तेस्रो आँखा

  • Buddha Eyes

    तेस्रो आँखा

    ४ आश्विन २०८१, शुक्रबार १३:०८

    राजनीति सबै नीतिको मूल नीति भएर होला, न्वाँकोटका नेताको उद्घाटन, शिलान्यास मोहले शिशु सङ्घीयता ख्याउटे र मरन्च्याँसे नै हुनी भो ! मर्यादाको ख्यालै नराखी जिल्लाको एउटा पालिकाको भवन शिलान्यास कार्जेक्रम गाईजात्रे चाकडी भएको तेस्रो आँखाले चाल नपाउने कुरै भएन । मर्यादाक्रम आयोजकले ख्याल नगर्या हो कि, नेताले चाल नपा हो, बुझिनसक्नु देखियो । पालिका अध्यक्ष […]

  • Buddha Eyes

    तेस्रो आँखा

    २७ भाद्र २०८१, बिहीबार १२:१२

    ‘गाउँ–गाउँमा सरकार, घर–घरमा ट्र्याक्टर’ भन्ने नयाँ उखान नुवाकोटमा चलेको दुई–चार वर्ष भो । त्यसैले त जिल्लामा खेतबारी जोत्ने गोरू जोगाउन पशु कार्यालयलाई हम्मेहम्मे प¥या कुरो ‘तेस्रो आँखा’ले नदेख्ने कुरै भएन । विज्ञान र प्रविधिसँगै उपकरणको प्रयोगलाई विस्तार गर्न तीन तहका सर्कारले अनुदानमा वितरण गरेको ट्र्याक्टरले उत्पादन बढाउनुपर्नेमा घटाउँदा कृषि प्राविधिक ट्वाँ परेको पनि देख्नुप¥यो । […]

  • Buddha Eyes

    तेस्रो आँखा

    २० भाद्र २०८१, बिहीबार ११:३७

    स’कारीको बचत रकम ठगी देशभरि फैलिएपछि न्वाँकोट पनि अछुतो रहने कुरै भएन । ठगीका रापतापले जिल्लाका नाम चलेका केही स’कारी चल्न नसक्ने अवस्थामा पुग्दा पनि स’कारी सङ्घ भने असर छैन भन्दै तैँ चुप/मै चुप बस्दा बचतकर्ता चेपुवामा पर्ने भैहाले । सङ्घका पदाधिकारीले ठगीको घटना छोपछाप गर्न खोजे पनि केही स’कारीका सञ्चालक र पीडितहरू नियमन गर्ने […]

  • Buddha Eyes

    तेस्रो आँखा

    १९ भाद्र २०८१, बुधबार १६:३८

    न्वाकोटले विगतमा हुने गरेका सबैखाले व्यवस्था परिवर्तनका आन्दोलनमा साथ र सहयोग गरेकै हो । काठमान्डुसँग जोडिएकाले पनि थुप्रैपटक उपल्लो भूमिका खेलेका न्वाकोटेमध्ये सुकिलामुकिला, टाठाबाठाले ‘तर’ मारिरहेका छन् । सदरमुकाम विदुरवासी भने दुई महिनादेखि खानेपानीको लोडसेडिङ खेप्दा पनि कहीँकतै उजुर/बाजुर, गुनासो नगर्दा मेयरसाप दङ्ग ! लोडसेडिङ भन्ने शब्द नै शब्दकोशबाट हराइसके पनि विदुरमा भने ब्युँताउने उपभोक्ता […]

  • Buddha Eyes

    तेस्रो आँखा

    ६ भाद्र २०८१, बिहीबार १२:१०

    नेपालीलाई वर्षैभरि जात्रैजात्रा । धनले गरिब भए पनि नेपाली तीन तहका मनकारी सर्खारले दिने बिदाले वाक्कदिक्क भएर बिदेसिन बाध्य छन् । महँगी र बेथितिले पिल्सिएका नेपालीलाई राहत दिन नसकेका सङ्घ, प्रदेश सर्खार तथा स्थानीय तह बिदा दिने प्रतिस्पर्धामा ऋणमाथि ऋण थोपर्दै । यो हप्ता सरकारी काज्र्यालय चार दिन मात्र खोल्दा सेवाग्राहीलाई कम्ती सास्ती भएन ! […]

  • Buddha Eyes

    तेस्रो आँखा

    ३१ श्रावण २०८१, बिहीबार १२:२०

    स्थानीय तहमा दिउँसै हुने आर्थिक बेथिति हजार जिब्रा भएका अख्तियारले वर्णन गर्न नसकिरहेको नेपालाँ तेस्रो आँखाले सक्ने त कुरै भएन । पत्रकारितामा दखल राख्ने तारकेश्वरका अध्यक्षले सुशासनलाई समेत चुनौती दिने रेकर्ड राखिरहँदा उनकै आडमा शङ्खादेवी माविमा लेटरप्याड किर्ते गरेर अधिकारी थरका एक शिक्षकले आफूलाई स्वघोषित निप्रअ बनाउने अधिकार पाउँदा केको गनगन हँ ? यसमा विद्यालयका […]

  • Buddha Eyes

    तेस्रो आँखा

    २४ श्रावण २०८१, बिहीबार १३:१८

    एमाले न्वाँकोटमा पोरपरारदेखिको मर्यादाक्रमको लडाइँ केन्द्रले टुङ्ग्याइदिएपछि अध्यक्ष कामरेटलाई हाइसन्चो भा छ ! कहीँ नभा’का नेता न्वाँकोटमा भने झैँ आफ्नै बलबुताले जित्ने आँट र आधार नभएका तीन–तीनजना केन्द्रीय सदस्यलाई हाई–हाई र ज्यू–ज्यू गर्दा गर्दै अध्यक्ष कँडको काठमाडौंमा दुई–दुईवटा घरेडी स्वाहा भइसकेको कसलाई था’छ ? तैपनि ‘कार्जेक्रमको प्रमुख अतिथि म हुनुपर्छ,’ ‘म पुरानो’, ‘म निर्वाचित’, ‘ऊ […]

  • Buddha Eyes

    तेस्रो आँखा

    १७ श्रावण २०८१, बिहीबार १२:१८

    गत वर्षको एसइई रिजल्टबारे न्वाँकोटमा घोत्लिएर मूल्याङ्कन गर्न लायक नभएपछि सम्बन्धित निकायमा छटपटी पो भएछ ! तीन तहका सरकारले शिक्षामा ओइराएको बजेटदेखि भैँचालोपछि बनेका संरचना र दक्ष भनिएका ‘सर’, ‘मिस’ महोदयहरूको कन्तबिजोग हेरिनसक्नुभयो त । एसइईमा म्याथमा सबैभन्दा बढी फेल भएपछि समुदायमा हल्लीखल्ली हुने नै भो नि ! टोटलमा ४२ प्रतिशत मात्र पास भए पनि […]

  • Buddha Eyes

    तेस्रो आँखा

    १० श्रावण २०८१, बिहीबार १४:४१

    एमालेका नेता/कार्जेकर्ताको ओली ‘बा’लाई बधाई/शुभकामना दिने धोको अपूरै ! गत बिहीबार जिल्लाका नेता गण र प्रदेशका कामरेडलाई उर्दी जारी गरेर ९ बजे बालुवाटार गेट पुगेका जिल्ला अध्यक्षदेखि केन्द्रीय सदस्यसम्मको उत्ताउलो र टिकटिके व्यवस्थापन विफल ! जिल्लामा भन्दा राजधानीमा रहनेको जमात बढी भए पनि बालुवाटारमा तीन घण्टा कुर्दा बल्लबल्ल ‘बा’ले मुस्कानसहित परैबाट हात हल्लाएको हेरेर भोकभोकै […]

  • Buddha Eyes

    तेस्रो आँखा

    २८ असार २०८१, बिहीबार १२:५७

    एसइई नतिजा खस्केपछि देशैभरि हल्लीचल्ली ! नुवाकोटमा पनि सरोकारवाला सबैको नतिजाप्रति चासो बढ्दा पुस्तक व्यवसायी जोतिषीको शरणमा । तीन तहको सरकारले भएभरको बजेट खन्याउँदा पनि नतिजा चिन्ताजनक । विगतमा हेलमेट टिचरको बिगबिगीले क्याम्पसबाट प्रवीणता प्रमाणपत्र तह र प्लस टु विद्यालयमा पुग्यो । अहिले विद्यालयका विषयगत सरहरू पढाउनलाई भन्दा सहयोगी पाठ्यपुस्तकको व्यापारमा लाग्दा तलब बचत भए […]