नुवाकोट

  • तीन महिनादेखि बट्टार-मान्द्रेढुङ्गा सवारी आवत-जावत बन्द

    ६ बैशाख २०८१, बिहीबार १४:०३

    बट्टार, नुवाकोटको विदुर नगरपालिका-४ र ६ जोड्ने त्रिशूली नदीमाथिको पुल जीर्ण भएपछि सवारीसाधन आवत–जावत पूर्णरूपमा तीन महिनादेखि बन्द भएको छ । ४० वर्षअगाडि देवीघाट जलविद्युत् केन्द्र निर्माणको क्रममा सामान ओसार–पसार गर्ने गरेको उक्त पक्की पुल निर्माण भएको थियो । सो पुलको तीन महिनाअघि लठ्ठा चुँडिएपछि सवारीसाधन आवत–जावतमा निषेध गरिएको हो । वडा नम्बर ४ को […]

  • बाराही मन्दिरको गजुर स्थापना

    ६ बैशाख २०८१, बिहीबार १३:५७

    बट्टार, स्थानीयको सक्रियतामा विदुर नगरपालिका–२ को बाराहीमा निर्माण भइरहेको बाराही देवीको मन्दिरमा मंगलबार विधिपूर्वक गजुर स्थापना भएको छ । प्रदेश र स्थानीय सरकारसँग सहयोग जुटाएर स्थानीयले बाराही क्षेत्रमा मन्दिरसँगै वनभोजस्थलमा आवश्यक पूर्वाधार निर्माण गरिरहेका छन् । मन्दिरका लागि गजुर ब्रदर्श ग्रुप नुवाकोट नेपालले ५८ हजार रुपैयाँको लागतमा खरिद गरेर मन्दिर निर्माण समितिलाई हस्तान्तरण गरेको थियो […]

  • नुवाकोट, रसुवा र धादिङका पालिकाले पाउने वित्तीय समानीकरण अनुदान तय

    ६ बैशाख २०८१, बिहीबार १३:४९

    विदुर, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष ०८१/८२ का लागि नुवाकोट, रसुवा र धादिङ जिल्लाका पालिकाले सङ्घीय सञ्चित कोषबाट पाउने वित्तीय समानीकरण अनुदान तय भएको छ । पालिकाले सङ्घीय सरकारबाट पाउने अनुदान तय भएपछि यसैको आधारमा आगामी वर्षको बजेट बनाउने प्रक्रिया सुरु गर्ने भएका छन् । नुवाकोटका १२, रसुवाका पाँच र धादिङका […]

  • मौरीपालन व्यवसाय बन्दै

    ६ बैशाख २०८१, बिहीबार १३:३८

    विदुर, नुवाकोट जिल्ला मौरीपालनका लागि उपयुक्त हुँदाहुँदै पनि उचित प्राविधिक परामर्श र सहयोग नहुँदा मौरीपालन फस्टाउन सकिरहेको छैन । पछिल्लो तीन वर्षदेखि जिल्लामा मौरीपालनमा संलग्न कृषक सङ्गठित भएर मौरीपालन व्यवसाय बन्दै छ । जिल्लाका १२ पालिकामध्ये शिवपुरी गाउँपालिकामा मौरीपालनलाई कृषकले व्यवसायमा रूपान्तरण गरिरहेका छन् । शिवपुरीसहित नुवाकोटका डेढ सयभन्दा बढी कृषक मौरीपालनमा संलग्न रहेको नेपाल […]

  • सिन्दुरे जात्रा सञ्चालनको सकस

    ६ बैशाख २०८१, बिहीबार १३:३१

    रामलाल श्रेष्ठ काठमाडौं उपत्यका जात्रा, पर्व र संस्कृतिले भरिभराउ भूमि हो । काठमाडौं उपत्यकाबाहिरको भूगोललाई त्यतिखेर नेपाल भनिँदैन थियो । काठमाडौं उपत्यकामा मल्ल वंशको शासन वि.सं १३२५ वरपरदेखि भएको देखिन्छ । मल्लहरूले १८२५ सम्म शासन गरेको हामी सबै जान्दछौँ । पाँच सय वर्षको मल्ल अर्थात् नेवार वंशको शासन नै नेपालको कला, जात्रा, पर्व र संस्कृतिको […]

  • गँगटे-बट्टार-विदुर-ढुङ्गे सडक जीर्ण

    ३० चैत्र २०८०, शुक्रबार ११:३६

    विदुर, नुवाकोट जिल्ला सदरमुकाम क्षेत्रका बासिन्दा र सडक प्रयोगकर्ताले अहिले जीर्ण सडकको कारण सास्ती पाइरहेका छन् । विदुर नगरपालिकाको गँगटे चोकदेखि ढुङ्गे चोकसम्मको सडक जीर्ण भएर बनेको खाल्टाखुुल्टी र उडेको धुलोको जोखिम र सास्ती व्यहोरिरहेका छन् । विदुर नगरपालिका– ५ को गँगटे चोकदेखि बट्टार, विदुर, ढुङ्गे चोकसम्मको सडक जीर्ण हुँदा जोखिम र सास्ती व्यहोर्नुपरेको हो […]

  • स्वास्थ्य सामग्री हस्तान्तरण

    ३० चैत्र २०८०, शुक्रबार १०:५५

    कालिकास्थान, रसुवाको कालिका गाउँपालिका-५ जिबजिबेमा रहेको ग्रामीण अस्पताललाई नेप्लिज डाक्टर एसोसिएसन युकेले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । अस्पतालका जनस्वास्थ्य निरीक्षक उत्सव पौडेलका अनुसार डेन्टल क्याम्प एन्ड कम्युनिकेबल डिजिज स्क्रिनिङलगायत पोर्टेबल डेन्टल एक्सरे आरभपजी विथ ल्यापटप, २० केभिए क्षमताको जेनेरेटर, एइडीलगायतका सामग्री एसोसिएसनका अध्यक्ष डाक्टर सञ्जीव नेपालीले हस्तान्तरण गरेका हुन् । अस्पतालमा गुणस्तरीय सेवा प्रवाहका […]

  • सरकारको निसानामा सुकुमवासी

    ३० चैत्र २०८०, शुक्रबार १०:३४

    हरेक पटक सरकार फेरबदल हुँदा सबैभन्दा पीडा सुकुमवासीले भोग्ने गरेका छन् । सरकार बनेसँगै भूमि आयोग विघटन र गठनको प्रक्रिया सुरु हुन्छ । सरकारले भूमि व्यवस्थापन र भूमिसम्बन्धी समस्या समाधानका लागि गठन गरेको राष्ट्रिय भूमि आयोग खारेज गर्ने र नयाँ बनाउने प्रक्रिया सुरु हुन्छ । पुरानो आयोगले तयार पारेको विवरण नयाँ गठन भएको आयोगले स्वीकार […]

  • तेस्रो आँखा

    ३० चैत्र २०८०, शुक्रबार १०:३०

    आर्थिक मन्दीले व्यवसाय सुस्ताएर व्यवसायी पलायन हुने क्रम घट्नुको सट्टा बढोत्तरी भए पनि जिल्लामा अनुगमनको आतङ्कले संवेदनशील र अत्यावश्यकीय पेसा गर्नेहरू त्राहिमाम्–त्राहिमाम् ! फार्मेसीप्रति प्रशासनको वक्रदृष्टि ! अनुगमन गर्ने र जरिवाना तिराउनै गर्व गर्ने सरकारी रवैयाले ५० बेडको स्टार अस्पतालमा भर्ना भएका बिरामीले खानुपर्ने औषधि बेच्ने पसल २४ घण्टासम्म सिल गर्दा कोलाहल । सरकारी निकायले […]

  • बेकरीको परिकार विस्तारमा ‘सुमी केकघर’

    २९ चैत्र २०८०, बिहीबार १५:३५

    सामरी (नुवाकोट). आँट र भरोसा हुनेलाई व्यवसाय गर्न भौगोलिक विकटताले छेक्न सक्दैन भन्ने उदाहरण बनेकी छिन् सुमित्रा तामाङ । निर्माणाधीन मध्यपहाडी राजमार्गअन्तर्गत म्यागङ गाउँपालिका–५ को सामरीभञ्ज्याङ (सामरीबजार)मा उनले गत असारदेखि सञ्चालनमा ल्याएको बेकरीले गाउँमै युवा रोजगारीको सिर्जना गरेको छ । बेकरी परिकारको प्रयोग बढ्दै जाँदा बजारमा केक, ‘कुकिज’, पाउरोटी, ‘कपकेक’ जस्ता मिठा परिकार बनाउने उद्योगको […]