पत्रकार देवकोटालाई कदरपत्र

  • त्रिशूली प्रवाह
  • १६ पुष २०७७, बिहीबार १३:३८

विदुर, नुवाकोट जिल्लाबाट प्रकाशन भइरहेको उत्तरगया दैनिक, नुवाकोट जागरण साप्ताहिक र अर्थवृक्ष मासिकका प्रकाशक एवम् सम्पादक शिव देवकोटा शनिबार काठमाडौंमा सम्मानित भएका छन् ।

      पावर इन्टरनेसनल मिडियाको आयोजनामा शनिबार काठमाडौंमा आयोजित पावर म्युजिक अवार्डको क्रममा सूचना प्रविधि तथा सञ्चारमन्त्री पार्वत गुरुङले कदरपत्रद्वारा सम्पादक देवकोटालाई सम्मानित गरेका थिए । त्यस क्रममा यस वर्षको नेसनल पत्रकारिता पुरस्कार रातोपाटीकर्मी कुवेर गिरीलाई प्रदान गरिएको थियो भने रजत सम्मानबाट गायक सीताराम पोखरेल सम्मानित भएका थिए । कार्यक्रममा कुल ५२ विधाका लागि अवार्ड वितरण गरिएको थियो । जसमा प्रेमध्वज प्रधान, मोहन निरौला, कुलेन्द्र विक, वसन्त थापा, यम बराल, देवी घर्ती, अर्जुन पोखरेल, कृष्णा आचार्य, सनम कठायत, चक्र बम, सानुबाबु महर्जन, केञ्जुमा सुब्बा, राजकुमार बगर, टीका बम्जनलगायतका कलाकारले अवार्ड पाएका थिए ।

      नेपाली साङ्गीतिक इतिहासमा सबैभन्दा धेरै भाषाभाषीका कलाकारको सहभागितामा हरेक वर्ष सम्पन्न हुने अवार्डको यो तेस्रो संस्करण हो । कार्यक्रममा वरिष्ठ सङ्गीतकार शम्भुजित बाँस्कोटा, सुदूरपश्चिम प्रदेशका सांसद रतन थापा, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, राष्ट्रिय गीतका रचनाकार ब्याकुल माइला, गीतकार एवम् पत्रकार शान्तिप्रिय, पत्रकार विजयरत्न तुलाधर, नायक श्रीदेव भट्टराईलगायतले विभिन्न विधामा उत्कृष्ट भएकालाई अवार्ड वितरण गरेका थिए ।