राजनीति

  • स्थानीय तह निर्वाचनका लागि दलहरू सक्रिय

    २६ फाल्गुन २०७८, बिहीबार ०८:४९

    विदुर: स्थानीय तहको दोस्रो निर्वाचन मिति आगामी २०७९ वैशाख ३० गते तोकेसँगै नुवाकोटमा रहेका प्रमुख राजनीतिक दल गाउँकेन्द्रित कार्यक्रम बनाएर गाउँ पसेका छन् । जिल्लाको १० वटा गाउँपालिका, दुईवटा नगरपालिका, ८८ वडामा चुनावकेन्द्रित कार्यक्रम गर्न राजनीतिक दललाई अहिले भ्याई–नभ्याई छ । सत्तागठबन्धनमा रहेका पाँच दल सरकार सञ्चालनमै अल्मिलिइरहेको भए पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमाले […]

  • स्थानीय निर्वाचन जेठ ४ मा प्रस्ताव नुवाकोटका वहालवाला जनप्रतिनिधि दोहोर्याउने तयारीमा

    २० माघ २०७८, बिहीबार १६:२६

    काठमाडौं: विभिन्न बहानाबाजी झिकेर स्थानीय तहको निर्वाचन सार्ने प्रयत्न गरिरहेको देउवा सरकारको सर्वत्र विरोध हुन थालेपछि जेठमा निर्वाचन गराउन देउवा सहमत भएका छन् । प्रधानमन्त्री देउवाले गत हप्ता सत्तारूढ पाँच दलभित्र सहमति गराएर जेठभित्र स्थानीय तहको निर्वाचन गर्ने र त्यसका लागि संविधानसँग बाझिएका निर्वाचनसम्बन्धी कानुन संशोधन गर्ने सहमति बनाएका थिए । सत्तारूढ दलको सहमतिपछि प्रधानमन्त्री […]

  • माओवादीको अध्यक्षमा दाहाल नुवाकोटबाट तीनजना केन्द्रीय सदस्य

    २२ पुष २०७८, बिहीबार ०९:०९

    विदुर: नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको आठौँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको पहिलो बैठकले अध्यक्षमा पुनः पुष्पकमल दाहाल प्रचण्डलाई निर्विरोध निर्वाचित गरेको छ । सोमबारको बैठकमा नेता नारायणकाजी श्रेष्ठले प्रचण्डलाई अध्यक्षमा प्रस्ताव गरेका थिए । बैठकले अध्यक्षमा प्रचण्डलाई नै निरन्तरता दिने निर्णय गरेको थियो । अहिलेको सन्दर्भमा पार्टीलाई समाजवादी क्रान्तिमा अघि बढाउन प्रचण्डको नै नेतृत्व अपरिहार्य रहेको […]

  • राष्ट्रिय सभाको १९ पदको निर्वाचनमा नौ दल, ४३ उम्मेदवार बागमती दुईका लागि ६ उम्मेदवार

    २२ पुष २०७८, बिहीबार ०८:१०

    काठमाडौं: राष्ट्रिय सभाको रिक्त १९ पदमा माघ १२ गते हुने निर्वाचनमा नौ दलका ४३ उम्मेदवार मैदानमा उत्रेका छन् । निर्वाचन आयोगले दिएको जानकारीअनुसार सातवटै प्रदेशमा मंगलबार उम्मेदवारी दर्ता भएको छ । राष्ट्रिय सभाको बागमती प्रदेशको दुई सिटमा ६ जनाको उम्मेदवारी परेको छ । बागमतीमा महिलातर्फ तीन र अन्यतर्फ तीन गरी ६ जनाको उम्मेदवारी दर्ता भएको […]

  • ओलीलाई सत्ता सुम्पेका देउवालाई ४१ महिनापछि सत्ता प्राप्त (विश्वासको मत नपाए देउवाको नेतृत्वमा निर्वाचन)

    ३१ असार २०७८, बिहीबार ०७:४४

    नेपाली काङ्ग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवा मंगलबार पाँचौँपटक प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री देउवालाई मंगलबार साँझ शीतलनिवासमा प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथग्रहण गराएकी हुन् । नेपालको संविधानको धारा ७६ को उपधारा (५) बमोजिम देउवा प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । सर्वोच्च अदालतले असार २८ गतेको परमादेशअनुसार राष्ट्रपतिले […]

  • कार्यदलमा एमालेको विवाद सुल्झेला !

    २५ असार २०७८, शुक्रबार १३:३६

    गठन हुँदै विघटन हुँदै अन्ततः पुनः नेकपा एमालेको दुवै समूहको कार्यदल ब्युँतिएको छ । कार्यदलले विभाजनको सँघारमा पुगेको नेकपा एमालेको विवाद सुल्झाउला भन्ने अड्कलबाजी राजनीतिक वृत्तमा यतिबेला तीव्र रूपमा चलेको छ ।       कार्यदलमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल र शंकर पोखरेल र वरिष्ठ […]

  • Logo of trishuli prawaha

    नेकपाको विवाद केही थान मन्त्रीमा टुङ्गिँदै: जिल्लामा कार्यकर्ताबीच बोलचाल बन्द गराएर केन्द्रमा दुई अध्यक्ष मिल्नु कुन सिस्टम ?

    ४ भाद्र २०७७, बिहीबार १०:११

    पूर्वमाओवादीमा प्रचण्ड एक्लिन थालेका छन् । पछिल्लो समयमा प्रधानमन्त्री केपी ओलीसँग प्रचण्डले सम्झौता गरेपछि उनी एक्लिन पुगेका हुन् । यसअघि नै पूर्वमाओवादीका टोपबहादुर रायमाझी, मणि थापा र हरिबोल गजुरेलहरू केपी ओली समूहमा राजनीतिक भविष्य जोगाउन लागेका छन् भने पूर्वमाओवादीका देव गुरुङ, मातृका यादवलगायतको समूह माधव नेपाल पक्षमा लागेका छन् । तराईमा प्रचण्डको पक्षमा प्रभु शाहको […]

  • राजदुत पाण्डेसँग उवासंघको भेटघाट

    २९ जेष्ठ २०७७, बिहीबार ०९:११

    काठमाडौं, नेपालको लागि मित्रराष्ट्र चीनका लागि गत महिना राजदुत नियुक्त भएर चीन जान लागेका महेन्द्रबहादुर पाण्डेसँग नुवाकोट उद्योग वाणिज्य संघले भेटघाट गरेर बधाई दिएको छ ।      संघका अध्यक्ष ताराबहादुर कार्कीले परराष्ट्र मन्त्रालय सिंहदरवार काठमाडौंमा सोमबार भेटेर जिल्लाको ब्यवसायिक गतिविधीको जानकारी गराउँदै केरूङमा रहेको एक सय वटा भन्दा बढी मालबाहक ट्रक/कन्टेनर चैत्रदेखि रोकिएकोले त्यसलाई […]

  • हामी सत्य र न्यायको पक्षका हौं

    २४ जेष्ठ २०७७, शनिबार १२:३१

    – नारायण नेपाल आज नत काँग्रेस जस्तो काग्रेस भेटिन्छ नत कम्युनिष्ट जस्तो कम्युनिष्ट । नेपाली राजनीति त्यसको उदारहण हो । आखिर विचार राजनीति र दर्शनमा समाज विज्ञानको मुख्य पुँजी भनेका मान्छे हो । जसरी रासायन विज्ञानमा तत्व, अणु र जौविक विज्ञानका मानकलाई जिवाणुले निर्धारण गर्छ । हरेक मान्छेको जिन्दगीमा उसको अठोट र विचार दृष्टीकोणका निमार्णले […]

  • एमसिसी परियोजनाको लागि नुवाकोटको ३ सय ८६ रोपनी जग्गा अधिग्रहण

    ११ बैशाख २०७७, बिहीबार ११:००

    विदुर, नेपाल सरकारले अमेरिकी सरकारको अनुदान सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) स्विकार गर्ने नगर्ने टुङ्गो नलागेपनि उक्त सहयोगमा बन्ने विद्युत् प्रसारण लाईन आयोजनाको लागि नुवाकोटमा ३ सय ८६ रोपनी जग्गा अधिग्रहणको टुङ्गो लागेको छ । जग्गा अधिग्रहण गर्दा जग्गाधनीले प्रतिरोपनी २८ लाखदेखि ५५ लाख रूपैयाँसम्म मुआब्जा दिने निर्णय समेत भएको छ । अमेरिकी सहयोग कार्यान्वयनका […]