नुवाकोट

  • जलवायु परिवर्तनका असर न्यूनीकरणमा छलफल

    २७ भाद्र २०८१, बिहीबार १२:०४

    शरण उत्सुक शिवपुरी । गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्र, शिवपुरी-७, सूर्यचौर, नुवाकोटमा सम्पादक समाज नेपालको आयोजनामा ‘जलवायु परिवर्तनका प्रभाव न्यूनीकरणका लागि अपनाउनुपर्ने रणनीति’का सम्बन्धमा शनिबार बृहत् अन्तक्र्रिया सम्पन्न भएको छ । समाजका अध्यक्ष पुरु रिसालको सभापतित्वमा सुइरेचौरमा आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले जलवायु परिवर्तनका नकारात्मक असर न्यूनीकरण र क्षयीकरण रोक्नका लागि तीनै […]

  • शिवपुरीमा झरना पर्यटन फस्टाउँदै

    २७ भाद्र २०८१, बिहीबार १२:००

    रमेश सिलवाल गुर्जेभञ्ज्याङ (नुवाकोट) । राजधानीनजिकै उत्तरतर्फ अवस्थित शिवपुरी गाउँपालिकाभित्र बर्खा लागेपछि झरना पर्यटन सुरु हुन्छ । पालिकामा साना–ठुला गरी थुप्रै झरना बर्खामा देखिने भए पनि स्थानीय तह विशेष खालका पाँचवटाको पहिचान गरेर विभिन्न सङ्घसंस्थासँग समन्वय र सहकार्यमा प्रवद्र्धन र प्रचार–प्रसारमा जुटिरहेको छ । गाउँपालिकामा आकार र पानीको परिमाणका हिसाबले ठुला झरनामध्ये पहिचानमा आएकामा वडा […]

  • आत्महत्या रोक्न मानसिक स्वास्थ्य सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रम गरिने

    २७ भाद्र २०८१, बिहीबार ११:४६

    विदुर । विश्व आत्महत्या रोकथाम दिवस नुवाकोटमा पनि विभिन्न सचेतनामूलक कार्यक्रमका साथ मंगलबार मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर १० का दिन यो दिवस मनाइन्छ । यस वर्ष दिवसको नारा ‘आत्महत्या रोकथामबारे संवाद सुरु गरौँ, दृष्टिकोण बदलौँ’ भन्ने थियो । विदुर नगरपालिकाको आयोजनामा त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा नगरपालिकाभरिका विभिन्न विद्यालयमा अध्ययनरत छात्रछात्राका लागि आत्महत्या रोकथाम […]

  • आत्महत्या रोक्न मानसिक स्वास्थ्य सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रम गरिने

    २६ भाद्र २०८१, बुधबार १७:२५

    विदुर । विश्व आत्महत्या रोकथाम दिवस नुवाकोटमा पनि विभिन्न सचेतनामूलक कार्यक्रमका साथ मंगलबार मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर १० का दिन यो दिवस मनाइन्छ । यस वर्ष दिवसको नारा ‘आत्महत्या रोकथामबारे संवाद सुरु गरौँ, दृष्टिकोण बदलौँ’ भन्ने थियो । विदुर नगरपालिकाको आयोजनामा त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा नगरपालिकाभरिका विभिन्न विद्यालयमा अध्ययनरत छात्रछात्राका लागि आत्महत्या रोकथाम […]

  • बागलुङका उद्योगी-व्यवसायीलाई नुवाकोटमा स्वागत

    २५ भाद्र २०८१, मंगलवार १६:०४

    विदुर । बागलुङ उद्योगी वाणिज्य सङ्घको भ्रमण टोलीलाई नुवाकोट उद्योग वाणिज्य सङ्घले सोमबार स्वागत गरेको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ, गण्डकी प्रदेशका संस्थापक सदस्य रहेको सङ्घका अध्यक्ष नरेश कँडेलका नेतृत्वमा आएको टोलीले नुवाकोटका प्रमुख ऐतिहासिक एवं धार्मिकस्थलको अवलोकनसमेत गरेको थियो । रसुवा पुगेर आएको उक्त टोलीलाई नुवाकोट उद्योग वाणिज्य सङ्घले स्वागत गर्दै अन्तक्र्रियात्मक कार्यक्रमसमेत […]

  • निजामती दिवसमा नुवाकोटका १९ दीर्घसेवी कर्मचारी सम्मानित

    २५ भाद्र २०८१, मंगलवार १६:००

    विदुर । स्थायी सरकार मानिने निजामती सेवामा संलग्न दीर्घसेवी नुवाकोटका कर्मचारी सम्मानित भएका छन् । एक्काइसौँ निजामती सेवा दिवसका अवसरमा शनिबार जिल्लामा कार्यरतमध्ये दीर्घ सेवा गर्ने १९ कर्मचारीलाई सम्मान गरिएको थियो । ‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ मूल नारामा केन्द्रित रहेर मनाइएको दिवसका अवसरमा जिल्लामा साताव्यापी विविध कार्यक्रम आयोजना गरियो । […]

  • राजनीतिक दल र दलका नेतृत्वबाट उल्लेख्य सहयोग पाइरहेको छु।

    २० भाद्र २०८१, बिहीबार १२:४०

    रामकृष्ण अधिकारीप्रमुख जिल्ला अधिकारीजिल्ला प्रशासन कार्यालय, नुवाकोट नुवाकोट जिल्ला साबिक थानसिङ-९, हाल ककनी-८ मात्रागाउँमा जन्मेका रामकृष्ण अधिकारी आफ्नो गृहजिल्लामा प्रमुख जिल्ला अधिकारी हुने पहिलो भाग्यमानी राष्ट्रसेवक हुन् । राष्ट्रिय प्राथमिक विद्यालयबाट प्राथमिक तह र महेन्द्र माध्यमिक विद्यालय, थानसिङबाट प्रवेशिका परीक्षा उत्तीर्ण उनी आइएस्सी, बिएड, एमएड पूरा गरी जनप्रशासन विषयमा स्नातकोत्तर हुन् । वि.सं २०५६ देखि […]

  • ढुङ्गा प्रहार गरी हत्या

    २० भाद्र २०८१, बिहीबार १२:२३

    विदुर (नुवाकोट) । म्यागङ गाउँपालिका-३ गोगने बस्ने ६५ वर्षीय चमार तामाङ र विदुर-७ कुभिन्डे बस्ने त्यति नै वर्षका लालबहादुर तामाङबिच भदौ १४ गते दिउँसो झगडा हुँदा चमारको स्थानीय देउराली गाउँमा घटनास्थलमा मृत्यु भएको छ । छिमेकीको घेवा (किरिया) को कार्य सकी फर्किने क्रममा बाटामा दुईजनाबिच वादविवाद भई झगडा हुँदा लालबहादुरले चमारलाई एक्कासि ढुङ्गाले टाउकामा प्रहार […]

  • फुटसलको उपाधि जेडी र चन्द्रज्योतिलाई

    १८ भाद्र २०८१, मंगलवार १४:०९

    विदुर । नुवाकोट जिल्लामा पछिल्लो समय फुटसल खेल युवाहरूबिच लोकप्रिय भइरहेको छ । यस खेलको प्रतियोगिता हरेक महिनाजस्तो जिल्लामा भइरहेको छ । गत हप्ता मात्र सम्पन्न जिल्लास्तरीय छात्रछात्रा अन्तरविद्यालय फुटसलको उपाधि जालपादेवी (जेडी) बोर्डिङ स्कुल देवीघाट कोलनी र चन्द्रज्योति मावि विदुर–५ तल्लो पिपलटारले जितेका छन् । नुवाकोट युनाइटेड फुटबल क्लबको आयोजनामा बट्टारमा आयोजित तेस्रो एनयुएफसी […]

  • नुवाकोटको प्राथमिकता स्थलमार्ग

    ६ भाद्र २०८१, बिहीबार १२:५६

    विकासको मूल नीति राजनीतिले सही बाटो पक्रन सकेन भने देश दुर्घटनामा जान्छ । नेपालको राजनीति अहिले गलत बाटोतर्फ उन्मुख छ । यसका जानकारहरू देश असफल हुने खतरा बढेको बताउन थालेका छन् । सत्तामा बस्नेहरूले समेत देशको अर्थतन्त्र अधोगतिमा गएको स्विकारेका छन् । नेताहरू भाषण गर्न र एक-अर्काप्रति कटाक्ष गर्न मात्र सिपालु भएका कारण देशमा यो […]