धादिङ

  • रू १५ करोड लगानीमा ‘तिनतारे’ रिसोर्ट

    १६ आश्विन २०८१, बुधबार १६:२३

    धादिङबेंसी । सङ्घीय राजधानी जोड्ने पृथ्वी राजमार्गअन्तर्गत धादिङ, गल्छी-४ मासटारमा सुविधासम्पन्न ‘ट्रिपल क्राउन रिसोर्ट’ यही असोज १ गतेदेखि सञ्चालनमा आएको छ । मासटारका तीन दाजुभाइ दीपक, केशव र रमेश अधिकारीका संयुक्त लगानीमा रिसोर्ट सञ्चालन भएको हो । सो रिसोर्ट जिल्लामा अहिलेसम्मकै सुविधासम्पन्न रहेको अधिकारी दाजुभाइले जिकिर गरेका छन् । रिसोर्टमा झन्डै रू १५ करोड लगानी […]

  • बुढीगण्डकी आयोजनाका कारण ३०० वर्ष पुरानो आरुघाट बजार सुनसान

    १० आश्विन २०८१, बिहीबार १२:१९

    राजेन्द्र बस्नेत धदिङबेँसी । बुढीगण्डकी आयोजनाका कारण नेपाल एकीकरण हुनुपूर्व बाइसे, चौबिसे राज्य सञ्चालन वेलादेखि काठमाडौँको पश्चिम र पूर्वी राज्यसँग जोड्ने मुख्य केन्द्र आरुघाट बजारको अस्तित्व समाप्त हुँदै छ । तीन सयभन्दा बढी वर्ष पुरानो इतिहास बोकेको तथा हाल गोरखा जिल्लाको आरुघाट-९ र धादिङ, त्रिपुरासुन्दरी-२ मा पर्ने आरुघाट बजारको बिचभागबाट बुढीगण्डकी नदी बगेको छ जसको […]

  • नागढुङ्गा-मुग्लिन सडकमा २१ पुल बन्दै

    १० आश्विन २०८१, बिहीबार १२:०७

    राजेन्द्र बस्नेत धादिङबेँसी । पृथ्वी राजमार्गको नागढुङ्गा-मुग्लिन खण्डको ट्राफिक जाम कम गर्न सङ्घीय सरकारले वि.सं. २०७८ देखि विश्व बैंकको आर्थिक सहयोगमा स्तरोन्नतिको काम दुई भागमा छुट्याएर गरिरहेको छ । सो सडकखण्डमा खत्रीपौवा खोलादेखि बर्बाङ खोलासम्म २१ पुल निर्माणाधीन छन् । मुग्लिन–नागढुङ्गा सडक हुँदै नेपालका झन्डै ६६ जिल्लाबाट सवारीसाधन राजधानी प्रवेश गर्छन् । सो खण्डमा अत्यधिक […]

  • गजुरी गापाका ५१३ हलगोरुको बिमा

    ४ आश्विन २०८१, शुक्रबार १२:४६

    राजेन्द्र बस्नेत धादिङबेँसी । गजुरी गाउँँपालिका धादिङले खेतबारी जोत्नका लागि पालिएका गोरुको एक वर्षको बिमा गरेको छ । वि.सं. २०८१ असार २३ गते बिमापत्र जारी गरी एक वर्ष अर्थात् २०८२ असार २२ गतेसम्मका लागि पाँच सय १३ हल गोरुको रु. दुई करोड ५४ लाख दुई हजार बिमाङ्क रकमको रु. तीन लाख ४९ हजार चार सय […]

  • नागढुङ्गा–नौबिसे सडकको २४८ दिन म्याद थप

    २७ भाद्र २०८१, बिहीबार ११:५३

    राजेन्द्र बस्नेत धादिङ । देशका विभिन्न जिल्लाबाट काठमाडौँ उपत्यका आउने प्रायः यात्रु नागढुङ्गा उकालोको ट्राफिकजाममा नपरेका सायद कुनै दिन हुँदैन होला । तत्कालीन अवस्थाका बस, ट्रकलाई लक्ष्य गरी २०१६ सालमा निर्मित सडकमा लामा बस, ट्रक त्यसैमाथि उकालो सडक ट्राफिकजाम नहुने कुरै भएन । नागढुङ्गादेखि मुग्लिनसम्मको सडक विस्तार गर्ने काम सुरु भएपछि झनै ट्राफिकजाम र सडक […]

  • स्थानीय तहको प्रतिस्पर्धामा धादिङका दुई पालिका उत्कृष्ट

    २० भाद्र २०८१, बिहीबार ११:५३

    धादिङबेँसी । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहबिच गराएको प्रतिस्पर्धाका आधारमा धादिङका दुई पालिकासहित ६ वटालाई उत्कृष्ट घोषणा गरी सम्मान गरेको छ । छानिएका पालिकालाई गत हप्ता मन्त्रालयमा कदरपत्रले सम्मान गरिएको छ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) कार्यक्रमअन्तर्गत देशभरबाट सात सय ४९ वटाले अनलाइन आवेदन दिएका थिए । लिजामा नगरपालिका […]

  • ६ वर्षमा धादिङको बेरुजु सवा तीन अर्ब

    ६ भाद्र २०८१, बिहीबार १२:५२

    राजेन्द्र बस्नेत धादिङ । महालेखाको प्रतिवेदनुसार आव २०७४/०७५ देखि २०७९/०८० सम्मको अवधिमा धादिङका १३ पालिकामध्ये नेत्रावती–डबजोङको बेरुजु कम र बेनीघाट–रोराङको शून्य छ । सबै पालिकाको आव २०७४/०७५ देखि सर्दै आएको बेरुजु रु. तीन अर्ब २७ करोड २४ लाख २९ हजार पुगेको छ । आव २०७९/०८० मा मात्रै ११ पालिकाको असुलउपर गर्नुपर्ने बेरुजु रु.२४ करोड ३४ […]

  • भासियो मिलनटार-पर्खाले कालोपत्रे सडक

    ३१ श्रावण २०८१, बिहीबार १२:४४

    राजेन्द्र बस्नेत धादिङ । गजुरी-६ आदमघाटबाट किराञ्चोक हुँदै चौतारा (मकवानपुर) जोड्ने सडकको मिलनटारदेखि पर्खालेसम्मको ४.२ किलोमिटर सडक कालोपत्रे गर्ने काम सम्पन्न भएसँगै भासिएको छ । नाना कन्स्ट्रक्सन प्रालि धादिङले मिलनटार चोकदेखि पर्खालेसम्मको ४.२ किलोमिटर सडक कालोपत्रे गर्ने काम असार मसान्तमा सम्पन्न गरेको हो । भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत प्रदेशिक सडक डिभिजन कार्यालय धादिङले आगामी पुस […]

  • गोसाइँकुण्ड जाने नयाँ मार्ग पुनःनिर्माण

    २८ श्रावण २०८१, सोमबार १६:१९

    विदुर । रसुवाको प्रमुख धार्मिक पर्यटकीयस्थल गोसाईँकुण्ड जाने नुवाकोट, दुप्चेश्वर गाउँपालिकाको समुन्द्रटार पदमार्ग पुनःनिर्माण भएको छ । नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेवको दर्शन गर्दै गोसाइँकुण्ड जाने नयाँ मार्गमा यात्रुको चहलपहल सुरू भएको छ । बागमती प्रदेशको दोस्रो पशुपतिनाथ’ दुप्चेश्वर हुँदै सिसिपु, तालु, फेदी, सूर्यकुण्ड र दुधकुण्डको अवलोकन एवं स्नान गर्र्दैै गोसाईँँकुण्ड पुग्न सकिन्छ । तालुबाट एकै […]

  • धादिङका एम्बुलेन्स मापदण्ड विपरीत

    २८ श्रावण २०८१, सोमबार १६:१३

    धादिङ्बेंसी । धादिङ जिल्लामा सञ्चालनमा रहेका अधिकांश एम्बुलेन्स सरकारी मापदण्ड विपरीत सञ्चालनमा रहे पनि सरोकार निकाय बेखबर देखिन्छ । जिल्लामा करिब ५२ एम्बुलेन्स सरकारी मापदण्डविपरीत चलिरहेका छन् । सरकारी मापदण्डानुसार अनिवार्य रूपमा सबै एम्बुलेन्समा जिपिएस जडान गर्नुपर्ने भए पनि निजी एम्बुलेन्स ल्याएर बाबुआमाका नाममा प्रतिष्ठान बनाई सञ्चालन गरिएका एम्बुलेन्सले नियम पालना नगर्दा अरूले पनि मापदण्डलाई […]