संरक्षण डायरी

  • नागपञ्चमीको महत्व

    ३२ श्रावण २०८०, बिहीबार १३:१२

    आचार्य वासुदेव उपाध्याय नेपाल यस वर्षको नागपञ्चमी ०८० साल भदौ ४ गते सोमबार परेको छ । श्रावण शुक्लपक्षको पञ्चमी नागपञ्चमी तिथि अर्थात् घरको मूलढोकामाथि नागको चित्र टाँसी पूजा–अर्चना गरेर नाग–देवतालाई प्रसन्न पार्ने दिन हो । बिहान सबेरै खोला, नदी, धारा, कुवामा स्नान गरेर चोखो भई घरमा लिपपोत गरी शुद्ध गरिसकेपछि घरको मूलढोकामाथि गाईको गोबरले नागको […]

  • स्यानिटरी प्याड तथा मास्क उद्योग सञ्चालनमा

    १९ श्रावण २०८०, शुक्रबार १३:०८

    धुन्चे, रसुवामा पछिल्लो समय उद्योग, व्यवसाय विस्तार हुने क्रम बढेको छ । जिल्लाको उत्तरगया गाउँपालिका– ५ बेत्रावतीमा स्यानिटरी प्याड तथा मास्क उद्योग गत चैतबाट सञ्चालनमा आएको छ । गत ०७९ चैतबाट चमेली सुनुवार (शिला)ले आफ्नै लगानीमा स्थानीय ठाउँमा केही गरौँ भन्ने उद्देश्यले २० लाखको लगानीमा एसएस टेलर्स एन्ड स्यानिटरी प्याड तथा मास्क उद्योग सञ्चालन गरेकी […]

  • चोलाङपाटीमा रेडपाण्डा भेटियो

    २५ मंसिर २०७९, आईतवार ११:०७

    सरस्वती न्यौपाने धुन्चे, समुन्द्री सतहदेखि करिव ३ हजार मिटर माथि रहेको रसुवा जिल्लाको प्रमुख पर्यटकीयस्थल गोसाइँकुण्ड जाने मार्गमा पर्ने चोलाङपाटीमा रेडपाण्डा भेटिएको छ । लामटाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ नेपाली सेना विष्णुदल गणको नियमित गस्ती गर्ने क्रममा रेडपाण्डा भेटिएको हो । यस क्षेत्रमा अन्य चौपाय तथा मानव वस्ती नभएका कारण फाट्टफुट्ट रेडपाण्डा देखिन थालेको निकुञ्जले […]

  • सञ्चारको विकासले धार्मिकस्थलको प्रचार चाडबाड : आन्तरिक पर्यटनको माध्यम

    १३ आश्विन २०७९, बिहीबार १३:२१

    चाडबाड भनेका शास्त्रीय वा सांस्कृतिक वा धार्मिक विषय मात्र भएनन्, अब यसको सामाजिक मूल्य पनि बढ्दै छ । विदेशबाट स्वदेशमा वा सहरबाट गाउँमा वा गाउँमा बसेका सहरमा फर्कने चलन पहिले थियो र अहिले पनि छ । घर वा गाउँ फर्कने बढ्दो चलनले हाम्रो सामाजिक एकतामा बल पुगेकै हुन्थ्यो । अब मानिस खासगरी युवाको विदेश पलायन […]

  • साततले दरबार टेकोको भरमा

    ६ आश्विन २०७९, बिहीबार १५:१५

    विदुर, सात वर्षअघि भूकम्पले जीर्ण बनाएको नुवाकोटको ऐतिहासिक साततले दरबारलगायतका पुरातात्विक महत्वका सम्पदा अझै टेकोको भरमा पुनर्निर्माणको पर्खाइमा रहिरहेका छन् । चीन सरकारको सहयोगमा पुनर्निर्माण गर्ने भनिएको तीन वर्ष बितिसके पनि नुवाकोटको साततले दरबार र अन्य पुरातात्विक भवन अझै टेकोको भरमा रहिरहेको छ । नेपाल एकीकरणको साक्षीको रूपमा रहेको यो दरबार पृथ्वीनारायण शाहले निर्माण गराएका […]

  • सुनेको-देखेको इतिहास

    ९ असार २०७९, बिहीबार १३:२७

    रामहरि रिमाल बाजे नुवाकोट जिल्लामा मैले भोगेको, देखेको, सुनेको कुरालाई लिपिबद्ध गर्ने प्रयास गरेको छु । मेरो प्रयासलाई पढेर अशुद्ध र केही सच्याउनुपर्ने भए सुझावको अपेक्षा राखेको छु । २००८ सालको कुरो हो – गाउँतिर गुठी बिर्ता मालपोतसरह होस् भनिन्थ्यो । त्यही अपेक्षा जनताले गर्दथे । मालपोतसरह नभई कर तिर्दैन इन्क्लाब जिन्दावाद श्री ५ त्रिभुवन […]

  • त्रिशूलीबजारमा पक्की पुलको शिलान्यास

    २ असार २०७९, बिहीबार १२:४६

    सुनील श्रेष्ठ विदुर, नुवाकोट जिल्लाको विदुर नगरपालिका-१ धोबीखोलास्थित त्रिशूली र ढुङ्गे जोड्ने त्रिशूली खोलामा निर्माण हुने पक्की पुलको शिलान्यास भएको छ । त्रिशूली खोलामा निर्माण हुन लागेको पक्की पुलको विदुर नगरपालिका-१ का अध्यक्ष लेनिन रञ्जितले जेठ २४ गते शिलान्यास गरेका हुन् । वडाध्यक्ष रञ्जितले नगरको विकासका लागि सडक, बिजुली अति आवश्यक रहेको भन्दै वडामा निर्माण […]

  • लाङटाङ निकुञ्जको अवसर र चुनौती

    २६ फाल्गुन २०७८, बिहीबार ११:३१

    धुन्चे: लाङटाङ नेपालको सङ्घीय राजधानी काठमाडौंबाट सबैभन्दा नजिकैको हिमाली राष्ट्रिय निकुञ्ज हो । लाङटाङ राष्ट्रिय निकुञ्ज २०३२ साल चैत ९ गते स्थापना भएको थियो । रसुवाको ५७ प्रतिशत, नुवाकोटको सात प्रतिशत र सिन्धुपाल्चोक जिल्लाको ३६ प्रतिशत भाग ओगटेर करिब एक हजार सात सय १० वर्गकिलोमिटर क्षेत्रमा फैलिएको यो निकुञ्जमा आन्तरिक एवम् बाह्य पर्यटकको आगमन बर्सेनि […]

  • शिव प्रसन्न हुने महिना साउन र गोसाइँकुण्ड

    १४ श्रावण २०७८, बिहीबार १३:५६

    सरस्वती न्यौपाने साउनमा विभिन्न धार्मिक अनुष्ठान गरी पूजा र व्रत बस्ने चलन छ । सनातन धर्मावलम्बी (हिन्दू), बौद्ध र प्रकृतिपूजक सबैको साउनसँग गाढा सम्बन्ध जोडिएको छ ।       विभिन्न धार्मिक र सामाजिक प्रथा प्रचलनमा साउन महिनाको महत्व अन्य एघार महिनाको भन्दा पृथक् रहेको छ । चन्द्रमासको गणना पदति र तीन-तीन वर्षमा पर्ने मलमासले […]

  • संरक्षणको पर्खाइमा बेत्रावतीको कृष्ण मन्दिर

    ३१ असार २०७८, बिहीबार ०९:१४

     शशिकुमार डङ्गोल उत्तरगया, बेत्रावतीबजारको नुवाकोटतर्फको भूभागमा भगवान् कृष्णको एउटा सानो मन्दिर छ । स्थानीय समाजसेवी स्व. चन्द्रलाल श्रेष्ठ ‘भरत साहु’ले आफ्नो निजी जग्गामा आफ्नै लगानीमा वि.सं. ०४३ भदौ ११ गते निर्माण गरेका थिए ।        कृष्ण मन्दिरसँगै भजनकीर्तनका लागि पाटी पनि थियोे । यो अहिले छैन, ०७२ को भूकम्पले पाटीमा क्षति पुगेपछि यो […]