रसुवा

  • चिलिमे–त्रिशूली प्रसारणलाइन दसैँभित्र सञ्चालनमा

    ४ आश्विन २०८१, शुक्रबार १२:३९

    सरस्वती न्यौपाने स्याफ्रुबेँसी । त्रिशूली नदी र सहायक खोलामा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गर्न सुरु गरिएको चिलिमे–त्रिशूली २२० केभी प्रसारणलाइनको निर्माण अन्तिम चरणमा पुगेको छ । रसुवा, आमाछोदिङ्मो गाउँपालिका थाम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोट, किस्पाङ गाउँपालिका, पहिरेबेँसीस्थित त्रिशूली थ्री ‘बी’ हब सबस्टेसनसम्मको २८ किलोमिटर प्रसारणलाइन निर्माणको अन्तिम चरणका […]

  • विद्यालय कर्मचारी अधिकारका लागि फेरि लड्ने

    २७ भाद्र २०८१, बिहीबार १२:०८

    धुन्चे । सूर्यबहादुर तामाङको अध्यक्षतामा नेपाल विद्यालय कर्मचारी परिषद् रसुवा गठन भएको छ । रसुवा जिल्लाका शिक्षकको शनिबारको भेलाले नयाँ कार्यसमिति गठन गरेको हो । भेलाले देशभरका विद्यालय कर्मचारी एकजुट भएर पेसागत अधिकारका लागि लड्नुपर्ने निष्कर्ष निकालेको छ । परिषद्का केन्द्रीय अध्यक्ष गंगाराम तिवारीले अधिकारको लडाइँमा सबै विद्यालय कर्मचारीले साथ दिनुपर्ने बताउँदै कर्मचारी परिषद् र […]

  • साउनमा मात्रै रसुवा भन्सारबाट डेढ अर्ब राजस्व सङ्कलन

    २० भाद्र २०८१, बिहीबार १२:१९

    सरस्वती न्यौपाने धुन्चे । रसुवागढी नाकाको सडक गतिलो नहुँदा/नहुँदै पनि चालू आवको पहिलो महिना साउनमा करिब डेढ अर्ब राजस्व सङ्कलन भएको छ । रसुवा जिल्ला गोसाइँकुण्ड-२ टिमुरेस्थित रसुवा भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०८१/०८२ साउनमा रु.१ अर्ब ५४ करोड राजस्व सङ्कलन गरेको हो । भन्सार कार्यालयले अघिल्लो वर्ष साउनमा रु. एक अर्ब तीन करोड मात्र […]

  • ब्याडमिन्टन सङ्घको अध्यक्षमा तितुङ

    २० भाद्र २०८१, बिहीबार १२:०५

    धुन्चे । रसुवा जिल्लाका ब्याडमिन्टन खेलाडीको गत हप्ता भएको भेलाले लक्षिन तितुङको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति रहेको ब्याडमिन्टन सङ्घ पुनर्गठन गरेको छ । बागमती प्रदेश खेलकुद विकास समितिका सदस्य शम्भुप्रसाद पाण्डे र जिल्ला खेलकुद विकास समितिका सचिव रमेश श्रेष्ठको उपस्थितिमा भएको भेलाले उपाध्यक्षमा दिलकृष्ण श्रेष्ठ, सचिवमा कुमार डङ्गोल, कोषाध्यक्षमा सुन्दरलाल श्रेष्ठ, सहसचिवमा सुमन तामाङ तथा […]

  • तिज मितव्ययी ढङ्गले मनाउन आग्रह

    २० भाद्र २०८१, बिहीबार ११:५७

    धुन्चे । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन रसुवा, महिला तथा सांस्कृतिक विभागले हरितालिकाका अवसरमा शुभकामना तथा तिज मिलन कार्यक्रम शनिबार सम्पन्न गरेको छ । सो अवसरमा प्रमुख अतिथि नेकपा (एमाले) बागमती प्रदेश सङ्गठन सदस्य ऋतुपेमा तामाङले तिजलाई भड्किलो पाराले भन्दा पनि आपसी सद्भाव र मितव्ययी ढङ्गले मनाउनुपर्नेमा जोड दिइन् । सङ्गठनको कार्यालय भवन धुन्चेमा सङ्गठनका अध्यक्ष […]

  • जलवायु परिवर्तनको असर चिज उत्पादनमा !

    २० भाद्र २०८१, बिहीबार ११:४९

    सरस्वती न्यौपाने धुन्चे । रसुवा जिल्ला, लाङटाङ, क्यानजिनमा रहेको नेपालकै पहिलो चिज उत्पादन केन्द्र बढ्दो जलवायु परिवर्तनका कारण प्रभावित भएको छ । तीन हजार आठ सय ७० मिटर उचाइमा रहेको सो केन्द्रमा जलवायु परिवर्तनले चिज उत्पादनमा विगतदेखि कमी आइरहेको बताइन्छ ।केन्द्रका प्रमुख ग्याल्पो तामाङका अनुसार बढ्दो तापमानका कारण हिमालमा समेत जलवायु परिवर्तनको असर देखिन थालेको […]

  • थुम्की महादेव प्रचारप्रसारको पर्खाइमा

    २० भाद्र २०८१, बिहीबार ११:४२

    धुन्चे । रसुवाको कालिका गाउँपालिका-५, जिबजिबेस्थित नीलकण्ठ थुम्कीका महादेव उचित प्रचारप्रसारका अभावमा ओझेलमा परेको छ । समुद्रमन्थनपछि कालकूट विष पिएका शिव उत्तरापन्थ जाने क्रममा एक रात वास बसेको पनि मानिएको सो ठाउँबारे स्थानीयवासीबाहेक कमै मानिसलाई थाहा छ । सो स्थल पासाङल्हामु राजमार्गको बेत्रावती–धुन्चे खण्डको कालिकास्थान–घुम्तीबाट एक दशमलव सात किलोमिटर पूर्व पर्छ । जिबजिबे बजारदेखि केही […]

  • स्थानीय तह स्वमूल्याङ्कनमा उत्तरगया पहिलो

    १९ भाद्र २०८१, बुधबार १४:४३

    धुन्चे । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहबिच गराएको प्रतिस्पर्धामा रसुवा जिल्लाका पाँच पालिकामध्ये उत्तरगया गाउँपालिका पहिलो भएको छ । मन्त्रालयले गत बिहीबार सार्वजनिक गरेको नतिजाअनुसार स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) कार्यक्रमअन्तर्गत देशभरबाट सात सय ४९ वटा पालिकाले अनलाइन आवेदन दिएका थिए । लिसाको गुणस्तर परीक्षणमा उत्तरगया ६७.५० प्रतिशत अङ्क ल्याएर […]

  • गोसाइँकुण्डको भेटी अढाई लाख

    १८ भाद्र २०८१, मंगलवार १४:१७

    धुन्चे । जनैपूर्णिमा मेला २०८१ का अवसरमा रसुवा जिल्लास्थित गोसाइँकुण्डमा तीर्थालु भक्तजनले करिब अढाई लाख रुपैयाँ भेटी चढाएका छन् । जिल्लाको उच्च स्थानमा रहेको गोसाइँथान लाङटाङ राष्ट्रिय निकुञ्जभित्र छ । गत साउन २१ देखि यही भदौ ३ गते जनैपूर्णिमासम्म चलेको मेलामा भेटी दुई लाख ५७ हजार एक सय ५५ रुपैयाँ सङ्कलन भएको गोसाइँकुण्ड क्षेत्र विकास […]

  • स्याउबाट नौ लाख आम्दानी

    १८ भाद्र २०८१, मंगलवार १४:०२

    सरस्वती न्यौपाने धुन्चे । पछिल्लो समय रसुवा जिल्ला स्याउ उत्पादन केन्द्रका रूपमा विकास भइरहेको छ । पचासका दशकसम्म यहाँको स्याउ नुवाकोट हुँदै काठमाडौँका बजारसम्म दह्रो उपस्थिति देखाउन सफल थियो । त्यसपछि रसुवावासीलाई समेत स्याउ नौलो हुँदै गयो । पछिल्लो केही वर्षदेखि भने जिल्लामा एक दर्जनभन्दा बढी गाउँमा स्याउ उत्पादन फस्टाउन थालेको छ । गोसाइँकुण्ड–६ नागुङका […]