अन्तरवार्ता

  • प्रशिक्षार्थीको लगनशीलता, अभिभावकको समन्वय र प्रशिक्षकको लगाव नै शिक्षालयको सफलताका आधार हुन् ।

    १७ आश्विन २०८१, बिहीबार १२:२०

    कपिल पाण्डे,शिक्षालय प्रमुख,पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालय प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को आङ्गिक शिक्षालयका रूपमा २०७७ असोजमा नुवाकोट, विदुर–१ बान्द्रे, सिमुटारमा पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालय स्थापना भएको हो । सो शिक्षालय नेकपा (माओवादी केन्द्र) का तत्कालीन सचिव, पूर्वमन्त्री तथा नुवाकोटबाट निर्वाचित प्रतिनिधिसभा सदस्य पोष्टबहादुर बोगटीका नाममा नेपाल सरकारबाट स्थापना गरिएको थियो । शिक्षालय स्थापनादेखि […]

  • हाम्रो सहकारीमा पाँच प्रतिशत भन्दा कम नै खराब ऋण छ

    ४ आश्विन २०८१, शुक्रबार १२:५६

    टलकमान श्रेष्ठ, अध्यक्षश्री बट्टार सहकारी संस्था लि.विदुर नगरपालिका– ४, बट्टार, नुवाकोट विश्वमा अर्थतन्त्र अप्ठ्यारोमा परेको बेला सहकारीको प्रारम्भ भएको हो । सहकारीले सेयर सदस्यमार्फत स–साना पुँजीलाई जम्मा गरेर सेयर सदस्यलाई नै विविध क्षेत्रका क्रियाकलापमार्फत सापटी चलाउने, आम्दानी र रोजगारी बढाउने सहकारीको महत्वपूर्ण पक्ष हो । तर, नेपालमा भने सहकारी उद्देश्यअनुसार सञ्चालन हुन नसक्दा समस्यामा परेका […]

  • राजनीतिक दल र दलका नेतृत्वबाट उल्लेख्य सहयोग पाइरहेको छु।

    २० भाद्र २०८१, बिहीबार १२:४०

    रामकृष्ण अधिकारीप्रमुख जिल्ला अधिकारीजिल्ला प्रशासन कार्यालय, नुवाकोट नुवाकोट जिल्ला साबिक थानसिङ-९, हाल ककनी-८ मात्रागाउँमा जन्मेका रामकृष्ण अधिकारी आफ्नो गृहजिल्लामा प्रमुख जिल्ला अधिकारी हुने पहिलो भाग्यमानी राष्ट्रसेवक हुन् । राष्ट्रिय प्राथमिक विद्यालयबाट प्राथमिक तह र महेन्द्र माध्यमिक विद्यालय, थानसिङबाट प्रवेशिका परीक्षा उत्तीर्ण उनी आइएस्सी, बिएड, एमएड पूरा गरी जनप्रशासन विषयमा स्नातकोत्तर हुन् । वि.सं २०५६ देखि […]

  • ‘कमर्स’ का लागि त एनआर कलेज ब्रान्ड नै हो

    २८ असार २०८१, बिहीबार १६:१७

    निर्मला शाक्य, प्राचार्य, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय विगत ३२ वर्षदेखि अध्यापन क्षेत्रमा आबद्ध निर्मला शाक्य अहिले नेपाल राष्ट्रिय माध्यमिक विद्यालय हाँकिरहेकी छिन् । काठमाडौं महानगरपालिका– १२ टेकुमा जन्मिएकी उनी ०७१ सालदेखि नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको व्यवस्थापन हेरिरहेकी छिन् अर्थात् प्राचार्य हुन् । महेन्द्र क्याम्पसबाट अङ्ग्रेजीमा स्नातकोत्तर गरेकी शाक्य लामो समयदेखि शिक्षा क्षेत्रमा सक्रिय रूपमा आबद्ध […]

  • हाम्रो शैक्षिक प्रणालीमा व्यापक सुधारको खाँचो छ

    २८ असार २०८१, बिहीबार १६:११

    राजेन्द्रध्वज थापा, क्याम्पस प्रमुख ग्रामीण आदर्श बहुमुखी क्याम्पस तपाईं त लामो समयदेखि शिक्षा क्षेत्रमा आबद्ध हुनुहुन्छ । अहिलेको एसइईको नतिजा खुम्चिएजस्तो देखिन्छ । यसलाई कसरी मूल्याङ्कन गर्नुभएको छ ?पहिला–पहिला पनि यस्तै नतिजा आउँथ्यो । शिक्षाको गुणस्तर बढाउनुपर्ने नै देखिन्छ । आजभोलि प्रविधिले गर्दा बच्चाहरू पढाइभन्दा पनि मोबाइलतिर ध्यान दिने अवस्था सिर्जना भएको छ । पढाइमा […]

  • मन्टेस्वरीदेखि स्नातकोत्तरसम्म स्तरीय शिक्षा र उकृष्ट नतिजाको संवाहक : हेराल्ड कलेज

    २१ असार २०८१, बिहीबार १५:२७

    अशोकराज पाण्डे, सञ्चालक, हेराल्ड कलेज काठमाडौंको बसुन्धरामा अवस्थित हेराल्ड इन्टरनेसनल कलेज परिचित नाम हो । विद्यार्थीलाई राष्ट्रिय/अन्तर्राष्ट्रिय मान्यताप्राप्त कोर्सहरू अध्यापन गराउने यस कलेजले गुणस्तरीय शिक्षा र व्यावहारिक ज्ञान प्रदान गर्दै आइरहेको छ । कलेज भौतिक पूर्वाधारले मात्र सुविधासम्पन्न छैन, अनुभवी र दक्ष शिक्षकहरूले भरिपूर्ण छ । राष्ट्रिय परीक्षा बोर्डले गत साता मात्र एसइईको परीक्षाफल सार्वजनिक […]

  • अर्थतन्त्र धराशायी हुनुमा नेपालको शिक्षा प्रणाली पनि दोषी छ : प्राचार्य अधिकारी

    २१ असार २०८१, बिहीबार १५:०५

    राजेन्द्र अधिकारी, प्राचार्य, नवोदित कलेज एसइईको नतिजामा ५२ प्रतिशतभन्दा धेरै विद्यार्थी अनुत्तीर्ण भए । अहिलेको एसइईको नतिजाले कस्तो सन्देश दिन्छ ?सर्वप्रथम त एसइई उत्तीर्ण हुनुभएका सम्पूर्ण विद्यार्थी भाइबहिनीलाई हार्दिक बधाई दिन चाहन्छु । यसमा करिब दुई लाख ४० हजारभन्दा बढी विद्यार्थी सुरुमा ननग्रेडिङ र मौका परीक्षा हुँदै मन्त्रिपरिषद्को निर्णयले फेरि सबै विषयको परीक्षा दिन पाउने […]

  • जिल्लाको शान्ति सुरक्षाको अवस्था सन्तोषजनक छ

    १ चैत्र २०८०, बिहीबार १४:०२

    सुवास बुढाथोकीप्रहरी नायब उपरीक्षकजिल्ला प्रहरी कार्यालय, रसुवा विगत १४ महिनादेखि जिल्ला प्रहरी कार्यालय रसुवाको प्रमुख भएर सुवास बुढाथोकी जिल्लाको शान्ति, सुरक्षा कायम गर्न अहोरात्र खटिरहेका छन् । चीनसँग सिमाना जोडिएको रसुवा जिल्ला भूगोलको हिसाबले सानो भए पनि अन्तर्राष्ट्रिय नाका सञ्चालनमा रहेकाले सुरक्षाको नयाँ–नयाँ चुनौती प्रहरीले सामना गरिरहनुपरेको छ । चीनसँगको सञ्चालनमा रहेका नाकामध्येको अति व्यस्त […]

  • अब सामान्य उपचारको लागि जिल्लाबासीलाई बाहिर जानुपर्दैन ।

    १० फाल्गुन २०८०, बिहीबार १२:१८

    डा.अमितकुमार शाहमेडिकल सुपरिटेन्डेण्टरसुवा अस्पताल, धुन्चे रसुवा अस्पतालमा कार्यरत रहेको कति भयो ?म रसुवा अस्पतालमा कार्यरत रहेको १ वर्ष ३० दिन भयो । कार्यालय प्रमुखको जिम्मेवारी बहन गर्दै काम गर्न थालेको भने लागभग ११ महिना पुग्न लाग्यो । अरू जिल्लामा भन्दा रसुवामा काम गर्दा के फरक पाउनुभयो ?रसुवा जिल्लामा भौगोलिक विविधता र मनोरम तथा विषम प्रकारको […]

  • पालिकाको चौतर्फी विकासमा सबैको भूमिका रहेको छ

    २५ माघ २०८०, बिहीबार १५:५४

    शंकरबहादुर थापा,अध्यक्षदुप्चेश्वर गाउँपालिका, नुवाकोट ०७२ मा संविधान जारीपछि नेपालमा अहिले तीन तहका सरकार क्रियाशील छन् । बागमती प्रदेशअन्तर्गत नुवाकोटका १२ पालिकामध्येको दुर्गम दुप्चेश्वर गाउँपालिकाको अध्यक्षमा अहिले शंकर थापा रहेका छन् । ०७९ को स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार भई निर्वाचित भएका थापा लामो समय शिक्षण पेसामा रहेका थिए । रसुवा र सिन्धुपाल्चोकसँग […]