रणालीलाई बिदाइ गरिएको […]

  • हाम्रा कुरा : सरकार फेरबदलमै बित्यो २०७८

    ८ बैशाख २०७९, बिहीबार १२:०३

    बितेको वर्ष ०७८ देशका लागि अस्थिरताको वर्ष बन्यो । ०७८ नेपालको राजनीतिक अस्थिरता र अन्योलमै गुज्रियो । बितेको वर्ष ०७८ देशको राजनीतिमा अस्वाभाविक उथुल-पुथुल भए । गत वर्ष नै विघटन भएको संसद् सर्वोच्च अदालतले पुनस्र्थापना ग¥यो । परमादेशको सरकार बन्यो, प्रमुख राजनीतिक दल काङ्ग्रेसबाहेक प्रायः सबै दल विभाजन भए भने सबै प्रमुख दलले महाधिवेशन सम्पन्न […]

  • प्रकाशकीय : अबको यात्रा

    २ बैशाख २०७९, शुक्रबार १५:०४

    सर्वप्रथम नयाँ वर्ष २०७९ को शुभकामना ! त्रिशूली प्रवाह साप्ताहिक आजबाट २३ वर्ष प्रवेश गरेको छ । ०५७ वैशाख १ गते बिहीबारबाट प्रकाशन सुरु भएको यो पत्रिकाले यो अवधिमा धेरै आरोह-अवरोह पार गर्दै व्यावसायिक पत्रकारिताको स्पष्ट मान्यतामा अडिग रह्यो । २३औँ वर्ष प्रवेशको शुभअवसरमा सङ्घीय गणतान्त्रिक संविधानप्रति प्रतिबद्ध छौँ । हामी समस्त पाठक, विज्ञापनदाता, बिक्रेता, […]

  • चुनावी तालमेल सत्तागठबन्धनको मानसिक पराजय

    २४ चैत्र २०७८, बिहीबार १६:१७

    मुलुक सङ्घीय संरचनामा प्रवेश गरेपछि निर्माण भएको तीन तहको सरकारमध्ये जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्थानीय सरकारको निर्वाचन आगामी वैशाख ३० गते हुन लागेको छ । निर्वाचनको तयारीमा निर्वाचन आयोग र राजनीतिक दल जुटिरहेका छन् । देश निर्वाचनमय बन्दै गएको छ । निर्वाचनलाई कसरी आफ्नो पक्षमा पार्न सकिन्छ भनेर दलहरू योजनाबद्ध ढङ्गले अघि बढेका छन् । […]

  • म्यादी प्रहरी भर्नाको भिडले बेरोजगारीको टिठलाग्दो अवस्था !

    १७ चैत्र २०७८, बिहीबार १६:०१

    देशमा परिवर्तन आयो भनिन्छ, जनताले महशुस गर्ने परिवर्तन आएको छैन । जनताको जीवनस्तरमा परिवर्तन देखिंदैन । ब्यवस्था फेरियो, नेता फेरिए, केहीले पार्टी फेरे, त्यहीँ हो परिवर्तन ? होइन भने कसका लागि आयो, कहाँ आयो परिवर्तन ! नेताको घरमा आयो होला, नेताको नजिक हुनेले परिवर्तन महशुस गरे होला । जनताको जीवनस्तरमा खासै परिवर्तन आएको देखिंदैन । […]

  • निर्वाचन स्वच्छ, स्वतन्त्र र निष्पक्ष होस्

    १० चैत्र २०७८, बिहीबार १२:४९

    स्थानीय निकायको निर्वाचन नजिकिँदै गर्दा सबै पार्टीको ध्यान निर्वाचन प्रचार–प्रसार र उम्मेदवार चयनमा केन्द्रित हुन थालेको छ । दल चुनावी नारा र अभियानका साथ अगाडि बढ्न थालेका छन् । चुनाव भनेको नै दलहरूबीचको प्रतिस्पर्धा हो । त्यसैले निर्वाचनका समयमा अरू दलभन्दा आफ्नो दल राम्रो हो र देशका लागि आफ्नो दलको आवश्यकता छ भनेर जनतामा जानु […]

  • हाम्रा कुरा : हाम्रोलाई भन्दा राम्रोलाई छानौँ

    ६ चैत्र २०७८, आईतवार १३:१२

    आजको ५८ दिनपछि दोस्रो स्थानीय तहको निर्वाचन हुनेछ । सरकारले आगामी ०७९ वैशाख ३० गते सात सय ५३ वटै स्थानीय तहको निर्वाचन एकै साथ गर्ने घोषणासँगै निर्वाचन आयोग तयारीमा जुटेको छ । कुनै अदृश्य शक्तिले चलखेल नगरे स्थानीय तहको निर्वाचन आजको ५८ दिनपछि देशैभर हुनेछ । निर्वाचनका लागि राजनीतिक दल आ-आफ्नो तयारीमा जुटिरहेका छन् । […]

  • हाम्रा कुरा: एमसिसीको जस लिनभन्दा कार्यान्वयनमा जुटौ

    २६ फाल्गुन २०७८, बिहीबार ११:५३

    गत फागुन १५ गते बहुचर्चित र बहुप्रतीक्षित अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसद्बाट १२ बुँदे व्याख्यात्मक घोषणासहित पारित भएको छ । एमसिसी सम्झौता संसद्ले अनुमोदन गरेपछि जस लिने होड राजनीतिक दलमा अहिले देखिन्छ । एमसिसी हाम्रै पहलमा हाम्रै सरकारको पालामा आएको हामी पहिल्यैदेखि नै यसको पक्षमा थियौँ भनेर दलहरू अहिले जनतालाई दिग्भ्रमित पारिरहेका […]

  • हाम्रा कुरा : सङ्घीय प्रणालीपछिका विकास र समृद्धिलाई जोखौँ

    १९ फाल्गुन २०७८, बिहीबार १२:३१

    नेपाल हल्लैहल्ला र सतीले सरापेको देश भन्ने समूह देशमा ठूलै छ । त्यो आज सत्य साबित हुँदै छ । देशमा केही नयाँ काम हुन नदिने र यथास्थितिमा राखेर आफूलाई अग्रराष्ट्रवाद देखाउने व्यक्ति, समूह र पार्टीका कारण विकास र समृद्धिमा अवरोध भइरहेको छ । राजनीतिक विश्लेषक तथा विद्वान्मा वैचारिक दरिद्रता देख्दा दिक्क लाग्ने अवस्थाले नागरिकमा निराशा […]