शनिबार हार्डवेयर पसल खोले जरिवाना

  • त्रिशूली प्रवाह
  • १८ बैशाख २०८१, मंगलवार १६:५१

विदुर, हप्ताको एक दिन पसल बन्द गर्ने ब्यवसायीको सल्लाहअनुसार नुवाकोट निर्माण सामाग्री ब्यवसायी संघले शनिबार हार्डवेयर (निर्माण सामाग्री पसल) बन्द गर्ने निर्णय गरेको छ ।

संघको आह्वानलाई साथ दिंदै गत हप्तादेखि जिल्लाभरीका निर्माण सामाग्रीका पसल बन्द गरिएको छ । संघले हार्डवेयर (निर्माण सामाग्री) पसल बन्द हुने जानकारी सम्पूर्ण ग्राहक तथा उपभोक्तालाई सञ्चार माध्यम र पसल/पसलमा सूचना बोर्ड राखेर जानकारी गराईसकेको छ । शनिबार निर्माण सामाग्रीका पसल, गोदाम, शोरूम साथै सामाग्री लोड/अनलोड गर्ने काम समेत पूर्णरूपले बन्द रहने संघले बताएको छ । कोही कसैले उक्त दिन पसल, गोदाम, शोरूम खोले दुई हजार रूपैयाँ र निर्माण सामाग्री लोड/अनलोड गरेमा पाँच हजार रूपैयाँ जरिवाना गरिने संघका अध्यक्ष नविनकृष्ण राजभण्डारीले बताउनु भयो ।