नुवाकोट । प्रदेशस्तरमा उत्कृष्ट ठहरिएको त्रिशूली अस्पतालबाट गत आर्थिक वर्ष ०८०/८१ मा एक लाख ५९ हजार ४३५ बिरामीले स्वास्थ्योपचार सेवा लिएका छन् । अस्पतालको ६०औँ वार्षिकोत्सवका अवसरमा अघिल्लो शुक्रबार सिटिस्क्यान सेवाको विधिवत् उद्घाटन भइसकेको छ । सो कार्यक्रममा अस्पतालका निमित्त अस्पताल निर्देशक डा. राजेन्द्र लामाले गत आवमा प्रसूतितर्फ ६७३, एक्सरे २४ हजार ४०२, युएसजी १५ […]