खाद्यान्न तथा घर निर्माण सामाग्री सहयोग

  • त्रिशूली प्रवाह
  • २२ आश्विन २०७७, बिहीबार १६:०१
Logo of trishuli prawaha

दुईपिपल, नेपालका लागि शिक्षा र स्वास्थ्य नामक सामाजिक संस्थाले नुवाकोटको बेलकोटगढी नगरपालिका दुइपिपलका पहिरो पिडित १५ घर परिवारलाई खाद्यान्न तथा घर बनाउन चाहिने सामान सहयोग गरेको छ ।

       गत बुधबार दुईपिपलको डबलीमा शिक्षा र स्वास्थ्य कार्याक्रमका अध्यक्ष जगतबहादुर लामाले बिस्थापित परिवारलाई प्रति परिवार १० हजार रुपैयाँ र २ बन्डल जस्ता घर बनाउन सहयोग गर्दै खाद्यान्न समेत हस्तान्तरण गर्नुभएको थियो । उहाँले प्रति घरपरिवार २ बोरा चामल, नुुन, तेल, दाललगायतका खानेकुरा हस्तान्तरण गर्नुभएको थियो । विपद्का बेला नागरिकको सहयोगमा जुटेर संस्थाले उदारहणीय समस्या समाधान गरेको छ । संस्थाका अध्यक्ष तामाङले बुधबार नै स्थानीय विभिन्न ९ वटा संघ–संस्था तथा क्लब समुहलाई बिरामी बोक्ने स्टेचरसमेत हस्तान्तरण गर्नुभएको छ ।