मुख्य समाचार

  • दसैँअघि भुक्तानी दिन व्यवसायीको माग

    १८ आश्विन २०८१, शुक्रबार १२:२७

    रमेश सिलवाल काठमाडौँँ । निर्माण व्यवसायीले दसैँअगावै बाँकी भुक्तानी उपलब्ध गराउन माग गरेका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घले गत हप्ता पत्रकार सम्मेलन गरी विगत दुई वर्षदेखिको करिब रु. ४५ अर्ब रुपैयाँ भुक्तानी नपाउँदा निर्माण उद्योग धराशायी भएको जनाई तत्काल भुक्तानीको माग ग¥यो । भुक्तानी नपाउँदा निर्माण उद्योगले आर्थिक सङ्कटका साथै विकराल अवस्थाको सामना गरिरहेको […]

  • सुरु भयो पदयात्राको याम रसुवा पदमार्गमा पर्यटक चहलपहल

    १८ आश्विन २०८१, शुक्रबार १२:१५

    सरस्वती न्यौपाने धुन्चे । शरद् ऋतुसँगै यस वर्षको पदयात्रा पर्यटनको मुख्य याम सुरु भएको छ । असोज–कात्तिक र चैत–वैशाखको याम रसुवा जिल्लामा पदयात्राका लागि अत्यन्त राम्रो मानिन्छ । पदयात्राका लागि विश्वप्रख्यात नेपालको तेस्रो पर्यटकीय गन्तव्य लाङटाङ पदमार्गसहित जिल्लाका अन्य पर्यटकीय गन्तव्य गोसाइँकुण्ड, पार्वतीकुण्ड, नागथली, गणेश हिमाललगायत क्षेत्रमा पर्यटक आउन सुरु गरेका छन् । ट्रेकिङ एसोसिएसन […]

  • सुजुकीको ‘दसैँ आयो, क्यास पायो’ अफर

    १८ आश्विन २०८१, शुक्रबार १२:०९

    रमेश सिलवाल काठमाडौँ । सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बिक्रेता भिजी अटोमोबाइल्स प्रालिले ‘दसैँ आयो, क्यास पायो’ स्किम ल्याएको छ । कम्पनीले चाडपर्वको अवसर पारेर मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकका लागि सो उपहार ल्याएको हो । अफरअन्तर्गत ग्राहकले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटर खरिदमा एसएमएस गरी न्यूनतम रु. सात हजारदेखि पाँच लाखसम्म […]

  • रसुवामा सिडिओ हेरफेर

    १८ आश्विन २०८१, शुक्रबार १२:०५

    धुन्चे । गृह मन्त्रालयले १२/१२ प्रमुख जिल्ला अधिकारी (सिडिओ) र सहायक प्रमुख जिल्ला अधिकारीको यही असोज २ गते सरुवा गरेको छ । सरुवा हुनेमा रसुवाका प्रजिअ वेदनिधि खनालसमेत छन् । खनाललाई ओखलढुङ्गाको सहायक सिडिओमा सरुवा गरेको हो । उनी बिदाइ भएर बुधबार कार्यक्षेत्र गइसकेका छन् । मन्त्रालयले रसुवाका प्रजिअमा अर्जुन पौडेललाई पठाएको छ । स्याङ्जा […]

  • स्याउखेतीमा रू. पाँच करोड लगानीे

    १७ आश्विन २०८१, बिहीबार १२:२५

    राजेन्द्र बस्नेत बेत्रावती । रसुवाका काल्साङ तामाङ ६ वर्ष विदेश बसेर कमाएको पैसा, त्यहाँ सिकेको ज्ञान र प्रविधि आफ्नै गाउँमा लगाएर उदाहरणीय व्यवसायी बनेका छन् । बिदेसिन लालायित युवाका लागि नेपालमै काम गरेर कमाउन सकिन्छ भन्ने प्रेरणा बनेका तामाङ बिजुली बत्ती र इन्भर्टर जडान तथा मर्मतसम्बन्धी काम काठमाडौँमा १४ वर्ष गरेपछि इजरायल पुगे । त्यहाँका […]

  • trishuli prawaha weekly newspaper thumbnail trishuli web nuwakot

    नुवाकोट र रसुवामा कृषिका लागि रु. १० करोड २० लाखका कार्यक्रम

    ११ आश्विन २०८१, शुक्रबार १४:३१

    विदुर । नुवाकोट र रसुवा जिल्ला कार्यक्षेत्र रहेको कृषि विकास कार्यालय नुवाकोटका लागि चालू आर्थिक वर्षमा रु. १० करोड २० लाखका योजना तथा कार्यक्रम प्राप्त भएका छन् । आव २०८१/०८२ मा केही नयाँ कार्यक्रमसहित कृषि विकासका लागि सञ्चालित यसअघिका कार्यक्रमलाई निरन्तरता दिन योजना तथा कार्यक्रम एवम् बजेटको अख्तियारी प्राप्त भएको कार्यालय प्रमुख केशव खनालले जानकारी […]

  • त्रिशूली थ्री ‘बी’को काम चाँडो सक्न निर्देशन

    ११ आश्विन २०८१, शुक्रबार १४:२५

    सरस्वती न्यौपाने धुन्चे । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले त्रिशूली थ्री ‘बी’ हब २२०/१३२/३३ केभी सबस्टेसन तथा प्रसारणलाइनको काम चाँडो सम्पन्न गर्न निर्देशन दिएका छन् । त्रिशूली नदी र सहायक खोलामा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गर्न सुरु गरिएको चिलिमे-त्रिशूली २२० केभी प्रसारणलाइनको मंगलबार स्थलगत निरीक्षण गर्दै उनले […]

  • एसइई ग्रेडवृद्धि परीक्षामा देशभरबाट ५७ र नुवाकोटबाट ४८ प्रतिशत उत्तीर्ण

    १० आश्विन २०८१, बिहीबार १३:२०

    विदुर । यसपटकको माध्यमिक शिक्षा परीक्षाको ग्रेडवृद्धि परीक्षामा देशभरिबाट सहभागी परीक्षार्थीमध्ये ५६.७८ र नुवाकोट जिल्लाबाट ४७.५६ प्रतिशत उत्तीर्ण भएका छन् । वि.सं.२०८० को एसइईमा कम विद्यार्थी उत्तीर्ण भएपछि शिक्षा मन्त्रालयले अनुत्तीर्ण सबैलाई ग्रेडवृद्धि परीक्षा दिने मौका दिएको थियो । राष्ट्रिय परीक्षा बोर्डले सोमबार उक्त परीक्षाको नतिजा सार्वजनिक गरेको थियो । नुवाकोटबाट एक हजार नौ सय […]

  • नुवाकोट कलाकार समाज गठन

    १० आश्विन २०८१, बिहीबार १३:१०

    रमेश सिलवाल बालाजु । नुवाकोट क्षेत्रका कलाकारको एकता र कलाको प्रवद्र्धन गर्ने उद्देश्यले नुवाकोट कलाकार समाज गठन गरिएको छ । काठमाडौँ बालाजुस्थित भ्याली कोल्डस्टोर मन्डला क्याफेमा शनिबार आयोजित विशेष बैठकले प्रचण्डबाबु राईको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । नवगठित कार्यसमितिका उपाध्यक्षमा रामचन्द्र रिमाल, सचिवमा सुनील थापामगर, कोषाध्यक्षमा लक्ष्मी स्याङ्ताङ तथा सदस्यमा प्रवीण […]

  • शिक्षा दिवसमा नुवाकोटको पृथ्वीसहित बागमतीका १० उत्कृष्ट विद्यालय पुरस्कृत

    १० आश्विन २०८१, बिहीबार १२:३४

    हेटौँडा । शिक्षा दिवसका अवसरमा बागमती प्रदेश, शिक्षा विकास निर्देशनालयले प्रदेशभित्रका नुवाकोटको पृथ्वी मावि विदुरसहित १० विद्यालयलाई गत असोज २ गते सम्मान र पुरस्कृत गरेको छ । कार्यक्रममा २०८० सालको माध्यमिक शिक्षा परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउने पाँच–पाँच सामुदायिक र संस्थागत विद्यालयलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो । उत्कृष्ट विद्यालयलाई पुरस्कृत गर्दै बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह […]