शशी बिक्रम उप्रेतीको “बाचुन्जेली लिइरहन्छु तिम्रै नाम” सार्वजनिक

  • त्रिशूली प्रवाह
  • १८ बैशाख २०८१, मंगलवार १५:५३

काठमाडौं, शशी बिक्रम उप्रेतीको शब्द, रचना र कविता दुलालको लय रहेको लोकदोहोरी गीत “बाचुन्जेली लिईरहन्छु तिम्रै नाम” को म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतको म्युजिक भिडियो काठमाडौंमा एक कार्यक्रम गर्दै वरिष्ठ लोक गायक शिवनारायण जोशीको प्रमुख आतिथ्यतामा गत हप्ता सार्वजनिक भयो ।

गायक उद्धव कार्की र गायिका कोपिला तामाङ वाईवाको स्वर रहेको उक्त गीतको म्युजिक भिडियो मिलन श्रेष्ठको निर्देशनमा तयार भएको हो । भिडियोमा गीतकार उप्रेतीको साथमा मोडल शोभा त्रिपाठीको अभिनय रहेको छ । रोशन धितालको सम्पादन रहेको भिडियोलाई विशाल गोङ्वाले छायाङ्कन गरेका हुन् । गीतलाई शिवपुरी म्युजिकले बजारमा ल्याएको छ । विमोचन कार्यक्रममा गीतमा संलग्न कलाकारका साथमा अन्य कलाकारलाई पनि सम्मान गरिएको थियो । विमोचन कार्यक्रममा चर्चित कलाकारको उपस्थिती रहेको थियो । नायक रवि कार्की, शोभा त्रिपाटी, सरोज लामिछानेलगायतको उपस्थिती रहेको थियो ।