विचार

  • एसइईपछि शिक्षण संस्था कस्तो रोज्ने ?

    २८ असार २०८१, बिहीबार १४:२२

    बाबुकाजी कार्की माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशनपछि उच्च शिक्षा अध्ययनका लागि कुुुन विषय, किन, कहाँ, कसरी पढ्नेबारे विद्यार्थी र अभिभावकबीच अहिले खुल्दुली भइरहेको छ । एसइईपछिको पढाइ व्यवस्थापनलाई भविष्यदर्शी बनाउन अभिभावक, शिक्षण संस्था र सरकारी निकायको भरपर्दो र दूरदर्शी सोच र सल्लाह महत्वपूर्ण रहन्छ । अल्लारे उमेरका विद्यार्थीले लहलहैमा लागेर पढ्ने विषय र शिक्षण […]

  • एसइईको नतिजामा बोर्डिङ (संस्थागत) स्कुलको योगदान

    २१ असार २०८१, बिहीबार १४:००

    रामहरि रिमाल राष्ट्रिय परीक्षा बोर्डले ०८० सालको एसइई परीक्षाको नतिजा प्रकाशित गरेको छ । यस वर्ष नयाँ ग्रेडिङ प्रणालीअनुसार परीक्षाफल प्रकाशित गरिएको छ । पुरानो गे्रडिङ प्रणालीमा कुनै पनि विद्यार्थी ननग्रेडेड (फेल) हुने व्यवस्था थिएन । नयाँ गे्रडिङ प्रणालीअनुसार कुनै पनि विषयमा ३५ प्रतिशतभन्दा कम अङ्क आएमा त्यस्तो विद्यार्थीको कुनै पनि जिपिए नआउने र त्यस्तो […]

  • चर्चामा एसइई नतिजा

    २१ असार २०८१, बिहीबार १३:४२

    बाबुकाजी कार्की परीक्षा नियन्त्रण कार्यालयले प्रकाशित गरेको ०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा खासै उत्साहजनक रहेन । ग्रेडिङ प्रणालीअनुसार प्रकाशित नतिजामा ४७.८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भए । बाँकी ५२.१४ प्रतिशत परीक्षार्थी ननग्रेडेड भए । अर्थात् उनीहरू ११ कक्षामा भर्ना भएर पढ्न पाउँदैनन् । उनीहरूले ग्रेड वृद्धिको परीक्षा दिनुपर्नेछ । यस वर्षदेखि उत्तीर्ण […]

  • दीर्घ जीवनका लागि योग

    १५ असार २०८१, शुक्रबार १४:२८

    डा.राजु अधिकारी युवावृद्धोऽतिवृद्धो वा व्याधितो दुर्बलोऽपि वा ।अभ्यासात्सिद्धिमाप्नोति सर्वयोगेष्वन्द्रितः ।। हठयोग प्रदीपिका । (अर्थात् युवा, वृद्ध, अतिवृद्ध, रोगी, दुर्बल जोसुकैले पनि योगाभ्यास गरेर सफलता (सिद्धि) प्राप्त गर्न सक्छ ।) हो, योगको अन्तिम लक्ष्य सिद्धि प्राप्त गर्नु हो । तर धनसिद्धि र नामसिद्धि प्राप्त गर्ने होड चलेको आजका युगमा मान्छेसँग योगसिद्धि प्राप्त गर्ने समय छैन । […]

  • सरकारको सय दिन र औचित्य

    १४ असार २०८१, बिहीबार १३:२०

    अर्जुननरसिंह केसी आफैँले स्वस्फूर्त रूपमा जनताका नाममा सार्वजनिक गरेको न्यूनतम साझा सङ्कल्पलाई झुट र ठगीको कपाली तमसुकझैँ कन्तबिजोग बनाउने छुट र क्षमा कसैलाई हुँदैन । गत फागुन २१ गते अप्रत्याशित, उदेकलाग्दो र अस्थिरताजन्य किसिमले ‘बाँचुन्जेल उथलपुथल मच्चाइरहने’ सगर्व घोषणा गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काङ्ग्रेससँग नेकपा (माओवादी केन्द्र) को गठबन्धन सरकार भत्काएर नेकपा (एमाले) सँग […]

  • अर्बुदरोगसँगको लडाइँ : मृत्युलाई छक्याउने जुक्ति

    ३ असार २०८१, आईतवार १५:४३

    फुर्पा तामाङ मृत्युलाई केही वर्ष झुक्याउने जुक्ति जानियो भने आयु लम्ब्याउन सकिँदो रहेछ । यो कुरा प्रा.डा. मुरलीगोपाल रञ्जितद्वारा लिखित ‘क्यान्सरसँगको लडाइँ’ शीर्षक किताब पढ्दा थाहा हुन्छ । किताबका स्रष्टा आफैँ प्रोस्टेटका अर्बुदरोगी हुन् । प्रा.डा. रञ्जित आफूलाई क्यान्सर रोग लागेपछि त्यही जुक्ति अपनाएर नौ वर्षदेखि रोगसँग लडिरहेका छन् । झ्वाट्ट हेर्दा उनी क्यान्सर रोगबाट […]

  • डेढ दशक लोकतन्त्रको आरोह-अवरोह

    २४ जेष्ठ २०८१, बिहीबार १३:५९

    नारायण नेपाल देशमा जनयुद्धको आँधीबेहरी चलेको थियो । हामी स्कुले विद्यार्थीलाई जनयुद्धको नसाले छोएको थियो । गाउँका चियापसल र मेलापातमा मान्छे अनेकौँ राजनीतिक अड्कलबाजी गर्न थालेका थिए । एकाथरीको थेगो नै थियो, ‘गुलेली हान्न नसक्ने भुराले राजा फाल्ने रे ।’ उसबेला राजनीतिक दललाई उडाउने थेगो नै बनेको थियो, ‘काङ्ग्रेसका कुरा धेरै, एमालेका भुरा धेरै, हलोका […]

  • गरिखाने शिक्षाको खाँचो

    १७ जेष्ठ २०८१, बिहीबार १३:१७

    बाबुकाजी कार्की हाम्रो शिक्षा गरिखानेभन्दा पनि मागिखाने जनशक्ति उत्पादनतिर लक्षित भएको गुनासो पाइन्छ । समयको मागअनुसार देश तथा विदेशका श्रमबजारमा खरो प्रतिस्पर्धा गर्न सक्ने सक्षम जनशक्ति आजको आवश्यकता हो । रोजगारीका लागि भौँतारिनेभन्दा पनि सिर्जना गर्न सक्ने प्रतिभाशाली जनशक्ति उत्पादन गर्ने शिक्षाले मात्र बेरोजगारी समस्याको हल गर्न सक्छ । प्राविधिक शिक्षाले रोजगारीका अवसर प्राप्त गर्न […]

  • मैले काङ्ग्रेस छाडेँ

    १७ जेष्ठ २०८१, बिहीबार ११:४७

    गएको काङ्ग्रेस महाधिवेशनबाट महामन्त्रीमा गगनकुमार थापा, धनराज गुरुङ र विश्वप्रकाश शर्मा निर्वाचित भएपछि मैले पत्रपत्रिकामार्पmत शुभकामना दिएको थिएँ । उनीहरूबाट नेपाली काङ्ग्रेसमा पुस्तान्तरण हुने मैले ठूलो आशा राखेर शुभकामना दिएको थिएँ । तर, यसपालिको संसद्मा गगनले जुन अशिष्ट, अभद्र र अमर्यादित चरित्र देखाए, यो काङ्ग्रेसकै इतिहासमा कलङ्क भएको महसुस गरेँ । साथै, धनराज गुरुङले ओलीको […]

  • निजी विद्यालय : सङ्गठनको अपरिहार्यता

    १० जेष्ठ २०८१, बिहीबार ०८:३३

    रामहरि रिमाल नेपालमा विद्यालय शिक्षा क्षेत्रको एकचौथाइभन्दा बढी निजी शिक्षण संस्थाले ओगटेको देखिन्छ । देशमा सामुदायिक विद्यालयको सङ्ख्या २६ हजार सात सय ५४ छ भने निजी विद्यालयको सङ्ख्या ६ हजार सात सय सात सय ६० रहेको देखिन्छ । विद्यालय शिक्षाको २५.५५ प्रतिशत निजी शिक्षण संस्था मुख्यतः अहिले दुई किसिमका छन् । पहिलो, कम्पनीमा दर्ता भएका […]